भाद्र ३०, २०७३ काठमाडौं ।

गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।
release-mannramaato
स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न समारोहमा परशु प्रधान, चन्द्रप्रसाद भट्टराई, शैलेन्द्र साकार लगायतका स्रष्टाहरुको गरिमामय उपस्थिति थियो । साहित्यकार सुब्बाका यस अघि तीन कवितासंग्रह, एक मुक्तकसंग्रह, एक गीतसंग्रह र दुई निबन्धसंग्रह गरि सात कृति प्रकाशित छन् ।
नेपाली सांगीतिक बजारमा सुब्बाका देशभक्तिगीतका दुई, गजलका एक, आधुनिकगीतका दुई र लोकगीतका एक गरि आधा दर्जन एल्बमहरु आइसकेका छन् ।

'मन र माटो'
Traditional and Modern Health Care Practices and Effects on Rajbanshi