स्वास्थ्यमा सकारात्मक नतिजा (नवराज सुब्बा)

लेख

स्वास्थ्य क्षेत्रमा देखिएका सकारात्मक नतिजा स्वास्थ्य क्षेत्रको एक्लो प्रयासले मात्र आएको होइन सामाजिक विकास जस्तै शिक्षा, कृषि, वन, आयआर्जन, मानवअधिकार, लैङ्गीक चेतनास्तर इत्यादिले स्वास्थ्यस्थितिको स्तर निर्धारण गर्नमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारेका हुन्छन् स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक ज्ञान सीपलाई प्रयोग गरेर समुदायलाई सो ज्ञान बाँड्ने काममा अगुवाई गर्ने गरेका छन् राज्यमा सरकारी क्षेत्रले मात्र नभ्याएर गैरसरकारी क्षेत्रका सहयोगमा स्वास्थ्य सेवा विस्तार गर्ने गरिन्छ यतिले मात्र नपुगेर स्वयंसेवकहरूको भूमिका पनि आवश्यक महत्वपूण मानिन्छ मोरङमा जनस्वास्थ्यको पहुच बढाउन सरकारी तथा गैरसरकारी एवम् निजी क्षेत्रले धेरै प्रयास गरेका छन् तर पनि भनेजस्तो सेवा सबैले पाएका छैनन् भन्ने गुनासा प्रसस्त सुनिन्छन् सरकार तथा गैरसरकारी क्षेत्रले सम्पन्न गरेका कामको मूल्याङ्कन जनताले गर्ने कुरामा दुइमत नहोला तर पनि बैज्ञानिक ढङ्गले निश्चित मापदण्डको आधारमा विश्वब्यापी मान्यता अनुरुपका विधि अवलम्बन गरेर समुदायमा गई विद्यमान स्थितिको अध्ययन गरेर प्राप्त नतिजाको आधारमा मूल्याङ्कन पुनर्योजना गर्दै अघि बढ्नु पर्ने हुन्छ मोरङ जिल्लामा सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालयसंगै हातेमालो गरेर बिभिन्न गैरसरकारी संस्थाहरूले स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् हालै सेभ चिल्डे्रनको सहयोगमा जिल्लामा एक र्सर्भेक्षण सम्पन्न गरियो आजभन्दा दर्ुइ वर्षअघि मोरङ जिल्लामा जनस्वास्थ्यको स्तर कस्तो थियो आज सो कुन स्तरमा पुगेकोछ भनेर जिल्लामा अध्ययन भएको जोसेफ भेलाडेजको एल.क्यू..एस्.विधिद्वारा जिल्लाका ६५ गा.वि..को प्रतिनिधित्व हुनेगरि जिल्लालाई भागमा विभाजनगरि रेन्डम नमूना सङ्कलनका आधारमा १३३ जना आमा, ६३ स्वास्थ्य संस्था, ५५ गाउँघर क्लिनिकहरूको हालै अध्ययन गरियो प्राप्त तथ्यांङ्ककका आधारमा मोरङ जिल्लाको स्वास्थ्यस्थिति सकारात्मक दिशाउन्मुख रहेको पाइएकोछ अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा महत्वपूर्ण केहि सूचकाङ्कहरू केलाउँदा के पाइयो भने सन् २००४ मा पर्ूण्ा खोप लगाउने एक वर्षमुनिका वालवालिका ९० प्रतिशत थिए भने सो बढेर हाल सन् २००६ मा ९३ प्रतिशत पुगेको यसैगरि मोरङ जिल्लामा वालमृत्यु दर पनि ३० प्रति हजार जीवित जन्म रहेको अनुमान गरिन्छ जिल्लामा नवजात शिशु मृत्यु दर सन् २००४ मा प्रति १००० जीवित जन्ममा ३० रहेको हाल २१ मा झरेको अनुमान गरिन्छ महिला स्वास्थ्य तर्फपनि केही प्रगति भएको अनुमान गर्न सकिन्छ सन् २००४ मा पटक गर्भवती परीक्षण गराउने दर ७९ प्रतिशत रहेकोमा सो २००६ मा ९१ प्रतिशत पुगेकोछ यसैगरि सन् २००४ मा पटक गर्भवति परीक्षण गराउने दर ४२ प्रतिशत रहेकोमा सो सन् २००६ मा बढेर ४६ प्रतिशतमा पुगेकोछ यसैगरि स्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउने दर सन् २००४ मा ५२ प्रतिशत रहेकोमा सो हाल ५७ प्रतिशत पुगेकोछ यसरी अप्रत्यक्ष सूचकाङ्कका आधारमा मातृमृत्यु दर पनि घटेको अनुमान गर्न सकिन्छ मोरङ जिल्लाको स्वास्थ्य स्थितिको सुधार तथा विश्लेषण गर्ने कार्यमा सरकारी निकायलाई गैरसरकारी निकायबाट प्राप्त सहयोगलाई अत्यन्त महत्वपूर्ण मान्नुपर्दछ आज वालमृत्युदर अर्थात नवजातशिशु मृत्युदर सम्बन्धी तथ्याङ्क जिल्ला स्तरमा निकाल्न नसकेर जिल्लाहरू छट्पर्टाईरहेको बेलामा मोरङ जिल्लाले एक कदम् अगाडि बढेर उक्त अतिमहत्वपूण्र्ा सूचकाङ्कहरू हासिल गरेर देखाएको सबैलाई थाहा नेपालमा हालसम्म महत्वपूर्ण सूचकाङ्कहरू राष्ट्रिय स्तरका मात्र छन् जो जिल्लाको योजनाको लागि उपयुक्त ब्यवहारिक छैनन् आज मोरङ जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाका सहकार्यद्वारा साध्य साधन दुवै हासिल गर्ने प्रयास गरिएकोछ मोरङ जिल्लाले दशौं पञ्चवर्षीय योजनाले लक्ष्य गरे बमोजिम वाल स्वास्थ्य कार्यक्रम लगायत शिशुमृत्युदर तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताहरूद्वारा गराइने सुत्केरी दरको लक्ष हासिल गरेकोछ उक्त नतिजालाई सहकार्यको प्रतिफल मात्र नभनेर गहकिलो नमूनाको रुपमा पनि लिन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.