चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।
उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले एक समारोहमा साहित्यकार नवराज सुब्बा, गायक सुमित खड्का र तबलाबादक सुधिर शाहीलाई नगद, दोसल्ला, र सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।
समारोहमा आदिमहाकवि स्व. उदयानन्द अज्र्याल, तबलाबादक स्व. मुक्तिनाथ अज्र्यालको योगदानबारे कवि मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, प्रेस क्लवका जिवेश्वर लाखे र अज्र्याल समाजका विनय अर्याल लगायतले बोल्नु भएको थियो ।


हारमोनियमको नशा (संस्मरण)
रक्सी, चामल र खुशी (गफ)

Leave a Comment