Biratnagar Nepal.

‘Himalaima Hiun’ folk song album collected by Nawa Raj Subba has been released. Senior Singer L.P. Joshi released the fifth musical album of Subba in a ceremony at Biratnagar. Folk tunes of Eastern nepal and Limbu culture are included in the album. Artists, writers, journalists were present in the ceremony. Nawa Raj Subba, Parash Mani Baral, Sumit Khadka and Sajan have sung in different five songs of the album.

चैत्र १, २०७० विराटनगर नेपाल ।
नवराज सुब्बाले पूर्वेले लोकलयमा आधारित गीति एल्बम बजारमा ल्याएका छन् । सुब्बाको संकलन, स्वर र रचना रहेको लोकगीत एल्बम ‘हिमालैमा हिउँ’ लाई आज विराटनगरमा वरिष्ठ लोकगायक एल.पी.जोशीले लोकार्पण गर्नुभयो । जोशीले एल्बमको चर्चा गर्दै सुब्बाको गायकीमा लोकगीतको मौलिक शास्त्रीयता मुखरित भएको बताउनु भयो । समारोहमा वाणी प्रकाशनका अध्यक्ष तथा साँस्कृतिककर्मी खेम नेपालीले सुब्बाका लोकगीतहरूमा पूर्वी पहाडी भूभागको साँस्कृतिक र साँङ्गीतिक सौन्दर्यको प्रचूरता भएको बताउनु भयो । कार्यक्रममा साहित्यकार अनिल पौडेल, धनकुटे कान्छा, नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र विष्ट लगायतले लोकगीतको महत्व र एल्बमका सर्जकलाई शुभकामना व्यक्त गर्नु भयो । एल्बम विमोचन कार्यक्रममा संगीतकर्मी, कलाकार, साहित्यकार तथा संचारकर्मीहरूको उपस्थिति थियो । सुब्बाले यस अघि देशभक्ति, गजल र आधुनिक गीत गरि चार एल्बमहरू बजारमा ल्याइसकेका छन् । bimochan_-himalaima-hiun-L

प्रेमील तीन मुक्तक
धन्यवाद तथा आभार प्रकट

Leave a Comment