कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विमोचन समारोहमा बरिष्ठ गीतकार रत्नशम्सेर थापा, बरिष्ठ गायक प्रेमध्वज प्रधानले एल्बमबारे चर्चा गर्दै नेपालीहरुले सुन्नै पर्ने गीतहरु एल्बममा संग्रहित रहेको बताउनु भयो ।
वाणी प्रकाशन विराटनगरका संस्थापक अध्यक्ष तथा आख्यानकार परशु प्रधानको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा वाणी प्रकाशनका संचालक बाबुराम वर्षाले आमन्त्रितहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा कलाकार, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

विराटनगरमा होमियोपेथिक सेवा विस्तार
एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा

Leave a Comment