असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो ।

आफ्नो ५० औं जन्मोत्सवको अवसरमा साहित्यकार सुब्बाले विराटनगर विराटेश्वर वृद्धाश्रममा बृद्धहरुलाई भोजन र नगददान गर्नुभएको थियो ।

मातृ–शिशु स्वास्थ्यमाथि अधिकारवादी दृष्टिकोण (नवराज सुब्बा)
बिर्खेको दशैं

Leave a Comment