गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो । स्कुले जीवन र क्याम्पस जीवनमा भएका कथा व्यथाहरुलाई समेटेर लेखिएका गीतहरुले जीवनको महत्वपूर्ण कालखण्डलाई सम्बोधन गर्ने गीतकार सुब्बाको भनाई छ । एल्बममा समावेश भएका गीतले लागूऔषध दुव्र्यसनिलाई कुलतबाट बचाउन सन्देश दिएको छ । एल्बममा सुमित खड्का,साजन राई,सूर्य थुलुङ,नवराज सुब्बा,सुनिता लिम्बू,नरेन्द्र प्यासी लगायतका गायक गायिकाले स्वर दिएका छन । संगीत भने धीरज श्रेष्ठ,सूर्य थुलुङ, साजन राई र प्रेम भट्टचनले भरेका छन । KFM Namaste Nepal Click

Makalu TV News Click
Music Album ‘amulya jiwan’ access for Preview/Download Click 

 

 

अमूल्य जीवन लोकार्पण
मोरङमा हात्तीपाइले अभियान

Leave a Comment