शव्दचित्रः ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह विमोचन समारोह

(मिति- २०६५ मंसीर ६ गते, स्थान- कम्म्प्युटर बजारको कन्फरेन्स हल, समय- अपरान्ह २ बजे)

AUDIO 1 AUDIO 2

डा. कुमार कोइराला – उपस्थित साहित्यानुरागी सज्जनवृन्द, म यहाँहरूको ध्यान यतातिर आकर्षा गर्न चाहन्छु । आज हामी युवा कवि नवराज सुब्बाको कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर” को विमोचन कार्यक्रममा यहाँ उपस्थित भएका छौं । यस कार्यक्रममा यहाँहरूलाई अगाडी देखेर म अत्यन्त हर्षित भएको छु र म आफ्नोतर्फबाट यहाँहरूलाई अभिवादन टक्र्याउन चाहन्छु । र कार्यक्रम सुरु गर्न चाहन्छु ।
आज काठमाडौंको वातावरण अलि स्पष्ट नभएर अर्थात् वन्द भएर आगन्तुकहरूको उपस्थिति अलि न्यून छ । त्यो हाम्रो वशभन्दा वाहिरको कुरा हो । जति उपस्थित भएका छौं, अव त्यत्तिमैं अव हाम्रो कार्यक्रम सञ्चालन गर्न लागिरहेका छौं । र यो कार्यक्रम अलि चाँडो सुरु हुनुपर्दथ्यो, वाहिरको वातावरणको कारणले समयमैं सुरु गर्न सकेनौं । यसका लागि म क्षमाप्रार्थी छु । अब आजको कार्यक्रम म सुरु गर्न चाहन्छु ।
जुनसुकै कार्यक्रमको पनि एउटा औपचारिक कार्यक्रममा एउटा सभापतिको आवश्यकता हुन्छ नै । तर्सथ म आजको कार्यक्रमको सभापतित्व गरिदिन हुन डा. तुलसी भट्टर्राईज्यूलाई सादर निमन्त्रण गर्दछु । (तालि बज्छ) त्यसपछि, कार्यक्रमको प्रमुख आतिथ्यका लागि म प्रसिद्ध कवि वैरागी काइँलाज्यूलाई म मञ्चमा निमन्त्रण गर्दछु । -तालि बज्छ) अब.. यो कृति जुन आज विमोचित हुँदैछ त्यसकोबारेमा समीक्षा गर्ने विशिष्ठ अतिथीहरू हुनुहुन्छ । सर्वप्रथम म डा. गोविन्दराज भट्टर्राईज्यूलाई मञ्चमा निम्त्याउँछु । त्यस्तै डा.बेञ्जु शर्माज्यूलाई पनि म मञ्चमा निमन्त्रण गर्दछु । र कवितासङग्रहका र्सजक नवराज सुब्बाज्यूलाई पनि माथि आएर आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु ।
यसपछि हाम्रा मञ्चस्थ विशिष्ठ महानुभवहरूलाई पुष्पगुच्छाद्वारा स्वागत गरिदिन हुन श्रीमति चञ्चला सुब्बा र सरला सुब्बालाई म मञ्चमा बोलाउँछु । (मञ्चस्थ महानुभावहरूलाई पुष्पगुच्छा प्रदान गरिन्छ)
धन्यवाद ! एउटा कुरा म सबैमा निवेदन गर्न चाहन्छु । नवराज सुब्बाकी सहधर्मिणी चञ्चला सुब्बा पनि यहाँ हुनुहुन्छ । यो पनि हाम्रो लागि खुशीको कुरा हो । म वहाँलाई अग्रासनमा बसिदिन हुन अनुरोध गर्दछु । हाम्रो कार्यक्रम वास्तवमा अलि ढिलो सुरु भएकाले यसलाई छोटो पारेर सिद्याउन खोजिरहेका छौं । किनभने समय पनि त्यस्तै छ । र यो स्वागत मन्तव्यको कार्यक्रम छ । यो स्वागत मन्तव्य पनि म आफै नै गरिरहेको छु । र यहाँ जुन कविताप्रेमी, साहित्यप्रेमी, महिला तथा सज्जनवृन्द उपस्थित हुनुहुन्छ म वहाँहरूलाई हार्दिक स्वागत गर्दछु । यो कार्यक्रममा तपाईहरूको जुन यो अमूल्य उपस्थिति छ यसले हामी अत्यन्त उत्साहित भएका छौं । यो कार्यक्रम लगभग एक घण्टा समयको हुनेछ । यहाँहरू यो एक घण्टाको समयमा युवाकवि तथा अहिलेका कवितालेखनमा सरल र सुन्दर कविता लेख्ने कवि नवराज सुब्बाको कृतिमाथि हामी एक किसिमको अन्तरक्रिया पनि भन्दछु म त्यसलाई एकघण्टा समय दिऔं । फेरि पनि म यहाँहरूलाई हार्दिक हार्दिक हार्दिक स्वागत गर्दै मेरो मन्तव्य अन्त गर्दछु । -(तालि बज्छ)
अब आजको हाम्रो आकर्षाको केन्द्र भनेकै कृति विमोचन हो । कृति विमोचनका लागि म आजका प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँलाज्यूलाई म अनुरोध गर्दछु । र सघाउनका लागि कवि नवराज सुब्बालाई पनि अनुरोध गर्दछु । (कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ विमोचित हुन्छ, तालि बज्छ, तस्वीर खिचिन्छन्)
धन्यवाद ! आजका प्रमुख अतिथीज्यूले आजको प्रमुख कार्य सम्पन्न गर्नु भएको छ । अब म यस पछिका कार्यक्रमतिर लाग्दछु । मलाई के भनिएको छ भने बोल्नेहरूलाई पनि अलि छिटो बोल्ने पार्नु नत्र दर्शकहरूलाई अलि अप्ठेरो पर्ला भनेर मलाई सिकाइ सकिएको छ । (दर्शकमाझ अलिअलि हाँसो चल्छ) अब म कवितासङ्ग्रहका सर्जकलाई नै निम्त्याउँदै छु । वहाँले यो कवितासङ्ग्रह कसरी रच्नु भयो, वहाँका रचनागर्भ र रचनाधर्मिताका बारेमा बताई दिन हुन र कवितासङ्ग्रहभित्रबाट आफूलाई मन परेको एउटा कविता वाचन गरिदिन हुन अनुरोध गर्दछु ।
नवराज सुब्बा- नमस्कार ! पुस्तक विमोचन समारोहका आदरणीय सभापतिज्यू, नेपाली वाङ्मयका खासगरि लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरूको अगाडी नेपाली साहित्य जगतलाई डोर्‍याइरहनु भएका हाम्रा अग्रज वरिष्ठ कवि वैरागी काइँलाज्यू, नेपाली वाङ्मयमा हाल उत्तरआधुनिक चेतनाको स्वरलाई प्रज्वलित पार्दै देशविदेश नभनिकन अनवरत जुटिरहनु भएका हाम्रा अग्रज, समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टर्राईज्यू, नेपाली वाङ्मयका प्रसिद्ध हस्थी डा. बेञ्जु शर्माज्यू, दर्शकदर्ीघामा बस्नुभएका विशिष्ठ साहित्यकार महानुभवहरू, र्सजकज्यूहरू, मैले मान्नुपर्ने सम्पूर्ण मान्यजनहरूमा म नवराज सुब्बा यहाँहरूको न्यानो अभिवादन गर्न चाहन्छु ।
र मलाई उद्घोषकज्यूले भन्नु भएका कुराहरू र यसका रचनागर्भका कुराहरू पनि राखिदिने आशयको मलाई आग्रह गर्नुभएको थियो । तर मैले यो मेरो प्रस्तुत कृति वा पुस्तक भनौं या कवितासङग्रहमा नै आफ्ना धेरै कुराहरू पृष्ठभूमि, रचनागर्भमा नै मेरो भन्नु उल्लेख गरिसकेको छु, ती भन्दा पनि बढी मेरा आफ्ना रचनाहरूमैं मैले बोलिसकेको छु जस्तो मलाई लाग्छ । जुन पुस्तक यहाँहरू सामु केही समयमा उपलब्ध हुनेछ ।
यो काठमाडौंको साहित्यिक मञ्चमा पहिलो पटक एक र्सजकको हैसियतले उभिएको छु । हुन त विराटनगर अथवा मोरङ, झापा अर्थात् पर्ूवाञ्चलका विभिन्न साहित्यिक मञ्चहरूमा त्यहाँका साहित्यकर्मीहरूसंग उठ्वस् गरेता पनि काठमाडौंमा चाहिँ प्रत्यक्ष रूपमा, भौतिक रूपमा भेटघाट नहुँदा खेरि कताकता आफूलाई पनि अधूरो भए जस्तो र केही अझै बाँकी रहेजस्तो मलाई अनुभव भयो । मेरा अग्रज तथा शुभचिन्तकहरूले पनि एकपटक काठमाडौंको मञ्चमा तपाईले देखा पर्दा राम्रो हुन्छ भन्ने किसिमको सुझावसल्लाहलाई पनि शिरोपर गरेर आज वरिष्ठ साहित्यकार तथा अग्रजहरूका अगाडी उभिएर हाम्रा विशिष्ठ साहित्यकारहरूकै वीचमा बसेर आफ्ना कुराहरू राख्न अर्थात् आफ्नो अनुहार देखाउनकै लागि म उभिएको हुँ कि जस्तो लागिरहेछ । वास्तवमा मेरो आशय के हो भने मैले आफ्ना रचनाहरू विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषण गरें, आफ्ना तस्वीरहरू इण्टरनेटमा पनि राखियो । तर यत्तिले मात्र पनि पूरा हुँदैन रहेछ । मान्छेले मान्छेलाई भौतिक रूपमा पनि छुन आवश्यक छ, भेट्न आवश्यक छ भन्ने कुराको कमी महसूस मैले गरेको थिएँ, जो मैलै आज पूरा गरें । यस अर्थमा यस अवसरमा म गद्गद् भएको छु ।
खास गरि यो काठमाडौंको व्यस्त समय त्यसमा पनि अति व्यस्त हाम्रा साहित्यकारहरू जो आ-आफ्नो कार्यक्षेत्रमा हुनुहुन्छ, यो समय निकाल्न सकिएला कि नसकिएला फेरि यो अहिलेको वन्द आव्हान तथा अनिश्चितता ले गर्दा पनि मलाई कताकता यहाँहरूलाई निम्तो गर्न अप्ठेरो महसूस भएको थियो । तर यहाँहरूले जुन किसिमले सहज र सप्रेमपर्ूवक उपस्थिति जनाई दिनु भएको छ त्यसको लागि यहाँहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।
भनिन्छ, र्सजकहरू अनौपचारिक सांसदहरू हुन् जसले यस्ता आवाजहरू पनि बोक्नर्ुपर्छ जुन आवाजहरू सडकमा पनि आउन बाँकी छन् सदनमा पनि पुग्न बाँकी नै होलान् । त्यस्ता आवाजहरूलाई पनि र्सजकहरूले उठाउनुपर्छ भन्ने एकजना विद्वानको उक्तिलाई मैले पनि पछ्याउने प्रयास गरेको छु । मेरो लेखनको अभ्रि्राय पनि यही हो । सबै र्सजकका उत्कृष्ट कृतिहरू पढेर नै म प्रभावित भएँ । धेरै कुराहरू उहाँहरूले लेखिसक्नु भएको छ त्यही कुराहरू पढेर पनि केही लेखियो होला । त्यसमा छुटेका थप केही आवाज र आग्रह जसलाई एउटा मूलधारमा ल्याउन अझै वाँकी छ कि ! यी कुराहरूलाई राखे राम्रो होला कि ! भनेर मैले मेरो कवितासङ्ग्रह यहाँहरूसमक्ष राखेको हुँ ।
अन्तमा, यहाँहरू सबैलाई उपस्थितिको लागि पुनः धन्यवाद दिदैं, मेरो एउटा कविता ‘सतीढुङ्गानेर अरुण’ यहाँहरू समक्ष राख्तै यो कविताको समाप्तिसँगै मेरो यो मन्तव्य पनि टुङ्ग्याउन चाहन्छु ।
सतीढुङ्गानेर अरूण

म अरुण !
बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !
सर्वाङ्ग भइ सबै
आँखा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू !

डम्फू आआफ्नो छ
ताल, सुर अलग छ
झन्डा, डन्डाका छाल उर्लेको छ
सतीढुङ्गामा चढ्न उक्साउँदै छन् मलामी
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छे
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म अरुण एकछिन रोकिएको छु !
सरगम नमिलेर
घरीघरी अल्मलिन्छन् मलामी
कहिले हेर्छन खरानी बग्ने खोलातिर
हेर्छन् कहिले धूवाँ उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म !
सती जाने र मलामीको हुल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा छु
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मक्किएको छु, छट्पटिएको छु
म अरुण !
धन्यवाद !
(तालि बज्छ)
डा. कुमार कोइराला- धन्यवाद कविजी मलाई त म एकछिन् कहाँ छु भन्ने पनि विर्सेछु, कविता श्रवण गर्दागर्दै । उहाँ नवराजजीलाई मैले कस्तो हुनुहुन्छ भनेर चिनाइरहनु पर्दैन, र अरुले भनिरहनु पनि पर्दैन, उहाँका स्वयम् कविताहरू नै बोल्छन् र एउटा कविताले बोल्यो कि उहाँ कस्तो हुनुहुन्छ । उहाँ पाठकहरूसँग पुगिसक्नु भएको छ । त्यसका लागि पनि म उहाँलाई फेरि धन्यवाद दिन चाहन्छु । अव म यस पछि आज विमोचित कृतिका विषयमा आफ्नो मन्तव्य राखिदिन हुन आजका विशिष्ठ अतिथी डा. बेञ्जु शर्माज्यूलाई म हार्दिक आमन्त्रण गर्दछु ।
डा.बेञ्जु शर्मा- यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथीज्यू, विशिष्ठ अतिथीज्यू, र विमोचित कृति कवितासङ्ग्रहका कवि नवराज सुब्बाज्यू !
नवराज सुब्बाको यो ‘वीच बाटोमा व्यूँझेर’ कविताको बारेमा केही २/४ शव्द बोल्नको लागि मलाई अवसर दिनु भएकोमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु । हुन त म समालोचक होइन, समालोचना मेरो क्षेत्र पनि होइन र म जान्दिन । म एउटा कवि भएको हैसियतले यो कविता पढ्दा खेरिमा मलाई कस्तो खालको प्रभाव पर्‍यो त्यो कुरालाई छोटकरीमा भन्न चाहन्छु ।
यो वीच बाटोमा व्यूँझेर कवितासङ्ग्रह नवराजजीले २०६३ सालको भित्रमा रचना गर्नुभएको रहेछ । यो पढेर नै म अलिकति आर्श्चर्यचकित भएँ कि उहाँमा कति उर्जा रहेछ ! यो देशको पीडाले उहाँ यति प्रताडित हुनुहुँदो रहेछ कि एकसाल भरिमा एउटा ठूलो मोटो सङ्ग्रह नै तयार गर्न सफल हुनु भएको छ । यो संगालो भित्रका कविता हर्ेदा खेरिमा आफ्नै देशभित्रका विषयवस्तुहरूलाई उहाँले लिनुभएको छ त्यसमै केन्द्रीत हुनुहुन्छ । त्यो कुरा उहाँको भूमिकाले पनि आत्मस्वीकृती जनाएको देखिन्छ । देशमा जुन राजनीतिक अस्थिरता अर्थात् संक्रमणकाल २०६३ सालको जुन पीडा थियो त्यो बेला देश शान्तिसम्झौताको संघारमा थियो । त्यस्तै गरेर केही आशाहरू थिए केही केही त्राशहरू थिए केही भयहरू थिए । राजसंस्थालाई पाखा लगाएर हटाउने स्थितिको सिर्जना पनि भइरहेको थियो । तर हटिसकेको भने थिएन । यस्तो एउटा संक्रमणकालीन अवस्थाको चित्रण यी कविताहरूमा हामी देख्न पाउँछौं । देशले नयाँ व्यवस्था खोजिरहेको छ । पुरानोहरू भत्किसकेको छैन । सीमांतीकृत एउटा समूहहरूको आवाजहरू बुलन्द भइरहेको छ । यस्तो अवस्थामा उहाँले यो सङ्ग्रहको रचना गर्नुभएको छ । यी कविताहरूमा यिनै कुराहरू पाइन्छन् ।
सीमांतकृतहरूका आवाजहरू, पहाडमा बसोबास गर्नेहरूका पीडाहरू, दुःखहरू, र त्यसैगरेर द्वन्द्वले पीडित देशको अवस्थाहरू यी सब कुराहरू यी कविताहरूमा पाइन्छन् । र एउटा युगबोधले त ज्वलन्त उदाहरण यी कविताहरू छन् । उहाँले एउटा राउटेको कविता पनि लेख्नुभएको छ । त्यो राउटेको कवितामा उहाँले राउटे जुन अवस्थामा थियो त्यही अवस्थामा बसिरहेको भन्नुभएको छ तर के छ भने राउटेहरूले पनि आवाज उठाइरहेको अवस्था छ अहिले । यहाँ नेताहरूलाई आएर भेट्ने उनीहरूले पनि आफ्नो हक र अधिकारको सुरक्षित गर्नुपर्छ भनेर त्यो चेतना उनीहरूमा पनि आइसकेको अवस्था छ । र ती राउटेको बारेमा पनि उहाँले कविता लेख्नुभएको छ । यो कविताको भूमिकामा डा.भट्टर्राईले भन्नुभएको छ- यी समयका टड्कारा आवाजहरू हुन् । साँच्ची नै यी सम्पूर्ण कवितारू पढ्दा यस्तो लाग्छ कि त्यो समयहरूको पीडाहरू छ छट्पटीहरू छ र समयको एकदम् वुलन्द शैली कवितामा हामी देख्न पाउँछौं । नवराजजी एउटा समाजशास्त्र, मानवशास्त्रको पनि विद्यार्थी भएको नाताले उहाँको दृष्टिकोणले यी कविताहरूमा पनि ती दृष्टिकोणहरू व्यक्त भएका छन् । र त्यसै गरेर उहाँले एउटा सीमांतकृत वर्गको पीडाको जुन कविता छ ‘सतारको संबोधन’ भन्ने एउटा कविता छ संग्रहभित्र । यो कविता पढ्दा हृदय विदीर्ण हुन्छ । आफ्नै देशको एउटा भाई जो विदेशिनु पर्ने वाध्यताले पीडित छ जो आदिवासी हो जसको यो भूमिमा पूर्ण अधिकार छ तर ऊ मेची नदी तरेर विदेशिन्छ । यो पढ्दा खेरिमा उसको जुन स्थिति छ जनसाधारणले बाँच्न नसक्ने र जो सत्तामा पुगेका छन् सत्तामा पुगेकाहरूले एउटा ब्रम्हलूट नै भनौं त्यही नै स्थिति छ । र अरु बाहिर बस्नेहरूको सारै नै नाजुक स्थिति छ । यो पढ्दाखेरिमा म धेरै नै भावुक भएँ । कि अहिले पनि हाम्रा देशका थुप्रै नागरिकहरू विदेशिरहेका छन् । यहाँ गासको व्यवस्था छैन वासको व्यवस्था छैन । आर्थिक स्थितिको यो अवस्था छ । नयाँ जेनेरेसन जति छ यो यत्ति छट्पटीमा छ यति प्रताडीत छ फलस्वरुप धमाधम विदेशिदै छ । अहिले पनि स्थति यथावत छ । सतार मात्र होइन सतारजस्ता थुप्रै नेपालीहरू विदेशिरहेका छन् । र मलाई यसैबखत भिमनिधि तिवारीज्यूको एउटा पुरानो कविताको याद आउँछ । यत्ति युगको फरक अन्तरालमा पनि कुनै परिवर्तन हाम्रो देशमा आइसकेको रहेनछ ।
कस्तो घरमा जन्म भयो जहाँ गुणको पहिचान छैन
कागसित उठेर काम गर्दा पनि एक पेटको गुजरान छैन
कुकुर बिराला गधा खच्चर डकारि डकारि हिडिरहेछन्
अमृत झार्न गाईलाई दानाको नाम निसान छैन ।
यो अवस्था छ आज । यो अवस्था बौद्धिक वर्गको पनि हो । सम्पूर्ण नेपालीको अवस्था पनि हो यो । र हो सतारको पनि जो मेचीपुल काटेर विदेशिन्छ, जान्छ । यो विदेशिने क्रम अझै छ घटेको छैन । त्यसै गरेर यी सीमांतकृत जातिहरू जो राउटेको बारेमा अघि मैले भनें । त्यसै गरेर सतारको बारेमा भयो । त्यसै गरेर उहाँले कमलरी भन्ने एउटा कविता छ । त्यो के छ भने बन्धकीमा जीवन बिताउन बाध्य थारुको जीवन्त व्यथा छ । एउटा छोरी छ त्यसलाई घरकामकाजमा माघ महिनादेखि पठाउने एउटा चलन छ उनीहरू थारुहरूको । त्यसको पीडालाई उहाँले अनुभूत गरेर लेख्नुभएको छ । यस्तै गरेर बोक्सीप्रथाका अर्थात् बोक्सीको आरोप लगाइएको एउटा आरोप छ । त्यसै गरेर अछूतहरूको बारेमा लेख्नुभएको छ । भारी बोक्नेहरूको पीडा छ गधाजस्तो बन्नु पर्‍यो भारी बोक्नेहरूलाई । गाउँmमा जेनतेन गाडी पनि आइपुग्छ सबैथोक माल चाहि आइपुग्छ तर किन्ने पैसा हातमा हुँदैन त्यो असन्तोष भन्ने कवितामा । यसरी गाडी र सामान आए पनि त्यो किन्नसक्ने क्षमता जनतामा छैन र त्यहाँ ब्रेक लाग्छ । यसरी त्यहाँ विभिन्न किसिमका व्यक्तिहरूको पीडाको अभिव्यक्ति मैले त्यहाँ पाएँ । र कहिलेकाहीँ यी कविताहरू पढ्दापढ्दै मलाई कताकता कस्तो लाग्यो भने कतै यो प्रोज पोएटि्र जस्तो देखिन्छ । जुन अहिले आधुनिक प्रोज पोयटि्र लेख्ने चलन चलिरहेको छ त्यस्तो खालको पनि आभास मिल्छ यी कविताहरूमा ।
त्यस्तै गरेर उहाँले कुष्ठरोगीको बारेमा पनि लेख्नु भएको छ । कुष्ठरोगी बस मेरो कवितामा भन्नुभा’छ । कुष्ठरोगी जो परिवारबाट निकालिन्छ घरबाट निकालिन्छ सबैतिरबाट उ बहिस्कृत हुन्छ । त्यसले कविको हृदयमा ठेस लाग्न पुग्छ । कविको कोमलतामा । कवि भनेको एउटा कोमलताको पर्याय हो भन्छन् र त्यही उहाँको हृदयमा ठेस लाग्छ र उहाँ भन्नुहुन्छ -तिमीलाई घरले निकाले पनि परिवारले निकाले पनि तिमी मेरो कवितामा आएर बस । भनेर भन्नु भा’छ । यसरी एउटा थिचोमिचो अन्याय अत्याचार कविले सहन सक्दैन कुनै पनि कविले सहन सक्दैन । अहिले जतिपनि समसामयिक सङ्ग्रहहरू निस्केका छन् ती सङ्ग्रहहरूमा यी आवाजहरू ज्वलन्त रुपमा निस्किरहेका छन् । र यी पीडाहरू नवराजीको यो कवितासङग्रहमा पनि छ । कवितामा युद्धका पीडाहरू पनि छन् जस्तो हालका कविताहरूमा पाइन्छन् । जत्ति कविहरूले लेखिरहेका छन् त्यो सप्पै भित्रको पीडा अहिलेको एउटा युगबोध एउटै नै देखिएको छ ।
एउटा उहाँको कविता छ आफ्नै घरभित्र । त्यो कविता पनि त्यत्तिकै मार्मिक छ । आफ्नो घर आफैलाई बिरानो भएको छ । घरहरूमा बाबुआमाहरू छैनन् अब त्यहाँ बाबुआमा गुमाएका बालबच्चाहरू छन् मृत्युलाई कुरिरहेकी बूढिआमा छन् नचल्ने ढिकीजाँतो छ । त्यसै गरेर खेतीबारी छैन । चौतारी छैन । दशवर्षो युद्धले घरघरमा पारेको प्रभावलाई कविले बडा जीवन्त रूपमा व्यक्त गर्नुभएको छ । अब के छन् त घरमा भन्दाखेरि सहिदको फोटो मात्रै टाँसिएको छ । यस्तो किसिमले अहिलेको जुन पीडाहरू हो त्यसलाई जुन पनि कवितामा व्यक्त गर्नुभएको छ ।
अर्को छ नालीको चिठी भन्ने कविता । अलिकति व्यङ्ग्यात्मक कविताहरू पनि छन् । नेता फेरिन्छन् नाक छोपेर हिँड्नु पर्ने स्थिति छ नाली गन्हाइरहेको छ । त्यो नालीलाई कविले देशसंग तुलना गर्नु भएको छ । देशको स्थिति चाहिँ नालीजस्तो छ । यो गन्हाएर नाक छोपेर हिँड्नु पर्ने स्थिति कहिले पनि सिद्धिएन । मात्र नेताहरू मात्र फेरिए भनेर कविले नालीको वर्णन गरेर लेख्नुभएको छ । यो पनि अति नै छुने कविता छ । म सम्पूर्ण होइन केही कविताको मात्र चर्चा गर्दैछु ।
त्यसै गरेर अर्को कविता छ चीर प्रतिक्षित यौवन । जसलाई हामी नायक भन्छौं ती नायकहरू कतै खलनायक त होइनन् भन्ने कुराहरू उहाँले लेख्नु भएको छ ।
अनगिन्ति खलनायकहरूसित हैरान भएर
नायक खोज्दछन् दर्शकहरू रंगमञ्चमा ।
यसरी हामीले जे सोचिरहेछौं त्यो कुराहरूलाई उहाँले कवितामा व्यक्त गरिदिनु भएको छ । सबैले साचेका छन् सबैले यी कुराहरू अनुभूत गरेका छन् । तर उहाँले ती कविताहरूमा सारै मीठो पाराले व्यक्त गर्नुभएको छ ।
त्यसै गरेर उहाँका कविताहरूमा एउटा लिम्बू धर्मको संस्कृतिको पनि चर्चा भएको छ । त्यस्ता उपमा र प्रतीकहरू उहाँले कवितामा प्रयोग गर्नुभएको छ । कति त म बुझ्दा पनि बुझ्दा रैनछु । म लिम्बू संस्कृती र शव्दहरूसित परिचित पनि छैन । जस्तो तागेरानिङ्वाफूमा यिनी लिम्बू जातिकी प्रमुखदेवी रहिछन् । यस्ता शव्दावलीको अर्थ फुटनोटमा दिइएको छ । जसले गर्दा बुझ्नलाई सजिलो हुन्छ । यसरी एउटा लिम्बूको धर्म, संस्कृति र भाषाको प्रयोग भएको छ ।
यस्तै गरेर अर्को कविता छ मेरो पहाड । यसमा पहाडी जीवनको धान रोपेको, बस्तुवाख्रा चराएको एउटा दुःखहरूको वर्णन छ । उहाँका कवितामा के छन् भने, उहाँका कविता र अरूका कवितामा फरक पनि छ । अहिलेका समसामयिक कविहरू जस्तो कि वियोगी बुढाथोकीको म गोपाल अर्थात् गोपालहरू भन्ने कविता संग्रह छ, त्यस्तै एस्पी कोइरालाको निर्वस्त्र नगरी कवितासङ्ग्रह जस्ता अरू पनि थुप्रै सङग्रह र कविहरू हुनुहुन्छ सबै नाम अहिले याद भएन । ती सबैमा यी कविताहरूमा द्वन्द्वका पीडा एउटै एउटै छन् । तर केही कुरा चाहिँ यसमा अलि फरक छ ।
त्यसै गरेर कठघरामा उभिएर कविता छ जसमा उहाँ प्रथम हुनु भएको रहेछ बेलायत स्थित नेपाली साहित्य मञ्चद्वारा आयोजित प्रथम अनलाईन वेभक्याम विश्व कविता प्रतियोगितामा । जसमा उहाँले २७ देशका १०३ कविताहरूमा पहिलो भएर जित्नु भएको रहेछ । यो कविता पनि त्यत्तिकै राम्रो छ । उहाँका कविताहरूमा के छ भन्देखि आमाप्रतिको एउटा श्रद्धा, मातृप्रति प्रेम पनि कतिपय कवितामा प्रकट भएको छ । यसबाट लाग्छ कि अहिले जुन नयाँ किसिमको सभ्यता भनौं कि असभ्यता विकसित भइरहेछ पुराना पुस्तालाई हेला गर्ने जुन पुस्ता आज पीडा भोगिरहेछ । तर त्यसो नभएर उहाँले पुराना पुस्तालाई माया र श्रद्धा गरेको देखिन्छ । श्रद्धाभाव उहाँले व्यक्त गर्नुभएको छ । यसबाट के थाहा हुन्छ भने नवराजजीले यो भत्किन लागेको संस्कृतिको सुरक्षा गरिरहनु भएको जस्तो मलाई लाग्यो । यी आभारप्रतिको श्रद्धा जसरी व्यक्त गर्नुभयो त्यसबाट मलाई त्यस्तो लाग्यो ।
अब निष्कर्षा भन्नु पर्दा, नवराजजी र अहिलेका समसायिक कविहरूमा मैले के पाएँ भने, यद्यपि द्वन्द्वको पीडा सबैमा एकै हो, देशको पीडा पनि एउटै हो, यहाँको राजनीतिको पीडा पनि एकै नै छ कविताहरूमा । तर नवराजजीका कवितामा फरक के पाएँ भने यो सीमांतकृतहरूको पीडा जुन छ त्यो चाहीँ उहाँका कविताहरूमा मैले पाएँ । र पहाडी जीवनको दुःख अनि भोगाई जुन छ त्यो पनि अलग्ग खालको पाएँ । त्यस्तै लिम्बू संस्कृतिको प्रभाव जुन कविताहरूमा छन् त्यो पनि उनका कवितामा अलग्गै पाराका छन् । अरू कविबाट उनलाई छुट्टै एउटा स्थान दिने कुराहरू यिनै हुन् भन्ने मलाई लाग्दछ ।
एकवर्षभत्रमा यत्ति ठूलो सङग्रह तयार गर्नु त्यो आँट मैले त आँक्नै सकिन ! एकवर्षो समयावधिमा त्यत्रो कविता लेखेको देखेर म त स्तव्ध नै भएँ । अझ पनि उहाँको कलम अझ तिखारिँदै जाओस् । र यस्तै कविताहरू आगामी दिनहरूमा पनि पढ्न पाउँ भन्ने शुभकामना व्यक्त गर्दै वक्तव्य टुङ्ग्याउँछु । धन्यवाद ! -तालि बज्दछ)
कुमार कोइराला – डा.बेञ्जु शर्मा दिदीलाई धन्यवाद । उहाँले म आफू समालोचक होइन भन्नुभयो । ज्यादै सटिक, गम्भीर र विस्तृत समीक्षा गर्नुभयो । अब हाम्रो समय १५/२० मिनेट मात्र बाँकी छ । यसपछि म डा.गोविन्दराज भट्टर्राईजीलाई आफ्नो मन्तव्यको लागि निम्त्याउँछु ।
डा.गोविन्दराज भट्टराइ – धन्यवाद छ कुमारसर । आदरणीय अग्रजहरू, श्री बैरागी काइँलाज्यू, डा.तुलसी भट्टर्राईज्यू, डा.बेञ्जु शर्माज्यू, लेखक प्रिय भाई नवराज सुब्बाज्यू, अगाडी रहनु भएका विशिष्ठजन, साहित्यप्रेमी साहित्यकर्मी साथीहरू !
अब धेरै छैन, अघि कुमारसरले पनि भन्नुभयो समय थोरै छ । म छोटकरीमा बोल्न चाहन्छु । सबैभन्दा पहिला त यो कवितासङ्ग्रहको निर्माणको क्रममा म पनि अलिकति उहाँसँग जोडिएको थिएँ । उहाँको दर्ुइतीन वर्षचारवर्षो प्रगति उहाँको सिर्जनासँग म परिचित रहेको थिएँ । र यसलाई निकै परिष्कार गरेर उहाँले प्रकाशित गर्नुभएको छ । यसको प्रकाशन कृति हर्ेदा पनि राम्रो कलेवर निर्माणकर्ता डिजाइन गर्ने सुन्दर वस्नेतज्यू यहीँ पछाडी हुनुहुन्छ टाइम्स क्रियशनका भाई । यसको प्रकाशन मोर्डन बुक्सले यो राम्रो किताव निकालेको छ एउटा पठनीय सङ्ग्रह । यसमा गर्नुपर्ने समालोचकीय मन्तव्य डा.बेञ्जु शर्माले गर्नुभयो । ती भन्दा नौला कुरा मेरा छैनन् । तैपनि अलिकति राख्तैछु । धेरैजसो कविता अतीतलाई सम्झेर पहाडको दुःख आफ्नो वाल्यकाल आमा आदि । पहाडको पृष्ठभूमि बाँकी मधेसको पर्ूवाञ्चललाई उहाँले उतार्नुभएको छ । वाल्यकाल र अतीत उहाँको एउटा शक्तिकेन्द्र हो । अतीतस्मरण अर्थात् नोस्ट्याल्जिया नवराजका सिर्जनाको एक अत्यन्तै उर्वरस्रोत हो एउटा शक्तिकेन्द्र पनि । यस थिममा लेखिएका मेरो पहाड, आएँ गुरुजी आएँ, आमाको तिर्सना, कठघरामा उभिएर, अगेनो, सतीढुङ्गानरेर अरुणजस्ता कविता प्रस्तुत सङ्ग्रहभित्रका मास्टरपिस नै गनिन्छन् । ती बेजोड छन् ! ती साँच्चै बेजोड छन् । पहाडको सम्झना बोकेर हिँड्नेहरूलाई ती कविताले सुन्दर अतीततर्फ पुर्‍याइरहन्छन् । एकवर्षपहिले मैले नवराजका यी कविता पढेको थिएँ, यसपालि फेरि पढ्दा मलाई नयाँपनको अनुभव भयो । नवराजको मेरो पहाड पढ्दा मनमा एउटा उदासीन रिक्तता कराउँछ, रित्तो ओडार जसरी । केवल एउटा परित्यक्त अतीत छ त्यहाँ सम्झना टाँसिएको- वर्तमानरहीत, भविष्यरहीत । भरखरै म संखुवासभा पुगेर आएँ । त्यहाँ एउटा साहित्यिक कार्यक्रम भयो । त्यहाबाट अन्यतिर गएका, काठमाडौं तिर आएकाहरूको त्यहाँ नाममात्र सम्झन्छन् । चालिसवर्षभयो कोही फर्केर आएन । हामी साहित्यमा उठ्न सकेनौं भनेर रुन खोज्छन् । र पहाड भविश्यरहीत र वर्तमानरहीत जस्तो भएर गएको छ । शिक्षितहरू सबै बाहिर निस्केका छन् । त्यस्तो कुरा नवराजजीको कवितामा छन् । सुखको खोजीमा, साले पहाड में क्या है लेख्ने मीनबहादुर बिष्टका पात्रले जस्तै, सदीयौँदेखि ती सारा तल झरे, टाढा पुगे, पहाड रित्याए फर्केर कोही गएन । एउटा सुन्दर संस्कृति रित्तो सुसाएर कहालिँदै छ त्यहाँ । एउटा सुन्दर प्रकृति फुङ्ग उडिरहेछ दिनदिनै त्यहाँ । असाध्य दुःख छोडेर टाढा पुगेको, सुखको खोजीमा भौँतारिएको पात्र आज झन् दुःखले डुबेको छ । मीनबहादुरको वीसवर्षपछि कवि बोल्छन्-
उक्लेर म
सम्झनाको पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडी आएँ भन्थेँ
त्यो त सँगै पो आएछ मसँगै टाँसिएर
अनुहारमै यो अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त मेरो यो आँखामा ।
त्यस्तै छ उनको अर्को कविता- आएँ गुरुजी आएँ । यी कवितामा आफ्ना जन्मथलाका सम्झनाले कवि हुरुक्क हुन्छन् । तर मानिसले ती अनर्ुवर एवम् सीमान्तीकृत प्रदेशहरू छोड्नुपर्ने बाध्यता, टाढा निस्कनुपर्ने विवशता छन् । सम्झना छ उनिएको खीलजस्तै मनभित्र बिझिरहेको । एउटा कल्पनालोकमा नाङ्गखोल्याङको पहिरो र हाङपाङ अनि तल बग्ने तमरसँगसँगै उनिएका छन्, तर मन टाढा कतै यन्त्रसँगै पुगेको छ । कति छुने छन् यी सरल शब्द र विम्बात्मक कथा यात्राको-
ऊ… त्यो…जुरुक्कै उठ्ने छाल
तम्बरको छाल जस्तै छ
आस र लास उन्दै आउने भेल
ठ्याक्कै उस्तै छ
नाङखोल्याङ पहिरो नाच्दै आएछ
पँधेरो जाने गाग्री पनि
नदीले सँगै बगाएर ल्याएछ
घरै छेउमा सधैँ बल्झिरहने
एउटा पहिरो थियो
ऊ पनि मिसिएर झरेछ
मलाई खोज्दै ।
अतीततिर मन पुग्दा कवि आफ्नी आमा, बाल्यकालको परिवेश अनि अनेक सांस्कृतिक सम्पदालाई मनमा उन्न थाल्छन् । नाङ्गखोल्याङ, हाम्पाङ, साम्वागाउँ र तागेरा निङ्वाफुङमा,… अनि… जस्ता सांस्कृतिक चेतनाहरू । आफ्नो संस्कृतिसँग जोडिएका ध्वनि सङ्केत र मिथकीय अवशेष कविको मनमा खेलेको देख्ता मन बडो रसाएर आउँछ । कसरी आमा नानीलाई भूतप्रेत नलागोस् भन्थिन्, कसरी छोरो सधैँ आमाको काखमा सुरक्षित हुन खोज्थ्यो । आज बर्र्सौं बिते त्यो सुरक्षा कतै छैन, त्यो प्रेम कतै छैन । आमाको सम्झना लिएर लेखिएका यति कोमल र मन छुने कविता नेपालीमा छैनन् । यो आमा सिरिजको कविता म संकलन गर्दैछु । यसमा एकनम्बरमा चाहिँ नवराजजीका छन् त्यस्तो किसिमको मन हल्लाउने उनका कविता छन् । मैले यहाँ अरु पनि आमा सिरिजका कविता उल्लेख गरेको छु ।
खै ! कस्तो भोकतिर्खा हो वा के लाग्छ
हरेक साँझ तिम्रो सारै पीर लाग्छ
आमा ! मलाई तिम्रो तिर्सना लाग्छ ।
यस्ता किसिमका चारपाँचओटा आमासिरिजका कविता छन् । हाम्रा कृष्णभूषण बलका पनि थिए अरुका पनि केही छन् तर नवराजजीलाई जित्ने आमा सिरिजका कविता छैनन् । आमा र छोराछोरीमा हुने अमर प्रेम र एउटा अटूट नाता, सबैलाई आफ्नी आमाको महानताले छोप्छ, तिनका पीर र चिन्ताहरू कति गहिरा रहेछन्, आँखैमा आउँछ । आमाको अर्को पनि सुन्दर कविता छ कठघरामा उभिएर । कवि आज सम्झिन्छन, आमाको अर्को परिभाषा छैन, अरू कसैलाई म मेरी आमा भन्दिनँ । जहिले पनि, जति टाढा पुगे जतिसुकै कष्टमा पनि, जुनसुकै ढुङ्गामा ठेस लाग्दा पनि म तिम्रै नाम लिन्छु । यो त सबैका जीवनको कविता हो-
तिमी जहाँ छौ, म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छयौ
हृदयमा मुस्कुराइरहेकी छयौ आमा !
तिमी मेरो आत्मा झैं अमर छयौ ।
कति सुन्दर, कति शक्तिशाली कविता रचेका नवराजले । यो शक्ति अत्यन्तै मौलिक र उच्चकोटिको छ । उनका मेरो पहाड र बूढीकन्याको गन्थन जस्ता कविता पनि त्यत्तिकै शक्तिशाली छन् । अतीतस्मृतिसँग जोडिएका उनका अत्यन्त सुन्दर कवितामा अगेनो पनि पर्दछ । यहाँ आमा, अगेनो, सोते र आगो फुकाइका विम्ब छन् । जीवन सधैँ आगो फुक्न लीन, चुलो बाल्न मुस्किल छ तर छोड्नु भएन ।
कतिन्जेल चेपिनु
भोक र आगोबीच
म अझै त्यहीँ छु
उही अगेनोछेउ !
अर्को अत्यन्तै कलात्मक, एउटा प्राचीन विम्बले निर्मित कविता छ सतीढुङ्गानेर अरूण । म पनि यसपालि त्यहीँ पुगें । त्यो हेरेर आउन पाएँ । तर नवराजीलाई कविता आयो तर मलाई कुनै भाव उत्पन्न हुन सकेन । यस्तो पनि हुँदो रहेछ । यो एउटा उत्कृष्ट सिर्जना हो । यसमा सतीढुङ्गाले एउटा मिथकीय अतीतको स्मरण गराउँछ- नेपालमा सतीप्रथा डरलाग्दो अन्धविश्वास, हजारौँ आत्मा जिउँदै जलाइएको दृश्य र दर्शक मलामीहरू । यहाँ अरूण आपैँm मानवीकृत छ, बगेर सतीढुङ्गामा पुग्दा सती जानेको होड देखेर, अरुण आफै अल्मलिएको छ । अन्यमनस्क छ, अनिणिर्त अनि अचम्मित पनि छ । एउटा भयप्रद परम्परा- योगमायाको कथा, उनीसँग हाम्फाल्नेको कथा अझै पुरानो भइसकेको छैन । कस्तो सुन्दर, कलात्मक अभिव्यक्ति बोकेर टुङ्गिन्छ यो कविता-
सती जाने र मलामीको हूल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मकिएको छु छट्पटिएको छु
म अरुण !
यी कविता शाश्वत विषयका छन्, प्रत्येक मानवलाई छुने छन् । अति सरल भएर पनि यति गम्भीर दर्शन बोलिरहेका यस्ता कविता नवराजका अमर सिर्जना हुन् । बूढीकन्याको गन्थन कति सटीक र मर्मान्तक छ, आख्यानात्मक शैलीमा रचित यस कवितामा बूढीकन्याको आत्मालाप पढ्दा लाग्छ म कुनै जीवन्त पात्रको भत्केको मन हेरिरहेको छु । जीवन प्रतीक्षामा र र्व्यर्थमा बित्यो, अन्त्यमा ऊ बोल्छे-
अझै मेरो-
ओठमा मुस्कान फक्रेको छैन
कोखबाट केही जन्मेको छैन ।
यस्तै कविता छन् र उनको सवभन्दा डरलाग्दो चाहिँ अघि भनेजस्तै समयको बहुत् टड्कारो एउटा चित्र छ । पाचछ ओटा जाति जनजातिको जीवनशैलीलाई लिएर अहिलेको अवस्थालाई लिएर राजनीतिक पिछडिएकोपना सीमांतकृत एउटा किनारिएको जीवनलाई लिएर लेखिएका कविता वडा सुन्दर, शक्ति भएका छन् । एउटा राउटे देखि लिएर उता सतारसम्वन्धी शक्तिशाली कविता छन् । अरू पहाडका, अवशेषका, मधेशका, दुःखका र सवभन्दा टड्कारो गरि युद्धकालका भएकाले समयको कालखण्डको एउटा टड्कारो चित्र नवराजका कवितामा छन् । यी कविताले अरू शक्ति प्राप्त गरुन् काठमाडौंबाट फैलिएर । म यही कामना गर्दछु र आज यहीँ रोकिन्छु । धन्यवाद ! -तालि बज्छ)
डा. कुमार कोइराला – धन्यवाद गोविन्दसर, अत्यन्त गम्भीर कुराहरू हामीलाई सुनाउनु भयो । र कविताको सुन्दरतामा हामीलाई लानुभो । अब… अघि मैले श्रोताहरूलाई ठगेको थिएँ । समय चाहिँ अझै १५ मिनेट जति बाँकी छ । आजको प्रमुख अतिथी…
(दर्शकदीर्घामा आवाज सुनिन्छ । साहित्यकार यज्ञनिधि दाहालज्यूले केही बोल्ने अनुमतिको लागि समय माग्नुहुन्छ र समय प्रदान गरेपछि अगाडी माइकमा आई आफ्नो प्रतिक्रिया यसरी राख्नुहुन्छ।)
यज्ञनिधि दाहाल- गालि नगर्दिनु होला । दर्ुइ मिनेट समय लिन चाहन्छु । त्यो भन्दा बढी समय कटाएछु भने बाझ्नुहोला । औपचारिकतामा म जान्न । नम्बर १, कविताको धुकधुकीलाई कविताको कम्पनलाई छोडेर हामी जति कुरा गरिरहेछौं खासगरि गोविन्दसर म तपाईतिर फर्किएँ, जस्तो अरुणको सतीढुङ्गाको कुरा रह्यो टक्क रोकिएको अरुणसंग आजको नेपाली जनजीवन नेपाली राजनीति नेपालीहरूको हैशियत घुमेको पानी जस्तो भएको छ छैन हर्ेन आवश्यक छ कि छैन गोविन्दसर – नम्बर २ अब हामी यो शास्त्रीयतावादी आधारबाट जसरी माहात्य रोपेर बाला भर्दछौं यसरी कविताको व्याख्या हुँदैन काँलदाजु -वैरागी काँइलातर्फफर्केर) । त्यसकारण कविताको कम्पन छोएर जानुपर्‍यो दिदी -डा.वेञ्जु शर्मातर्फफर्केर) । कविताको कम्पनको वारेमा नवराजीको र्सर्भेयालिज्ममा अत्यन्तै उपल्लो हदका कविता आत्महत्या गर्न अघि भन्ने कविता जुन यस अघिको जीवन मेरो शव्दकोशमा कवितासङग्रहमा छ त्यसले भेट गराएको हो उहाँसित मलाई । त्यसकारणले हाम्रो चुङ्वा दोभान भन्छु म खगेन्द्र यक्सो नामको कुमारशील कल्पनाशील व्यक्ति मार्फ् जो एकजना भित्रैदेखिको पालामसंस्कृतिदेखि हर्ुर्केका छन् । दिदीले नढाँटीकन भन्नुभयो म लिम्बूसंस्कृति बुझ्दिन भन्ने राम्रो कुरा त्यसको लागि धन्यवाद तर हामीले उहाँहरूको आग्रह तथा प्रस्ताव गरेको कुरा तपाईहरूले याद गर्नुभो भएन त्यो मूलधारमा ल्याइनु आवश्यक छ । यो खेलाची होइन । पालम संस्कृतिलाई हामीले पढ्नै पर्‍यो । यो समाजशास्त्र मात्र भएर तेल लगाएको ढाडमाथिको पानी जस्तो गरेर हिँडेर मात्र हुँदैन । त्यो आत्महत्या गर्न अघि भन्ने जुन मैले अगाडी उल्लेख गरेको जुन कविता छ त्यो कवितासंग गाँसिएको जुन नेपाली आत्महत्या नेपालको एक एक गरिवीसंगको यो अगेनोमा भन्ने कविता जुन मैले भरखरै ७७ ओटा कविता यहीँ पढें यसलाई जित्ने कविता छन् भने त्यसै अनुसार ल्याऔं छैनन् भने त्यसै अनुसार लैजाउँm । र अर्को कुरा छ अब घुम्ने मेचमाथि बसको कवि र सडककविको वीचमा टाउको र गिँडको छिनोफानो हुन आवश्यक छ । कवितालाई जताभावी गरेर यो शास्त्रीयताको आधारबाट हर्ेर्नु हुदैन अब यो महेन्द्रको युग होइन अब पृथ्वीनारायणको युग पनि होइन । हो भने सोझै सडकको युग हो । दर्ुइ मिनेटभन्दा बढी भए क्षमा पाउँm ।) -तालि बज्छ)
डा. कुमार कोइराला – धन्यवाद श्रोताका तर्फाट बोलिदिनु भएकामा । अब म आफ्नो मन्तव्य राखिदिन हुन वरिष्ठ कवि वैरागी काइँलाज्यूलाई अनुरोध गर्दछु ।
बैरागी काइँला – ‘बीच बाटोमा ब्यूँझेर’ कविता विमोचन समारोहका सभापतिज्यू डा. तुलसी भट्टर्राई, डा. बेञ्जु शर्मा, डा. गोविन्दराज भट्टर्राई, र कविताका स्रष्ठा नवराज सुब्बाज्यू, उपस्थित साहित्यकार तथा कवि मित्रहरू र अन्य दाजुभाई दिदीबहिनीहरू !
कुरा कहाँबाट थालौं होला भन्दै थिएँ, अलिकति सजिलो हाम्रो दाहाल भाई -यज्ञनिधि दाहाल) ले बनाई हाल्नु भयो । आखिरी माँझ किरातको हावा खाँदै हुर्किनुभो, धुलोमुलोमा लड्दैपड्दै हुर्किनु भएको हो । कुरा धेरै सहज भयो । वास्तवमा कविता शास्त्रीयताले मात्र जाँच्ने पनि होइन होला, हिजोआज धेरै परिवर्तन आइसक्यो । अब कुरा कसरी थालौं, एउटा लिम्बूले अर्थात लिम्बू कविले लेखेको कवितामा अर्को लिम्बू कवि प्रमुख अतिथी भएर विमोचित गर्‍यो । तै म अर्कै लिम्बू कविको प्रसंग राखेर आफ्नो कुरा थाल्छु ।
निकै वर्षअगाडी होला आठदश वर्षभो कि ! एकचोटी निकै ठूलो तामझामसँग विक्रम सुब्बाले आफ्नो कविताको विमोचन गराए होटल हिमालयमा । उनको कविता संग्रह पढेपछि एउटा अर्कै खालको टोन फक्कैले भन्ने एउटा शैली देखेपछि मैले आफ्नो भनाई राख्दा भनेँ- अब नेपाली साहित्यमा नेपाली भाषालाई माध्यम बनाएर लेख्ने गैरनेपाली मातृभाषीहरूको कविता बुझ्न, पढ्नको लागि एउटा नयाँ किसिमको समालोचना पद्धतिको विकास गर्न आवश्यक भयो होला । त्यो चाहिँ एउटा इथ्नोक्रिटिसिज्म भन्दा पनि हुन्छ कि भनेर मैले भनेकोमा पछि एउटा प्रसिद्ध समालोचकले भन्नु भयो- कुरा चाहिँ ठिक छ तर अलि विखण्डन-विखण्डन जस्तो कुरा आउँछ भन्नुभो । तर हाम्रो मुलुकमा राजनीतिक तवरले अहिले सबैको कुरा गर्नुपर्छ भन्ने दिनहरू आयो । राजनीतिक तवरले यो बहुलता श्वीकार गरियो, नसकेको एउटै हो साँस्कृतिक तवरले हामीले यसलाई स्वीकार गरिहाल्न सकेका छैनौं । र यसको प्रतिध्वनि अहिले राजनीतिक नेतृत्व तहमा पनि कताकता घन्किरहेको हामी देख्छौं ।
त्यसो त हामीले १२/१५ वर्षअघिका कुरा गर्‍यौं भने नेपाली कवितामा लेवनान दुख्थ्यो, भियतनाम दुख्थ्यो, प्यालेष्टाइन दुख्थ्यो, इजरायल दुख्थ्यो, तर नेपालको कुनै भाग दुखेको थिएन । २०४६ सालको जनआन्दोलनले ल्याएको एउटा सहभागितातिरको उन्मुखता भएको एउटा राजनीतिक परिपाटीले चाहिँ सबैले आफ्नो वरिपरि हर्ेन थाले । उनीहरूले रुकुम देखे, रोल्पा देखे, अग्रतलवको चन्द्रौटादेखि बारा पर्सा सबैतिर देख्न थालियो । पर्ूवको लिम्वूवान, पश्चिमको मगरात, हिमाल, तर्राई प्रदेश सबै देखिसके पछि, हाम्रो दृष्टि मलाई लाग्छ, त्यसले विखण्डित भएको छैन बरु फाँटिलो भयो, फाँटिलो दृष्टिले देखिएको हो । देखिएका कुराहरू बाहेक पारिएका हुँदैनन् सबै हाम्रै हुन् भनेर हेरिएको हुन्छ । र मुलुकमा आएको राजनैतिक परिवर्तनसँगै विश्वमा आएको जो विविधखाले परिवर्तनहरू छ त्यसको असर नजानिकन पनि नपढिकन पनि हाम्रो जीउमा पर्नु स्वभाविकै हो ।
हाम्रो मानिसहरूले अक्षर जान्या छैन, पढ्न जान्या छैन, चिन्तन जान्या छैन, खायो फ्याँक्यो । चलायो फ्याँक्यो । यो उपभोक्ताको सँस्कृतिसँग त अभ्यस्त भइसकियो । यूज एण्ड थ्रो, अ फास्ट फूड, सप्पै अभ्यस्त भइसकियो । अव त त्यत्ति सिरियसनेस पनि सबै कुरामा देखिदैंन । आ चलेगा टाइपको फिल एण्ड फर्गेट यस्ता किसिमका कता कता आइसकेको छ र यसको प्रतिध्वनि साहित्यमा पर्नु स्वभाविकै हो । परे होला तर सवैभन्दा बढी परेका चाहिँ अघि पनि सुरुमा कुरा आयो वास्ता नगरिएका, हिजोआज हाम्रा समालोचकहरू भन्नुहुन्छ, जस्तै डा.गोविन्दराजजीहरू, एउटा समाजान्तरणको कुरा, मार्जिनलाइज्डहरूका कुरा, यो आउनु पर्ने हो । यो विषयले प्रवेश पाउनु पर्ने हो नेपाली साहित्यको मूलधार र मूलधारलाई हाँक्ने स्रष्टाहरूमा ।
केही अगाडी निकै वर्षअगाडी मलाई त्यसै गफसफमा सोधे, म त साहित्यिक सिद्धान्तकार पनि होइन, अवको हाम्रो साहित्यिक मनोवृत्ति कता छ त – कता ढल्कियो – के हो त हाम्रो नयाँ टेन्डेन्सी – के हो त भोली चर्चा हुने कुरा – भोलि चर्चा हुने कुरा मैले देखेको दुइतीन ओटा कुराहरू । दलितहरू, जो पददलित छन्, आदिवासी जनजातिका विषयहरू छन्, आधा आकाश ढाक्ने महिलाको विषयहरू छन् । यी कुराहरूको अव साहित्यमा चर्चा हुन्छ । अरू लेखिन्छन्, राम्रो होला तर चर्चाको शिखरमा आउँदैन किनभने सोझो अहिलेको सरोकारसँग ती कुराहरूले मेल नखालान् । यी कुराहरू त्यसै मनमा आयो तर के हो भने हामीले सुनिराखेको कुरा चाहिँ के हो भने विश्व अव एउटा भयो । भयो होला । मल्टिनेशनल अव सबैतिर आयो, भयो होला । भूगोल नजितिकनै पनि वुद्धि र विवेकमा आक्रमण गरेर वुद्धि र विवेकमा वलशालीहरूले हामीलाई अधीनस्त गरे होलान् । हामी ग्लोवलाइज्ड भयौं होला तर साथसाथमा एउटा कुरा हामीले नेपाली समाजको सर्न्दर्भमा नविर्सनु पर्ने कुरा के हो भने, जति बढी हाम्रो समाजमा ग्लोवलाइजेशनको कुरा आयो उत्ति नै बढी हाम्रोमा लोकलाइजेशनको पनि कुरा छ । अर्थात् पहिचानको व्यग्रता,आइडेनटिटि पलिटिक्सको कुराहरू छ ।
नेपाली भाषा मातृभाषा नभएका गुरुङ, मगर, राइ,  लिम्बू नेवार याक्खा राइ, थारू वा अन्य जातिले लेखेको कविता र साहित्यको कुरा हामीले अध्ययन गर्‍यो भने यो पहिचानको व्यग्रता आफूलाई वास्ता नगरिएकोप्रति चिन्ता र आक्रोश, सीमादेखि उतापट्ट धकेल्न प्रयत्न गरिएकोप्रति प्रतिरोध हामी देख्छौं । शायद नेपाली साहित्यले चर्चा गर्नुपर्ने सबैभन्दा बढी वहस गरिनु पर्ने विषयहरू यिनै हुन् । फरक यत्ति हो यी कुराहरूले एउटा सँयम्मा रहोस्, यी कुराहरूको एउटा अराजकतातिर उन्मुख नहोस् भन्ने कुराहरू हो ।
तर मलाई मजा लागेको चाहिँ के हो भने सुरु देखि नै यस विषयमा र यो धारका लेखकहरूलाई बाटो देखाउने कुरामा कुरा हुँदा डा. गोविन्दराज भट्टर्राईसँग मेरो कुरा भा’थ्यो र वहाँले सवैभन्दा वढ्ता चर्चा गरिदिएर एउटा संयमतापूर्वक आफ्ना सारा दुःख, दर्द, प्रतिकार, विरोध आक्रोश व्यक्त गर्ने क्षमता विकास गर्न उनले सघाएका छन् । र मलाई त लाग्छ, यो पद्वी दिँदा वहाँ रिसाउनु हुन्छ होला, यिनै आदिवासी जनजाति समुदायबाट आउने नेपाली स्रष्टाहरूका गुरु शुक्राचार्य ! अनार्यका गुरु हुन् उनी ।
वास्तवमा, एउटा पीडा छ हाम्रो मुलुकमा, यो पीडालाई जवसम्म हामी नेपाली साहित्यको विषयवस्तु मान्दैनौं, नेपाली साहित्यले पर्ूण्ा रूपमा नेपाली समाजलाई प्रतिविम्व गर्न सक्तैन भन्ने कुरा हामीले बुझ्नुपर्दछ । र जुन साहित्यले नेपाली साहित्यलाई समग्रमा प्रतिविम्व गर्न सक्तैन, सहि अर्थमा नेपाली साहित्य हो भनि हाल्नुपर्ने अवस्था आउँदैन । त्यसकारण हाल आएर धेरै कविहरूले लेखिराखेका छन् धेरै राम्रा कविता । आफ्ना भाव, पीडा, वेदना र समसामयिक विषयमा चाहिँ हामी भन्छौ नि, एउटा रेस्पन्स आफ्नो गाउँm आफ्नोपन गर्ने, प्रतिक्रिया जनाउने, अभिव्यक्तिका साथ आफ्ना पाखा, आफ्नो खोल्सा, आफ्नो गाउँmको नाम समेतलाई समेट्दै यी पददलित यी बाहेक पारिएका जात जातिका विषयमा कलम चलाउनुभो नवराज सुब्बाले पनि । राम्रा कुरा उहाँका कविताको अघि डा.बेञ्जु शर्मा, डा. गोविन्दराज भट्टर्राईले बोलिसक्नुभो । र उहाँले भूमिकामा अझ राम्रा कुरा लेखिदिनु भा’छ ।
मलाई त एउटा खुशी के लागेको छ भने, स्वभावैले वडो लज्जालु जस्तो लाग्यो वहाँ नवराजजीलाई उग्र कुरा गर्न नसक्ने नै होला उहाँले । झ्वाँक्किएर लेख्न नसक्ने नै होला उहाँले । तर विस्तारै भनिएका कुरा पनि त्यो भित्र कुरोको चुरो छ भने मनमा लाग्दा निक्कै तोडले लाग्दछ । र उहाँको शैली बडो सरल छ । सबै सरल कुरा नराम्रा हुँदैनन् र सबै सरल कुरा हल्का हुदैनन् । सबै जटिल कुरा वा जटिल संरचनामा लेखिएका कविताहरू राम्रा हुँदैनन् । बुझ्नु पर्ने कति रैछ भने सरलतापूर्वक लेख्न गाह्रो हुँदो रैछ । तपाईहरू यहाँ भाषाशास्त्री हुनुहुन्छ, सिकाउने प्राध्यापकहरू यहाँ हुनुहुन्छ । तपाईहरू आफै, विद्यार्थीको त कुरै छोडौं, दशओटा वाक्य खुरुखुरु सिम्पल सेन्टेन्स लेख्नुपर्‍यो भने पसिना आउला, तीनघण्टा लाग्ला तर मुख्य कुरा मैले आफूले कविता लेख्ताखेरिको अनुभव देखेको, मान्छेले जतिसुकै जटिल वाक्यको संयोजनमा लेखे पनि व्यक्त गर्छ भन्ने कुरामा स्रष्टा प्रष्ट छ भने शव्दहरू त डिक्सनरीबाट पल्टाएर हर्ेदा त्यो सवैकुरा सरल हुन्छ । त्यस्तै सरलतामा पुग्नु भनेको विचारमा परिपक्वताले पुगिने कुरा हो । मनमा इमान्दारी छ निष्ठा छ भने भनिने कुरा सरल भनिने कुरालाई बोक्ने भाषाको माध्यम पनि सरल हुने नै भो ।
यसो भनेर म आफ्नो कुराको अन्तमा यो कितावमा कतै प्राध्यापक बालकृष्ण पोखरेलको सानो भनाई पनि छ एउटा मार्मिक कुरा, निकै म्याचर्ुड भएर लेखेपछि लेखिएका कुराहरू धेरै सरलतापूर्वक भनिँदा पनि गम्भीर हुन्छन् भनेर उहाँले लेख्नुभो । वास्तवमा १२/१४ वर्षी एउटी किशोरीले वच्चालाई जन्म दिइन् र अर्की २०/२२ का युवतिले जन्म दिइन भने जन्म पाउने शिशुको स्वास्थ्य निश्चय नै पछिल्लो युवतिको गर्भबाट जन्म पाउने शिशु बलियो र र्सभाइभ गर्ने खालको हुन्छ । त्यस्तै हो, मेरो अनुभव, मैले त केटाकेटीमा होहोरीमा लेखें, अहिले कतिवटा कृति त मैले लेखेको हैन भन्छु म अरूलाई, अहँ यो होला भनेर टारिदिन्छु । (दर्शकदीर्घामा हाँसो गुञ्जन्छ)… तर परिपक्वतासँगै व्यक्त गरिएका प्रयोग गरिएका भाषाहरू त्यसमा मेरै हो भनेर छाती फुकाएर सवैको अगाडी भन्दाखेरि पनि गर्वै लाग्ने भाषा प्रयोग गरेका हुन्छौं । र उहाँले खै मैले थाहा नपाएर होला हाल मात्रै लेख्तै गरेको देख्दैछु ५/६ वर्षअगाडी उहाँको एउटा कितावमा भूमिका मैले लेखें, यसपछाडी मात्रै उहाँको यो लेखनीको बाढ चलेको त भन्दिन तर सिर्जना र प्रकाशन दुवै क्षेत्रमा उहाँले अत्यधिक योगदान गरिरहनुभा’छ ।
यसो हेर्दा स्रष्टाहरूमा नवराज सुब्बा त एक जना एउटा आइर्सबर्ग थिए कि क्या हो ! जस्तो, अलिअलि मात्र मुण्टो देखिने ! मान्छे त कत्ति गहिरो रै’छ र’ैछ समुन्द्रभित्र । यसो हुनाले मलाई के विश्वास छ भने उहाँको स्वभाव जति सरल छ भाषा त्यत्ति नै सरल छ, शायद जीवन जिउने शैली पनि उत्तिकै सामान्य र सहज होला । र यी कुराहरू सहितले व्यक्त हुन सकेको भाषामा काव्यात्मक अनुभूति निश्चय पनि नेपाली साहित्यको लागि अमूल्य निधि हुनेछ । र नेपाली साहित्यमा उहाँको यो योगदान जारी रहोस् मेरो पनि यही शुभकामना प्रकट गर्दै यहाँहरूसँग विदा हुन्छु । धन्यवाद !
डा. कुमार कोइराला – दाजु वैरागी काइँलालाई धन्यवाद । उहाँले ज्यादै उँचाइका ज्यादै गम्भीर कुरा गर्नुभो । मलाई चाहिँ कस्तो लाग्यो भने त्यो अग्लो डाँडालाई हर्ेन अग्लै डाँडा चाहिन्छ । एउटा हाइटको कविले नै अर्को कविलाई देख्दछ र त्यसको हाइट पत्ता लगाउँछ । यो ज्यादै राम्रो कुरा हो । वैरागी काइँलादाईबाट हामीले त्यही कुरा थाहा पायौं । अब हामी कार्यक्रमको अन्त्यमा आइपुग्यौं । अब आजका सभापतिलाई आफ्नो मन्तव्य सहित आजको सभा विर्सजन गरिदिन हुन अनुरोध गर्दछु र यहाँबाट ओझेल हुन्छु धन्यवाद !)
डा. तुलसी भट्टराइ – प्रमुख अतिथीज्यू, आजका समीक्षकद्वय डा.गोविन्दराज भट्टराइतथा डा.बेञ्जु शर्मा, लेखक स्रष्टा नवराजजी !
हुन त मैले आज प्रस्तुत गर्नका लागि दर्ुइतीन पेजको सामग्री बनाएको थिएँ तर अहिलेको स्थिति अर्थात् समयलाई हेर्दै अनि मैले बोल्नुपर्ने कुराहरू पनि अघि बोल्ने वक्ताहरूले बोले पछि त्यतै बिलिन भएर गए । त्यसैले फेरि दोहोर्‍याएर यहाँहरूको समय किन लिने ! र म उहाँकै एउटा कविताबाट सुरु गर्छु सानो सामग्रीमा टुङ्ग्याउँछु ।
यो हाकिम
कस्तो हाकिम ?
खै, हामीसित तास खेल्दैन
बेलाबेला बसेर तान्दैन
गफ पनि त्यत्ति गर्दैन
काम काम मात्र भन्छ
कतै अलगढलग गर्दैन
कम्प्युटरमा के के लेखिरहन्छ
त्यो पाटी पनि हैन भन्छ
खै, राजनीति नै गर्दिनँ भन्छ
हाकिम खत्तम छ ।
यो कविता पढेपछि मलाई कस्तो लाग्यो भने उहाँ कर्मचारी हुनुहुदो रहेछ । कर्मचारीहरूले उहाँप्रति गरेको टिप्पणी हेरें अनि मैले पनि यसो विचार गरें र यसरी लेखें । वीच बाटोमा व्यूँझेर कुराकानी, छलफल गर्न हामीलाई एक ठाउँमा भेला पार्छ त्यो हाकिम । कठघरामा उभिएर मेरो पहाड भन्दै सतारको सम्बोधन गर्छ आएँ गुरुजी आएँ भन्दै आमाको तिर्सनामा कुद्छ । दूबो बोकेर बूढीकन्याको गन्थन पनि गर्न भ्याउँछ त्यो हाकिम । तर सधैं सन्तोषसंगै राजमार्गको यात्रा गरिरहन्छ । एकलव्यको खुशी जस्तै छ आजको समुदाय । के गर्नु र नयाँ नेपाल भन्दै कुद्ने झुसिलकीराले द्विविधा पारिसकेका छन् यतिखेर । हो तिमीले कविता उम्रेका बेला कम्प्यूटरमा सेभ गर्न खोज्छौ लोडसेडिङको मार बेहोर्दै भए पनि । अतीतको पराजित प्रेममा भुल्दारहेछौ तिमी । पर्खार्इमा बसेर संगीत भर्दछौ तिमी कस्तो हाकिम तिमी – विहानीसित कम्लहरीका कुरा पनि गर्दारहेछौ । मन्दिरमा, रङ्गमञ्चमा र आफ्नै घरभित्र पनि राम्ररी पाइला चाल्न जान्नुपर्छ है । सडकवत्तीमा अखवार पढ्ने बानी परेका तिमी, तिमीले घाममा पनि भ्रान्ति फेला पार्दा रहेछौ । भगवानसंग प्रश्न गरेर के हुन्छ – छट्पटी हट्दैन । क्रान्तिको मूल्य पनि सपनामा मात्र भेटिने भो । बरु श्रद्धाञ्जलीसँगै गालीसरार बगाऔं यही नै कल्याणपथ हो । यो हाकिम कम्प्यूटरमा के के लेखिरहन्छ र त जीवन मेरो शव्दकोशमा पुस्तक तयार पार्छ मनको मझेरी निवन्ध तयार पार्छ । विभिन्न मानसम्मान र पुरस्कार पाउँछ । कर्मचारीसँग बसेर तान्ने तास खेल्ने गफ गर्ने भए यस हाकिम समाजका दलित शोषित पीडित अपहेलित पीडा अन्याय शोषण विकृति विसंगतिबारेमा कलम चलाउने नै थिएनन् । कलम नचलेको भए कम्प्यूटरमा बस्ने नै थिएन । प्रजातन्त्र र मानव अधिकारका बारेमा वकालत पनि गर्ने थिएन । अनि नविनता र मार्जिनलता साथ राम्रा कविताहरू लेख्ने पनि थिएन यस हाकिमले । भनौं प्रतिभाशाली, प्रभावशाली र शक्तिशाली कवि भनेर यसरी भन्न पनि पाउने थिएनौं यस हाकिमलाई । कर्मचारीले आफ्नो हाकिमलाई पाटी नलागेको भनेर खत्तम ठानेको यो हाकिम अर्थात् नवराज सुब्बालाई विदेशी भट्टका अधीनमा रहेका पशुपतिनाथले आशिर्वाद दिउन् भनेर बालकृष्ण पोखरेलले पनि भन्ने थिएनन् । यो पनि भन्न भ्याएका छन् । यी कोमल काँडा र सुन्दर फूलका कुरा डा.गोविन्दराज भट्टर्राईले पनि भन्न भ्याउने थिएनन् । उनले पनि मौका पाउने थिएनन् । धन्य रहेछौ हाकिम तिमी । जसले जनस्वास्थ्य तथा समाजशास्त्रको आफ्नो कर्मक्षेत्रमा रहँदा पनि तिमीले साहित्यप्रति रुची राखेर यति उत्कृष्ट काव्यकृति पाठकसामु ल्याइदिएका छौ । सरल, सरस र सुवोध ढंगले कविता रचेर नेपाली काव्यभण्डारमा थपेका छौ । समाजमा नदेखिएका अँध्यारापाटाहरू उधिनेर कवितामा फैलाएका छौ । फेरि पनि तिमीलाई साधुवाद दिनुपर्ने हुन्छ । ति कर्मचारी पनि धन्य छन् जसले आफ्नो हाकिम आफुजस्तो नबन्दा खत्तम हाकिम ठान्यो । अनि नेपाली साहित्यमा चाहिँ उत्तम हाकिम बनेका छन् ।
अव, अन्तमा यो कार्यक्रममा यहाँहरू सबैले समय दिएर आइदिनु भयो । वास्तवमा नवराज सुब्बा हाक्पारे साम्लो केलाङ र पालाम्मा बाल्यकाल विताएका मान्छे जस्तो लाग्छ । त्यत्ति हुदाहुदै पनि अहिले कविता क्षेत्रमा खास गरि साहित्य क्षेत्रमा येबा१ भनौं वा फेदाङ्वा२ नै बनिसकेका छन् । साहित्यमा आधा दर्जन सुम्भुङ३ सुम्पेका छन् । साहित्यको चाङ तयार पार्दै पार्दै अब आएर मलाई के लागेको छ भने येम्बा४ बन्नेछन् । हामी उहाँलाई येम्बुखेनको रुपमा स्वागत गर्न पाउँला । यति भन्दै म यहाँहरूबाट विदा लिन्छु र प्रमुख अतिथी, विशिष्ठ अतिथीहरूलाई मायाको चिनो वितरण कार्यक्रम पछि सभा स्वतः विर्सजन हुनेछ । धन्यवाद ! -तालि लाग्छ)
(सभापति, प्रमुख अतिगी, विशिष्ठ अतिथी र पुस्तक आवरणकर्ता सुन्दर वस्नेत टाइम्स क्रियसनलाई मायाको चिनो प्रदान गरिन्छ) ।
सभा विर्सजन हुन्छ ।
नोट- लिम्बू शव्दावली र तिनका भावार्थः १.येबा = पंडीत, २.फेदाङबा = पंडीत, ३.सुम्भुङ = कोशेली, ४.येम्बा = ठूलो मान्छे ।
(प्रस्तुत आलेख ‘वीच बाटोमा ब्यूँझेर’ कवितासङग्रहको विमोचन समारोहमा सभापति, प्रमुख अतिथी, विशिष्ठ अतिथी तथा दर्शकहरूले दिनु भएको वक्तव्य तथा सभा संचालकको उद्घोषण समेतलाई लिपिवद्ध गरि प्रस्तुत गरिएको छ । सजीवता प्रदान गर्नका लागि बोलिएका बोलीलाई सम्पादन नगरीकन हुबहु लिपिबद्ध गरिएको र बीचबीचमा सभाको स्थितिको झलकलाई समेत शव्दमा टिप्ने प्रयत्न गर्दै पाठकसामू प्रस्तुत गरिएको छ – www.nrsubba.com.np)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.