भाद्र २८, २०६७ विराटनगर । बाल दिवसको उपलक्ष्यमा विराटनगरमा विद्यालयस्तरीय कविता प्रतियोगिताको आयोजना गरियो । शिशु सेवा समिति विराटनगरद्वारा आयोजित प्रतियोगितामा बिकेबिएमका छात्र अङकुर रेग्मी प्रथम, सोही विद्यालयका सृष्टि उपाध्याय द्वितीय र भानु मेमोरियलका दीपेन्द्र राना तृतीय भएका छन् । प्रतियोगितामा आदर्श बालिका विद्यालयकी सीमा साहले… सान्त्वना पुरस्कार प्राप्त गरिन् । साहित्यकार नवराज सुब्बाले विजयी छात्रछात्राहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।

समितिकी अध्यक्ष मञ्जुश्री रिजालको सभापतित्वमा समन्न प्रतियोगितमा कवि विवश पोखरेल र गंगा सुबेदीले प्रतियोगितामा निर्णय गरेका थिए । प्राज्ञ कृष्णभूषण बल, प्रा.डा. खगेन्द्र आचार्यले प्रतियागिता र बाल दिवसबारे बोलेका थिए । कार्यक्रममा सरला चापागाई, मीना जोशी, रामप्रसाद खतिवडा लगायतको उपस्थिति थियो ।

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)
विद्यालयमा कविता श्रृङ्खला- ७

Leave a Comment