पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा. बद्रिविशाल पोखरेल र साहित्यकार नवराज सुब्बा रहेको कार्यक्रममा स्थानीय वुद्धिजीवि, प्राध्यापक, शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरुले बोलेका थिए ।

प्रा.डा. टँक न्यौपानेले नेपालको एकिकरण नभएको भए आज हामी नेपाली भएर रहने थिएनौं भन्नुभयो । उहाँले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै इतिहास पात्रका राम्रा र नराम्रा दुवै कामको बिना पूर्वाग्रह मूल्याङ्कन हुनपर्छ भन्नुभयो । प्रा.डा. बद्रीविशाल पोखरेलले पृथ्वीनारायण शाह सामान्तविरोधी तथा साम्राज्यविरोधी थिए भन्नुभयो । साहित्यकार नवराज सुब्बाले सबै जातको साझा फूलबारी हाम्रो देशलाई सबै नेपालीको राष्ट्र बनाउन साँस्कृतिक एकता बलियो बनाउन साहित्य र कलाको माध्यमबाट पनि टेवा दिने बेला आएको बताउनु भयो ।

इटहरा मोरङमा सञ्चालित कार्यक्रमलाई वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रीत, प्रा.डा. कृष्णहरि बराल, प्रा. जयराज आचार्यद्वारा एकता दिवस सफलताको लागि पठाइएका शुभकामनापत्रहरु कार्यक्रममा वाचन गरिएको थियो । शिक्षक थिरनाथ दाहालको अध्यक्षतामा भएको समारोह गीतकार युवराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Health System of Nepal
Leprosy Elimination at Country Level

Leave a Comment