पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका साहित्यकारहरुको बृहद साहित्यिक सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । श्री विराट साहित्य संगम विराटनगर र श्री लोककवि अलि मियाँ प्रतिष्ठान पोखराको संयुक्त आयोजनमा स्थानीय आरोहण गुरुकुलमा पुस्तक विमोचन, कार्यपत्र प्रस्तुती, बृहद कविगोष्ठी र सांगीतिक कार्यक्रम समेतको आयोजना गरियो ।

“ब्रम्हपूत्रदेखि नालापानीसम्म” नामक विराट साहित्य संगमबाट प्रकाशित पुस्तकको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिले गर्नुभयो । यसैगरि “आसामी निबन्ध लेखन” शिर्षकमा असमका साहित्यकार ज्ञानेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभयो । जसमा पश्चिम बंगालका साहित्यकार ज्ञानेन्द्र खतिवडाले कार्यपत्रमाथि टिप्पणी गर्नुभयो ।

दोस्रो चरणमा बृहद कविगोष्ठी आयोजना गरियो । असमका भविलाल लामिछानेले गोष्ठीमा “म जंगलको आवाज लिएर आउँदैछु” शिर्षकको शक्तिशाली कविताले श्रोतालाई स्तब्ध तुल्यायो । सिलिगुरीका पी.चन्द प्रधानले गोष्ठीको साहित्यिक माहौललाई आफ्ना कविताहरुले उल्लासमय बनाएका थिए । गोष्ठीमा प्रवासका मनि सापकोटा, कमल चौलागाई, नारायण प्रधान, युवराज काफ्ले, जितु मुस्कान लगायतले आ-आफ्ना रचना सुनाए । यसैगरि कविहरु बद्री पलिखे, मनु मञ्जिल लगायत सुनसरी, झापा, धनकुटा, पोखरा, भैरहवाबाट आएका कविहरुले आ-आफ्ना रचना सुनाए । विराटनगरका कविहरु भानुभक्त पोखरेल, नवराज सुब्बा, ज्योति जंगल, मधु पोखरेल, खेम नेपाली, सुमन पोखरेल, गोकुल अधिकारी, शुभलक्ष्मी लम्साल लगायतले पनि कविगोष्ठीमा आ-आफ्ना रचना सुनाएका थिए ।

तेस्रो तथा अन्तिम चरणमा सांगीतिक कार्यक्रमको आयोजना गरियो । प्रसिद्ध कलाकार जे.बी. टुहरे, स्थानीय युवा कलाकार साजन राई, जे.बी. थुलुङ लगायतद्वारा गुरुकुलको हलमा रमाइलो सांगीतिक कार्यक्रम प्रस्तुत गरियो ।

A profound idea of ghazals
म लाटोकोसेरो

Leave a Comment