बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद बराल, राजेन्द चुडाल, हिंडपाली साइँलो, अज्ञातका लेखहरु र ज्ञानु अधिकारीको पत्र रहेका छन् । फेसबुक मार्फत् पुस्तकका लेखक तथा सम्पादक गीता ढकाल लगायत अन्य लेखक तथा समालोचकहरु सबैलाई ‘मनको मझेरी’ का स्रष्टा नवराज सुब्बाले धन्यवाद दिएका छन् ।

साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)
लाजपचुवा

Leave a Comment