कवि नवराज सुब्बाको ‘जीवन मेरो शव्दकोशमा’ कृतिभित्र अन्तर्दृष्टि ( डा. कृष्णप्रसाद दाहाल )

समालोचना

डा. कृष्णप्रसाद दाहाल

१. परिचय

कवि नवराज सुब्बाको जन्म वि.स.२०१८ साल असोज १५ गते मेची अञ्चल, ताप्लेजुङ जिल्लाको हाङपाङ आठराइ भन्ने ठाउँमा भएको हो । पिता आइतराज सुब्बा र माता नरमाया सुब्बाका कोखबाट उनले यस भूधरामा पाइला टेकेका हुन् । एम.पी.एच.( जनस्वास्थ्य), एम.ए. (नेपाली) सम्मको शिक्षा हासिल गरेका सुब्बा लामो समयदेखि नेपाल सरकारको कर्मचारीको रूपमा सेवारत रहँदैआइरहेका छन् । सम्प्रति उनी जिल्ला जनस्वास्थ्य कार्यालय झापामा कार्यरत छन् । नेपाल स्वास्थ्य सेवा व्यवसायी परिषद, नेपाल रेडक्रस सोसाइटी, किराँत याक्थुङ चुम्लुङ विराटनगर, वाणी प्रकाशन विराटनगर, विराट नाट्येश्वर प्रतिष्ठान, स्वाजन साहित्यिक समाज काठमाडौंमा सदस्यता प्राप्त गरि सम्बद्धता जाहेर गरेका छन् । उनी गोरखादक्षिणवाहुबाट विभुषित तथा वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रष्ठिान झापा र विराट नाट्येश्वर प्रतिष्ठान विराटनगरबाट सम्मानित छन् । सुब्बा कवि एवम् गीतकारका अतिरिक्त गायक पनि हुन् ।

२. ‘जीवन मेरो शव्दकोशामा’ भित्र अन्तर्दृष्टि

कवि नवराज सुब्बाको ‘जीवन मेरो शव्दकोशमा’ प्रथम प्रकाशित पुस्तकाकार काव्यात्मक कृति हो । यसको प्रकाशन वाणी प्रकाशन विराटनगरबाट २०६३ साल वैशाख महिनामा भएको हो । कवि सुब्बाले यो कृतिलाई कविता खण्ड र गीत खण्डमा विभाजन गरी प्रस्तुत गरेका छन् । कविता खण्डमा एकतीसओटा कविता समावेश गरिएको छ भने गीत खण्डमा सोह्रओटा गीत सङ्कलित छन् । ‘जीवन मेरो शव्दकोशमा’ शीर्षकको कविता यो सङ्ग्रहको सबैभन्दा लामो कविता हो । सङ्ग्रहका छोटा कवितामा ‘प्रतिवद्धता’ र ‘नियति’ पर्दछन् । जसलाई कविले छ हरपमा सम्पन्न गरेका छन् । हुनत कविले ‘प्रेमसम्वन्धी छोटा कविताहरू’ शीर्षकभित्र अलग कवितात्मक बान्कीलाई दर्ुइ हरफमा पनि प्रस्तुत गरेका छन् । यसरी हेर्दा कवि सुब्बा दुइ हरफे कवितादेखि लिएर अड्चालीस हरफेसम्मका र्सजकका रूपमा देखा परेका छन् । जसलाई कवि सुब्बाको विशेषता मान्नुपर्दछ । मूलत: कवि सुब्बा लट्र्टाईबाट धागो छोडेजस्तै लामो कविता लेख्ने कवि होइनन् । उनी त कमसेकम अनुभूतिको अनन्त वायुपङ्खी घोडालाई सङ्क्षिप्तताको तबेलामा जतनले स्याहारेर प्रस्तुत गर्ने कवि हुन् । उनलाई विश्रृङ्खलित भावको पछि दौडन मन पर्दैन । मनमा उत्पन्न भावलाई गमलाको फूल झैं सजाउन उनी मन पराउछन् । आफ्नै अनुभूतिको शव्दकोशमा साह्रै जतनले भण्डारा गरेका शव्दहरूलाई नतुहुने गरी कवितामा जन्म दिन्छन् कवि सुब्बा ।

कवि सुब्बाले ‘जीवन मेरो शव्दकोशमा’ कविता सङ्ग्रह प्रकाशित गरेर नेपाली कविताको क्षेत्रमा आफ्नो गहन उपस्थिति स्थापित गरेका छन् । उनको दीर्घ प्रतिक्षा पछि यो सङ्ग्रह र्सार्वजनिक गरेका हुन् । बीस, तीसओटा कविता लेखेर सङ्ग्रह प्रकाशित गर्ने लहडी कविमा उनी पर्दैनन् । उनले कवितामा निकै लामो साधना गरिसकेका छन् । यो सङ्ग्रहमा पैंतीससालदेखि लिएर बैसठ्ठीसालसम्मका कविताहरू सङ्कलित छन् । सर्त्ताईसवर्षो लामो कवितायात्रापछि यो सङ्ग्रह प्रकाशित भएको हो । निश्चय नै लामो यात्राले गर्दा प्रौढताका लक्षण देखिनु कुनै अस्वाभाविक होइन । तर पनि परिष्कार जीवनको अर्को यात्राको नाम हो । परिष्कारका दृष्टिले कुनै पनि स्रष्टा परिष्कारको पूर्णविराममा कहिल्यै पनि पुग्न सक्दैन ।

२.१ ‘जीवन मेरो शव्दकोशमा’ कवितासङ्ग्रहको विश्लेषण

कवि नवराज सुब्बा नेपाली कविताको समसामयिक धाराका कवि हुन् । २०३५।२०३६ बाट नेपाली कविताको समसामयिक धाराको प्रारम्भ भएको हो । कालक्रमिक आधारबाट हेर्दा यस कालका कविहरूमा क्लिष्टताबाट सरलतातिर र वैयक्तिकताबाट सार्वभौमिकता विशेष रुचि मौलाएको देखिन्छ । स्थानीयता र राष्ट्रियताले त्यतिकै हुटहुटी जगाएको पाइन्छ । नयाँ-नयाँ बिम्व र प्रतीकको आयोजना गर्नु यस कालका कविहरूको विशेषता हो । पुरानो पुस्ताका कविहरूको पदचाप पहिल्याउँदै आफ्नै किसिमको गोरेटो र राजमार्गको निर्माण गर्न यस धाराका कविहरू कम्मर कसेर लागेका छन् । यस्तै कविहरूको हूलमा मिसिन पुगेका छन् कवि नवराज सुब्बा । कवि सुब्बाका कविता र गीत गरी यस सङ्ग्रहमा जम्मा सतचालीसओटा सिर्जनाहरू समावेश छन् । जसको यहाँ क्रमश: चर्चा गरिएको छ :

‘जीवन मेरो शव्दकोशमा’ यो यस सङ्ग्रहको पहिलो र लामो कविता हो । मानवीय संवेदनालाई छताछुल्ल पारेर कविले उहाँ मानवतावादको शङ्खघोष गरेका छन् । आफूलाई माध्यम बनाएर मानवीय जीवनमा देखा पर्ने सङ्गति र विसङ्गतिको राम्रो चित्रण गरेका छन् । उनी जीवनको परिभाषा दिंदै यस्तो अनुभूति यहाँ प्रकट गर्दछन्:

“जीवन कवि बन्छ, कहिले गायक
छियाछिया भएर पनि जीवन
बा
सुरीझैं बज्दछ नायक
व्याकरणले बा
धिने शव्दावली
मात्र नठान यो जीवन
अशुद्धै सही मलाई मनपर्ने
शव्दकोश हो मेरो जीवन
जीवन मेरो शव्दकोशमा ।” (पृ. २)

शव्दकोशलाई कविले मानवताको कोश गराउन चाहेका छन् । उनले यहाँ इन्द्रबहादुर राइको लीलालेखनको अवधारणालाई पछ्याउने प्रयत्न गरेका छन् । यो कविताको रचना उनले २०६२ सालमा गरेका छन् । २०६१ सालमा लेखिएको कविता ‘शव्दहरू’ हो । शव्द ब्रम्ह हो भन्ने तात्विक अर्थबाट जानकारी हासिल गरेर हो कि किन हो कवि ‘शव्द’ को मोहमा परेको देखिन्छ । शव्दलाई बिगार्ने र क्लिष्ट बनाउनेलाई यहाँ कोर्रा हानिएको छ । शब्द भनेका जनता हुन् जनतालाई स्वच्छन्द छोडिनुपर्छ भन्ने मान्यता कविले राखेका छन् :

“रगतमा अनुवाद भएर शब्दहरू
जीवन खोजिरहेछन्
शब्दहरू खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।” (पृ. ५)

एकसठ्ठी/बैसठ्ठीको जनआन्दोलनमा जनताले खेप्नु परेको पीडालाई प्रतीकात्मक ढङ्गबाट व्यक्त्याउने काम यहाभएको छ । मानव जीवन ज्यादै नै मूल्यवान छ भन्ने कुरालाई कविले ‘जीवनको मूल्य’ कवितामा स्पष्ट पारेका छन् :

“मर्नुभन्दा बाच्नु गाह्रो भो
यो के भन्दैछौ तिमी
धत् किन रुन्छौ सम्झेर सबै
हा
ँस, सबथोक बिर्सेर हाँ
छैन काम यी आ
खाको ।” (पृ.६)

रोएर बाँच्नुको कुनै अर्थ छैन । हाँसेर बाँच्नु नै जीवन हो भन्ने दार्शनिक कथन कविले यहाँ जाहेर गरेका छन् । प्राकृतिक सुन्दरता र रमणीयताले भरिपूर्ण बेनीबजार माओवादी जनयुद्धका समय ध्वस्त हुँदा कवि सुब्बाको हृदय पनि छियाछिया भएको थियो भन्ने प्रस्तुति ‘बेनीको बजार जता हेर्‍यो उदास नजर’ भन्ने कविताले दिएको छ :

“रेडियो घरिघरि समाचार दिन्छ
पा
चसयजना मरे मारिए
आज गीतको लय नै बेग्लै लाग्छ
मायै माया फुल्ने
मायाको त्यो बेनीबजारमा
आज हिंसा फक्रिएछ ।” (पृ.८)

क्षतविक्षत बेनीबजारको पीडा त्यतिखेर आम नेपालीको पीडा भएको थियो । जसलाई कविले हुवहु प्रस्तुत गरेका छन् । मान्छे स्वार्थी भएको तीक्तताले कवि ज्यादै नै विरक्तिएका छन् । त्यसैले ‘आत्महत्या गर्नअघि’ कवितामा उनी दुनियाँ, प्रेयसी र आमालाई सम्बोधन गर्दै मायाको महत्व हराएकोमा यस्तो कवितात्मक अभिव्यक्ति गर्दछन् :

“आखिर आजकल मायाको फूल पनि
कवितामा बाहेक फुलेको कहा
ँ छ र !” (पृ.९)

मानिस संवेदनाशून्य भएर मायाको गला रेट्ने गरेको देख्दा कविलाई आफ्नै जीवनदेखि नै दिक्दार लागेको छ । मायाबिनाको जीवन बाँच्नुको अर्थमा अभिनय सिवाय केही पनि होइन भन्ने अभिमत कवि सुब्बाको रहेको छ । यो कविताको लेखन २०६१ सालमा भएको हो । ‘भीर र गोरेटाहरू’ कविताको रचना २०६१ सालमा गरिएको हो । यस कवितामा कविले प्राकृतिक प्रकोपको भयमा बाँच्नुपरेको यथार्थलाई पर्गेलेका छन् :

“धेरै बग्यो पानी तम्बरखोलामा
पहिरा धेरै गए भीर छातीमा
नातिनातिना काखमा च्यापेर
म कथा सुनाउ
दैछु । (पृ. १२)

विशेषगरेर पहाडमा बस्ने मानिसले भोग्नु परेको प्राकृतिक पीडालाई यहाछर्लङ्ग पारिएको छ । देश छोडेर विदेश जाने नेपालीहरूको सम्झनामा लेखिएको ‘नजाऊ भमरा भई’ हो । यो कविताको रचना कविले २०६१ सालमा नै गरेका हुन् । कवि भूपि शेरचनको ‘मेरो देश’ कविताको नजिकमा छ यो कविता । ‘मेरो देश’ ले जस्तै यसले पनि राष्ट्रियताको उद्घोष गरेको छ :

“आमाकै काखमा
आज जीवन
टुहुरो लाग्छ
शीतल छाया
का
माया पनि
बिरानो लाग्छ ।” (पृ.१३)

सबै नेपाली दाजुभाइले नेपालआमालाई छोडेर विदेश गएकोमा कविले यहाँ आफूलाई टुहुरो महसुस गरेका छन् । ‘दियो र पुतली’ कवितामा मानवनियतिको प्रस्तुति दिएका छन् । नियतिबाट कोही पनि मान्छे अछूत रहँन सक्दैन । सबैले नियतिको दास बन्नुपर्छ भन्ने दार्शनिक कथनलाई कविले अभिव्यक्ति दिएका छन् :

“स्वाभाविक रूपमा
पूजाकोठा सफा गर्दागर्दै
मेरो र पुतलीको नियति
उस्तै पाए

अचानक
आज मैले मेरै दर्शन पाए

म स्वयं
पुतलीको चोलामा छु ।” (पृ.१५)

प्रत्येक मान्छे महाकवि देवकोटाले भनेझैं बत्तीको झिल्के पुतली बनी मर्न बाध्य छ भन्ने धारणा कविले राखेका छन् । यो कविताको रचना कविले २०३६ सालमा गरेका हुन् । ‘जीवनबोध’ कविताले पनि मानव नियतिकै कुरा उठाएको छ । विसङ्गतिपूर्ण जीवन भोगाइलाई यहाप्रस्तुत गरिएको छ :

“मलामी हिंडेको छु
कैंयौं अन्तिम अ
जुली
माटो र फूल चढाएको छु
मुङ्लान जानेलाई
विदाईका हात
कैंयौंपटक हल्लाएको छु ।” (पृ.१७)

जीवन आरोह-अवरोह र दु:ख-सुखको संगम हो । दु:खलाई अगालेर निराश नहौं भन्ने सन्देश दिएको छ । कवि सुब्बाले यो कविताको रचना २०६१ सालमा गरेका छन् । ‘छाती-दुइ अभिव्यक्ति’ शीर्षकको कविता मुक्तकीय शैलीमा निर्मित छ । यसमा दुइओटा मुक्तक समावेश गरिएको छ । २०३८ सालमा लेखिएको यी मुक्तकमा कविले छातीलाई सुरक्षाको केन्द्रस्थल मानेका छन् :

“कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएकाछु यो छातीमा ।” (पृ.१८)

पिरैपिरमा पनि कविले मायको संसारलाई उजाड गराउन चाहेका छैनन् । छत्तीससालमा लेखिएको ‘यो कस्तो वाध्यता !’ शीर्षकको कविता पनि मुक्तकीय शैलीमा निर्मित छ । कविले यहाँ श्रृङ्गारिकभावलाई समेटेका छन् ।

“दुइ मन मिलेर
बा
ँधेको बाँ
जस्तोसुकै आ
शुको भेलमा पनि
एक्लै सम्हाल्नै पर्छ ।” (पृ.१९)

मायाको बाँधलाई आँशुको भेलले बग्न दिनुहुन्न भन्ने सन्देश यो कविताले दिएको छ । सैंतीससालमा लेखिएको मुक्तकीय शैलीको कविता ‘आस्वासन’ हो :

“चोटले छाती छियाछिया भए पनि
छातीभित्रको यो धड्कन
यही
रुक्दैन ।” (पृ.२०)

दु:खमा पनि निर्भिक भएर बाँच्ने सन्देश यसले दिएको छ । उन्चालीस सालमा लेखिएको ‘प्रतिबद्धता’ शीर्षकको कविता पनि मुक्तकीय शैलीमा लेखिउको छ । विश्वासमा सारा संसार अडिएको छ भन्ने स्पष्टोक्ति कविको यहाँ रहेको छ :

“कुहिरोमा काग अल्मलिए पनि
अन्तमा गन्तव्य भेट्टाइछाड्छ
ध्यारा सबै रात होइनन्
नसुत्नु, मनको कम्पास छामेर
धै पूर्वाभिमुख भइ विश्वास गर्नु
विहान सूर्य झुल्किइछाड्छ ।” (पृ. २१)

कर्ममा विश्वास गरेपछि सफलता स्वत: प्राप्त हुन्छ भन्ने सन्देश यस कविताले प्रवाह गरेको छ । सुख-दु:ख, हासो-रोदन सबै नियतिको खेल हो भन्ने कथन कविले नियति शीर्षकको मुक्तकमा प्रष्ट पारेका छन् :

“हामीले पुज्ने त्यो देउराली आज
यसरी पहिरिएको देख्दा थाहा पाए

मैले मिलनसंगै बिछोड पनि पाएको रैछु ।” (पृ.२२)

यो मुक्तकको रचना कविले उन्चालीस सालमा गरेका हुन् । उन्चालीस सालमा नै लेखिएको अर्को लघु आकारको कविता ‘जीवनको आकार’ हो । जिन्दगीलाई घातप्रतिघातबाट जोगाउनुपर्छ भन्ने सन्देश दिएको छ :

“सुरक्षित राखिनुपर्छ
जिन्दगी भन्दा पनि
यो जिन्दगीको आकार
जो ठोक्किएर नकुच्चिओस् ।” (पृ. २३)

आफ्नो जिन्दगी सबैले सुन्दर रूपमा सजाउनुपर्छ भन्ने धारणा कविको रहेको छ । ‘यात्रा’ कविताको रचना पनि कवि सुब्बाले उन्चालीस सालमा नै गरेका हुन् । जीवन भन्नु नै समयले चालेको गतिशील यात्रा हो । यात्रामा रात-दिन, जीत-हार जे पनि हुनसक्छ, तर्सथ निर्धक्क नभइ र्सतर्क भइ हिड्नुपर्छ भन्ने धारणा कविले राखेका छन् :

“निर्धक्क नहुनु समयसित
जोकोही लुछिन र लुटिन सक्छ
अलिखित इतिहासको पात्रझैं
बेहिसाव धुलामा मेटिन सक्छ ।” (पृष्ठ २४)

समयको महत्वलाई पनि यहादर्शाउने कार्य भएको छ । ‘प्रस्ताव’ कविता अड्तीस सालमा लेखिएको हो । श्रृङ्गारिक भावधारामा निर्मित यो कविताले मायाको महत्वलाई प्रकाश पारेको छ :

“आऊ वरपीपल रोपौं मायाको चौतारीमा
दुइटा ढुङ्गा थपिदिऔं मायाको देउरालीमा ।” (पृ. २५)

मायाकै महत्तालाई प्रष्ट पारेको छ ‘म नहराएको सूचना’ कविताले । खुशी नै मायाको मुस्कान हो भन्ने भावनाले निर्मित यो कविता बयालीससालमा लेखिएको हो :

“माया नमार्नू बिन्ति
पर्ख म आउ
दैछु
विहानी मुहार
लिएर
हराएका मुस्कान बोकेर ।” (पृ. २६)

गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताको वास्ना पनि यहाँ आएको छ । पंचायतकालीन व्यवस्थालाई चिरेर प्रजातन्त्रको मुस्कान भित्र्याउने प्रतिवद्धता पनि कविले यहाँ गरेका छन् । अर्को लघु आकारको कविता ‘वचन’ हो । यसको रचना कविले अठ्तीस सालमा गरेका हुन् । नमीठो वचनले मानिसलाई कतिसम्म दु:खी तुल्याउँछ त्यसको प्रस्तुति यहाँ गरिएको छ :

“यहाफूल बर्सन्छन्
ढुङ्गा अनि तीर बर्सन्छन्
मान्छे-मान्छेका मुखबाट ।” (पृ. २७)

अप्रिय वचनबाट घाइते भएको मानसिकता यहाचित्रण छ । अठ्तीस सालमा नै लेखिएको मुक्तकीय लघु आकारको कविता ‘दोधार रात’ हो । कविलाई पञ्चायतकालीन कालरात्रीले निकै नै सताएको भावलाई यस कवितामा समेटिएको छ :

“यो कस्तो घडी आयो
चिच्याउ
कसैको सपना टुक्रिनसक्छ
चुपचाप सहु
यसरी त अब
आफ्नै हृदय टुक्रिन सक्छ ।” (पृ. २८)

कवि सुब्बाको हृदय पञ्चायतकालमा भित्रभित्रै विद्रोही बनेको संकेत यसले गर्छ । ‘परदेशीको सपना’ कवि सुब्बाले अठतीस सालमा लेखेको कविता हो । लघु आकारमा निर्मित यो कविताले मायाको महत्वलाई प्रष्ट पारेको छ :

“अहिले ब्यूझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आ
शु
मेरै सिरानीमा झरेछन् ।” (पृ. २९)

मायालुसित बिछोड कतिसम्म पीडादायी हुन्छ त्यसको यथार्थ चित्रण गरिएको छ । देशभक्तिको भावनालाई मुखरित गरेको कविता ‘विदाईका हातसगै’ हो । छत्तीससालमा लेखिएको यो कवितामा कविले देशको माटोप्रति माया प्रकट गरेका छन् :

“यात्रामा
हिंड्दै जा
दा
काटिइसकेका पहाडहरू
एकपल्ट हेरिदिनू
सक्छौ भने
हिंडेका पैतालाका डामहरू
बाटामा छन् भनी संझीदिनू ।” (पृ. ३०)

विदेश पलायन हुनेहरूलाई कविले झटारो हानेका छन् । ‘मायालु काउकुती’ शीर्षकले दुइओटा मुक्तकलाई समेटेको छ । यी दुवै मुक्तकको रचना कविले सैंतीससालमा गरेका हुन् । श्रृङ्गारिकता नै दुवै मुक्तकको भाव हो :

“फूलहरूको बहार देख्दा
चरीझै मलाई बोलू
ँ-बोलूँ लाग्छ
चुल्ठोमा त्यस्तरी फूल नसिउरे
मनभित्र थुनेको कोइली
सत्ते आज खोलू
ँ-खोलूँ लाग्छ ।” (पृ. ३१)

सुन्दर बास्तविक जिन्दगी जिउने आकाङ्क्षा राख्छन् कवि नवराज ‘खोजिरहेछु जिन्दगी’ कवितामा :

“अल्झिएपछि कतै
न खस्न पाइन्छ
न बसिरहन पाइन्छ
न जित्न सकिन्छ
न हार्न ।” (पृष्ठ ३२)

मीठो जिन्दगी खोजी गरेर मात्रै प्राप्त गर्न सकिन्छ । कविताको सचना अठ्तीससालमा भएको हो । अठ्तीससालमा नै लेखिएको ‘बिर्खे’ कविता मानवतावादी कविता हो । आफ्नै नेपाली दाजुले अर्को नेपाली भाइलाई सुकुम्वासी बनाएको चित्रण यहागरिएको छ :

“आफ्नै भाइले घरबाट निकालेपछि
धनिपूर्जा देखाउ
दै न्याय माग्छ
बाबु
! म कहाँ न्याय पाउँछु” (पृ. ३३)

सामन्ती संस्कारबाट ग्रस्त भएको मानसिकताको चित्रण छ यहा। सिद्धिचरण श्रेष्ठलेझैं कवि नवराज सुब्बाले पनि आफ्नो जन्मथलोको मुक्तकण्ठले गीत गाएका छन् ‘मेरो हाङपाङ’ कवितामा । हाङपाङ कविको जन्मथलो हो । यसको रचना उनले अठ्तीससालमा नै गरेका हुन् । मातृभूमिको राग कवि यसरी अलाप्छन् :

“मेरो हाङपाङ
चा
ँगे र छिन्ताङसँगै
मरक्कै धान नाचिरहेछ
थाहै नपाई मेरो हाङपाङले
मसित मीठो माया साटेछ ।” (पृ. ३४)

हाङपाङप्रतिको आत्मीयतालाई उनले प्रकट गरेका छन् । ‘जागृतिका परेवाहरू’ त्रिचालीस सालमा लेखिएको कविता हो । जागृति र सिर्जनालाई कहिल्यै पनि कैद गर्नुहुन्न भन्ने कथन कविले यहाराखेका छन् । आफ्नो चेतनालाई स्वस्थ बनाएर मानवताको विकार्सगर्न कवि यसो भन्छन् :

“हामी संघर्ष गरौं पहिले आफैसित
आफैमाथि विजय गर्न
छाडिदिऔं उन्मुक्त जागृतिका परेवाहरू
सिर्जनाको नीलो आकाशमा ।” (पृष्ठ ३५)

‘हामी कता गइरहेछौं’ उन्पचाससालमा लेखिएको कविता हो । मान्छेले मान्छे हुन नसकेको दु:खेसो कविले गरेका छन् । मानवता बिर्सिएकोमा खिन्न छन् :

हेर ! न्यानो रगत सञ्चार हुने मुटुको ढुकढुकीमा
आज सुनिंदैनन् भाइचारा, मानवताका लयहरू
गुञ्जिदैनन् किन समुन्नति इमानका ताहहरू ।” (पृष्ठ ३६)

मानवले मानवत्व बिर्सिएकोमा व्यङ्गय पनि गरिएको छ । गाउँलेहरूले भोगिरहेको समग्र पीडालाई ‘बाआमाको सपना’ कविताले स्पष्ट पारेको छ । गाउँ र गाउँलेप्रतिको माया यहाँ मुखरित भएको छ :

“बाआमा कुरिरहेछन्
खोला सुसाइरहेछ
गाउ
अनिंदो छ
खेत बा
झै छ
अभाव र अनिकालले पिरोलिरहेछ
छाना छाउने बा बूढा भए
चिठी लेखिदिनेसम्म छैनन् गाउ
मा ।” (पृष्ठ ३८)

अहिले गाउको अवस्था यस्तै छ । यो कविताको रचना उन्पचाससालमा गरिएको हो । मान्छेले जीवनमा ओखतीको महत्व के कस्तो रहेको छ त्यसको प्रस्तुति कवि नवराजले ‘ओखती’ कवितामा गरेका छन् । बैसठ्ठीसालमा लेखिएको यो कवितामा कविले आफ्नै जीवनको अनुभव पनि व्यक्त्याएका छन् :

“ओखती जीवन जीवन ओखती भन्थें
ओखतीले जीवन मात्र होइन
जीवन पछिको मृत्यु पनि डाकिरहेको पाउ
छु ।” (पृष्ठ ३९)

ओखतीले मान्छे बाँच्ने मात्रै होइन मर्ने पनि गर्छ, त्यसको यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ । पैंतीससालमा लेखिएको ‘प्रेमसम्वन्धी छोटा कविता’ कविता खण्डभित्रको अन्तिम कविता हो । यसमा कविले मुक्तकीय शैलीमा नौओटा कविता प्रस्तुत गरेका छन् । यी सबैलाई प्रेमसम्वन्धी उच्छवास भने पनि हुन्छ । कविले प्रेमलाई यहाँ विभिन्न कोणबाट पर्गेल्ने कार्य गरेका छन् । प्रेमर् इश्वरीय वरदान हो । प्रेममा नै सारा संसार अटाएको र अडिएको छ :

“देउताहरू स्वर्ग जादा
छाडेको एउटा नासो ।” (पृष्ठ ४०)

दुइ हरफमा नै कविले प्रेमसम्वन्धी कसिलो अभिव्यक्ति जाहेर गरेका छन् । प्रेमर् इश्वरीय नासो नै हो त्यसलाई कसैले पनि नष्ट पार्नु हुँदैन । प्रेम एउटा देउराली हो, जहाँ मानिसले हिंड्ने र ढोग्ने दुवै गरेका हुन्छन् :

“एउटा देउराली
कसैले टेक्छन्
कसैले ढोग्छन् ।” (पृष्ठ ४१)

कवि प्रेमलाई प्राकृतिक सुन्दरताको प्रतीकको रूपमा पनि व्यक्त्याउछन् । सुन्दरताको सबै संयोजन प्रेममा हुन्छ :

“यताबाट हेरे बादल
उताबाट हेरे इन्द्रेनी
यो घामपानीको खेल ।” (पृष्ठ ४१)

यस किसिमका सुन्दर मुक्तकहरू कविले ‘प्रेमसम्वन्धी छोटा कविताहरू’मा समेटेका छन् । भावनाको तरलता र सरलतामा यी मुक्तकहरूले आफ्नो गहनता स्थापित गरेका छन् । कवि नवराज सुब्बाले कविता र गीतलेखनमा सँगसँगै कलम चलाएको पाइन्छ गीत खण्ड अर्न्तर्गतको पहिलो गीत ‘आँखा उही दृष्टि नयाँ’ हो । यसको रचना सुब्बाले बैसठ्ठीसालमा गरेका हुन् । यहाँ गीतकारले सुन्दर सिर्जनाको कामना गरेका छन् :

“उडे चरा चित्र बाहिर
लयवद्ध भए शव्दहरू
थिचिन मान्दैनन् पैतालामा
गन्तव्य पर्खेका यात्राहरू ।” (पृष्ठ ४४)

चराजस्तै स्वतन्त्र भएर शब्दहरू कहिल्यै पनि कैद हुदैनन् । प्रेमिकाको मीठो हेराइमा विवशताले जगडिएको मन पनि स्वच्छन्द भएर उड्ने गर्छ भन्ने अभिमत गीतकार सुब्बा राख्दछन् :

तिम्रो एक नजरले मनमा अनेकौं लहर उठ्छ
लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ ।” (पृष्ठ ४५)

गीतकार सुब्बा नरमता र कोमलताका पूजारी हुन् । उनलाई फूलको नरमपन बालकको तोतेबोली सधैं आकषिर्त पार्दछ :

“तोतेबोली कति मीठो बोल अझै बोल,
तिमी हा
से आशा फुल्छ खोल ओठ खोल ।” (पृष्ठ ४६)

पैतालीस सालमा लेखिएको ‘आऊ उडाऊ चङ्गा’ शीर्षकका बोलहरू हुन् यी । ‘मेरो गमलाको गीत’ शीर्षकमा गीतकार फूलको प्रकृतिको सुन्दर वर्णन गर्दछन् । फूलको उदात्त स्वभावले गीतकारलाई धेरै आकषिर्त पारेको छ । त्यसैले प्रस्तुति यहाउनी यसरी गर्दछन् :

“गुलाफी मुस्कान ओंठमा, एकै थूँगा हाँसिदेऊ
ँखा गाडी पिउँछु खै, बाँच्न मलाई सिकाइदेऊ ।” (पृष्ठ ४७)

यस गीतको रचना गीतकार सुब्बाले पैंतालीससालमा नै गरेका हुन् । आफ्नी मायालुप्रति कल्पिएको भावलाई पैंतीससालमा लेखिएको ‘मायालुगीत’ शीर्षकमा गीतकारले लिपिबद्ध गरेका छन् :

“सुकेका यी ओंठहरू, गीत गाई रुझूभन्छ
चञ्चले यी आ
ँखाहरू, कतै गई अल्झूँ भन्छ । (पृष्ठ ४८)

गीतकार यहाँ निकै नै श्रृङ्गारिक बनेर मायाको आव्हान गर्दछन् । दु:खको गीत गाउँछन् गीतकार नवराज ‘छातीको प्यास’ गीतमा । मायालुको मायाले तृप्त नहुँदा यस्तो मायाले भाव अलाप्दछन् :

“वसन्तमा पनि किन रुन्छ यो चरी
मनको वनमा सधैं हुरी चलिरहेछ ।” (पृष्ठ ४९)

अठ्तीससालमा लेखिएको ‘तिमीलाई सम्झेर’ भन्ने गीतले पनि मायालुकै स्मृतिलाई समेटेको छ :

“मेरो मुटु तिम्रो धड्कन
रात अनि यादहरू
अल्झिन्छन् बल्झिन्छन्
व्यथा अनि आशाहरू । (पृष्ठ ५०)

मायालु बिनाको संसार गीतकारलाई ज्यादै नै निरस अनि खल्लो लागेको छ । यस्तै भाव ‘प्रेरणाको प्यास’ गीतमा समेटिएको छ :

“प्रेरणाको प्यास बोकेर
कति बल्छ र दियो आशाको
चर्किएको छाती थामेर
गीत गाउ
म कुन भाखाको ।” (पृष्ठ ५१)

माया बिनाको जीवनमा उमङ्गको गीत गाउन गाह्रो पर्ने सन्देश यहादिइएको छ । यो गीतको रचना गीतकारले छत्तीससालमा गरेका हुन् । ‘स्वागत हुरीलाई’ गीत पनि गीतकार सुब्बाको मायाकै विषयमा आधारित छ । हुरीलाई स्वागत गर्ने बाहानामा मायाको अभिव्यक्ति यसरी दिएका छन् :

“सागर नै त सुक्छ मन्छन्
शु किन सुक्न सक्दैन
व्यथा बोकी हिड्ने मुटुले
माया किन भुल्न सक्दैन ।” (पृष्ठ ५२)

यो गीतको रचना गीतकारले छत्तीससालमा गरेका हुन् । सैतीससालमा लेखिएको ‘छेकिदिन्छु आफैलाई म’ गीतले पनि मायाकै व्यथा पोखेको छ :

कतै हिंड्न जानिनहोला
यसैले त ठेस लाग्छ
कल्पनाको संसार टेक्दा
अनायास मनमा घाउ दुख्छ ।” (पृष्ठ ५३)

मायालुको मायाले गीतकारलाई गीत खण्डमा निकै नै श्रृङ्गारिक गराएको छ । उनी माया र मायालुलाई अर्न्तर्हृदयदेखि नै अर्चना गर्दछन् । ‘आखाले तीर हान्ने मायालु’ शीर्षकको गीतमा पनि यस्तै भावकोखेती गर्दछन् :

“केही भन्न खोजे जस्ती सोध्न खोजेजस्ती
खा जुधाई तीर हान्ने मेरी माया कस्ती ।” (पृष्ठ ५४)

अठ्तीस सालमा लेखिएको यस गीतमा रचनाकारले मायालुको अनुपम कल्पना गरेका छन् । मायाको लेनदेन त्यति सजिलो नहुने त्यसमा धेरै दु:खको सामना गर्नुपर्ने दृष्टिकोण गीतकार सुब्बा राख्दछन् :

“राप सहदा बिलाएको
हिमालको छातीजस्तो
न्याउलीको गीत चोरी
सुस्ताएको वसन्तजस्तो ।” (पृष्ठ ५५)

यो गीतको रचना गीतकारले अठ्तीस सालमा गरेका छन् । माया प्रीतिमा कहिल्यै पनि विश्वासघात गर्नु हुँदैन । यदी कसैले विश्वासघात गरेमा फलिफाप हुँदैन भन्ने भाव गीतकारले ‘विश्वासघात’ गीतमा गरेका छन् :

“चञ्चलता कहिले गम्भीरता
त्यो त प्रीतिको याम थियो
हृदयमा रोपी छातीमा उमारें
विश्वासघात आज फल भयो ।” (पृष्ठ ५६)

बयालीससालमा लेखिएको यो गीतमा रचनाकारले प्रीतिमाथि खेलवाड नगर्नू । यदी कसैले खेलवाड गर्छ भने त्यसले सुखको सास कहिल्यै फेर्न पाउँदैन भन्ने स्पष्टोक्ति यहाँ दिइएको छ । ‘सुखमय सपना, दु:खमय विपना’ भन्ने महाकवि देवकोटाको उद्गारलाई गीतकार नवराजले ‘केवल सपना बाँकी छ’ गीतमा सजाएका छन् :

“विछ्याएर सपना सारा
आऊ अब रात ओढौं
दिनभरिका सारा दु:खेसा
एकएक गरी फुकाउ
।” (पृष्ठ ५७)

विपनाभन्दा सपना नै सुखमय हुनेगर्दछ । सपना जीवनको अन्तिम सत्य हो । जसलाई मानिसले नअगालीकन सुखै छैन । यो गीतको रचना सुब्बाले उन्पचाससालमा गरेका हुन् । उन्पचाससालमा नै लेखिएको ‘सोध्न मन लाग्छ’ गीतले प्रीतिकै आरति उतारेको छ :

जिन्दगीको सुरु भन कहादेखि हुन्छ
संसार सा
च्चे घुम्छ भने भेट कहिले हुन्छ ।” (पृष्ठ ५८)

आफ्नी मायालुलाई छिटो भन्दा छिटो भेट्ने तीब्र इच्छा गीतकारलाई भएको छ । ‘शुभकामना’ गीत खण्डको मात्रै नभएर यो सङ्ग्रहकै अन्तिम रचना हो । जसको रचना गीतकारले अन्ठाउन्न सालमा गरेका छन् :

यस्तो लाग्छ यसबेला हामी दीपावलीमा
आफैंभित्र उज्यालो खोजिरहेछौं
अर्थहीन आयु होइन जीवन रोजिरहेछौं ।” (पृष्ठ ५९)

गीतकारले यहाँ सबैमा शुभकामना बाँड्न चाहेका छन् । बाहिरी परिवेशमा होइन मान्छेको भित्री हृदयमा उज्यालो उमार्न चाहेका छन् । अर्थहीन आयुभन्दा वास्तविक जीवन बाँच्ने कामना गर्दछन् ।

३. ‘जीवन मेरो शव्दकोशमा’ कृतिको मूल्याङ्कन

कवि नवराज सुब्बाले आफ्ना गीत र कविताहरूको रचना अभिधा, लक्षणा र व्यञ्जना तीनओटै शब्दशक्तिद्वारा गरेका छन् । उनी ठाउँ हेरेर अभिधा, लक्षणा र व्यञ्जनाको प्रयोग गर्दछन् । मूलत: आफूले बाँचेको भूगोलभन्दा पर गएर उनले रचनाहरूको निर्माण गरेका छैनन् । आफू बाँचेको धरातललाई उनले मुख्य आधार बनाएका छन् । उनी गाउँ, समाज र राष्ट्रको मायाले उचालिएका छन् । प्रजातन्त्र र मानवअधिकारका विषयमा ज्यादै नै संवेदनशील बनेका छन् । मूलत: उनका कविताहरूको विशेषता भन्नु नै यही हो । आभ्यासिक अवस्थादेखि नै उनले परिष्कार र परिमार्जनलाई महत्व दिएको देखिन्छ । तर्सथ आभ्यासिक कवितामा सिधै औंलो ठड्याउनु पर्ने अवस्था देखिंदैन । कतै कतै व्याकरणात्मक विचलन देखिए पनि कविताको अनुशासनमा उनी चुकेका छैनन् । उनले कवितामा आफ्नो निजी अर्न्तर्लय विकास गरिसकेका छन् । यति हुँदाहुँदै पनि उनले पूर्ववर्ती कविहरू जस्तो गोपालप्रसाद रिमाल, भूपि शेरचन, वाशुशशी, हरिभक्त कटुवाल, कालि प्रसाद रिजाल, उपेन्द्र श्रेष्ठका पदचिन्हलाई पछ्याउन छोडेका छैनन् । कृष्णभूषण बलको शैलीलाई पनि उनले ठाउँ ठाउँमा आत्मसात गरेका छन् । गद्यकविता देखि लिएर गीतरचनासम्म कवि सुब्बाले सकेसम्म अनुप्रासको संयोजन गरेका छन् । सरल अभिव्यक्तिका माध्यमबाट गहन भाव सम्प्रेषण गर्न कवि सुब्बा निकै नै सिद्धहस्त देखिन्छन् । मूलत: उनी कविताको विस्तारमा भन्दा लघु आकारमा रमाउने र्सजक भएको हुँदा ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ’ भन्ने माधवप्रसाद घिमिरेको उक्तिमा विश्वास गर्दछन् । उनी शब्दको अथाह जङ्गल विस्तार गर्न चाहँदैनन् । सानो फूलवारीमा विश्वको सम्पूर्ण भाव भर्न चाहन्छन् । उनका कविता र गीतको उल्लेख्य पक्ष यो पनि हो । सकेसम्म जनताको बोलीलाई गीत र कवितामा लोली गराएका छन् । क्लिष्ट शब्दबाट टाढै हटेका छन् । धेरै भन्दा धेरै कवि सुब्बाले पहाडी ग्रामीण परिवेशकै विम्व र प्रतीकलाई टिपेका छन् । उनीभित्र सहरले त्यतिविघ्न प्रभाव पारेको देखिदैन । हुन त उनले जीवनको धेरै आयु सहरमा नै बिताइसकेका छन् त्यति हुँदाहुँदै पनि गाउँको मायाले टाढा हुन दिएको छैन । मुख्यत: कवि एवं गीतकार सुब्बा आम नेपालीले अनुभूत गरेका कुरालाई आफ्नो लेखनीमा उतार्न चाहन्छन् । वैयक्तिक स्वतन्त्रताको नाममा सस्तो लोकप्रियतामा रमाउन चाहँदैनन् । उनी आफूलाई विशुद्ध र्सार्वजनिक व्यक्तित्व गराउन चाहन्छन् । “जीवन मेरो शव्दकोशमा” कृतिको मूल्याङ्कन गर्दा यिनै कुराहरू हात लाग्छन् ।

४. निष्कर्ष

कवि नवराज सुब्बा ‘जीवन मेरो शव्दकोशमा’ पुस्तककार कृति मार्फ २०६३ सालमा र्सार्वजनिक भए पनि उनको काव्यिकयात्रा छोटो छैन । विभिन्न पत्रपत्रिकाहरूबाट उनले आफ्नो रचनाकारको उपस्थिति धेरै पहिले देखि नै गर्दै आएका छन् । यसको दह्रो साक्षीका रूपमा मधुपर्क, अङ्कुर, शब्दसंयोजन, अन्तर्दृष्टि, नेपाली कविता डट् कम्, अनलाइन नेपाली साहित्य मञ्च, रेडियो नेपाल, वी.वी.सी. नेपाली सेवाहरूलाई लिन सकिन्छ । कवि सुब्बाले एउटै पुस्तकाकार कृतिबाट नेपाली कविताको विकासमा दह्रो पाइला चालेका छन् । उनको यो पाइलाले एकपछि अर्को गति लिंदै जाओस् । सिर्जनाका बान्कीहरूले नयाँ-नयाँ आयाम थप्दै जाउन् । खास गरेर सुनाखरी जस्तै बनेर पहाडी रनवनमा विचरण गर्दै उनका सिर्जनाहरूले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरुन् । ‘जीवन मेरो शव्दकोशमा’ जस्तै बनेर उनको काव्यात्मक कोशको भण्डार खुलिरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.