कात्तिक ९, २०६८ । रंजनी, मोरङ ।

यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय स्तरका कलाकारहरु महेश बुढाथोकी, साजन राई र स्थानीय कलाकारहरुले रंजनीवासीलाई आफ्ना प्रस्तुती मार्फत् एकताको सन्देश र मनोरञ्जन प्रदान गरे । युवा समूहका अध्यक्ष रमेशचन्द्र अधिकारीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथी तथा गीतकार नवराज सुब्बाले साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कार्यालय, संघसंस्था तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले सहभागीहरुलाई दीपावलिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

जिन्दगी
तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

Leave a Comment