‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’ (रश्मिशेखर)

रश्मिशेखर

शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति नरमाइलो छट्पटाइरहेको भेटिँदो रहेछ आफूलाई । आफूले साहित्य भन्नु जीवन नै रहेछ । अर्थात् जैविक क्रिडा । शव्द र भाषाको यो संसारमा रमाउने आदत भएपछि त्यसभित्रको सुख-दुःख, प्राप्ती-अप्राप्ती, सबै सबै नै सुन्दरताका प्रतीक बन्दा रहेछन् । त्यसैले नपढ्नु-नलेख्नु, नसुन्नु-नहेर्नुदेखि सधैं टाढा रहनु साहित्यिक जीवन र साहित्यिक सुखको कामना रहेछ । पछिल्लोपटक मैले पढिसिध्याएका कविताहरूमा भारतीय कवि अटलविहारी बाजपेयी (भारतीय पूर्वप्रधानमन्त्री) का कविताहरू थिए । साँच्चीकै शक्तिशाली कविताहरू । सरल शव्द, गहन भाव र विचार अनि कलाको प्रस्तुती जटिल अर्थबोध दिने जीवन्त कविताहरू । बोल्छन् –
अग्ला पहाडमा
रुखहरू हुदैनन्
बुट्टाहरू उम्रिदैनन्
न घाँस पात नै पलाउँछन्
जम्छ खाली हिउ
जो कात्रोझैं सेतो
र मृत्युझैं चिसो हुन्छ
खेल्दो खिल्खिलाउँदो नदी
जसको रुप धारण गरेर
आफ्नो भाग्यमाथि
थोपा थोपा रुन्छ ।

पढिसिध्याएर मैले आफ्नै पहिल्ला समयका प्रायोगिक कविताहरू पल्टाएँ । कतै म प्राविधिक बन्दै गइरहेको, जीवनलाई ज्यादै छोपेर प्रविधिले हराउन लागेको भैँm महसूस गरें । फेरि खोस्री हेरें -मेरो जीवन र जगतको अस्तित्व कवितामा । अनि झोक्किएर आफैसंग किन मैले जीवनलाई जीवन नलेखेर यन्त्र लेख्न थालेँ । यति सरल जीवनलाई जटिल देख्न थालेँ । मेरो अर्न्तर्द्वन्द्व चर्किदै गर्दा झ्याप्पै वत्ती गयो अर्थात् लोडसेडिङ । टेबुलमा मैनवत्ती बालेर मैले जीवनलाई हेरें । भूत, वर्तमान, भविष्य जताततै ‘लोडसेडिङ’ मात्र देखें । त्यही बेला लाग्यो हामी मुक्त छैनौं । हाम्रो जीवन प्रविधिदेखि मुक्त छैन । मैले आफूलाई मान्छे मात्र भेटाउन नसक्ने भएछु । खै त हामी बन्न सकेका । खै उज्यालिन सकेका आफै । लोडसेडिङले हाम्रो उज्यालो निभाइरहेछ । म यतिबेला बेलायतमा अध्ययन गरिरहेको मेरो कवि मित्र मुकुल दाहालको कविता कृति ‘सिमातित सिमान्त’ पनि सम्झिरहेछु –
ढोकामा ताला सोचमग्न छ
बुद्धलाई बन्द गर्नु हुन्छ कि हुँदैन ।

समयले हेरिरहेको दृष्य हो यो । एउटा कृति गाँसिएको छ यहाँसम्म आइपुग्दा । मैले वत्तीको मधुरो उज्यालोमा पढिरहेछु – कवि वैरागी काइँलाको भाषामा – एउटा आइर्सवर्गको सिर्जना अर्थात् कवि नवराज सुब्बाको कृति ‘बीच बाटोमा व्यूँझेर’ –
पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइला-साइलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड ।

कवि अर्थात् एउटा निर्बन्ध उडान । यही स्वतन्त्रताको मज्जा हुन्छ कवितामा । पलपलले छोइने, हरेक दृष्यले हेरिने, एउटा छुट्टै अनुभवको संसार बोकेर हिँडिरहेका यात्री हो कवि । वास्तवमा अनौंठो हुन्छ कविको सोचाइमा, हेराइमा, बुझाइमा यस्तै लाग्छ नवराज सुब्बाका कविताहरू भित्र छिर्दा । सरलताबाट छिरेर एउटा विकटता अथवा अप्ठेरो छिचोलेर निस्कुनु पर्छ पाठकले । हाम्रै जीवन, हाम्रै माटो, हामहिरू नै र हाम्रा भोगाइहरूका पोट्रेटहरू हुन् यी कविता । अँध्यारोसँग रिसाएको मान्छे झिसमिससँगै आँखामा उज्यालो लिएर र्फकन्छ यी कविता यात्रामा । सरलताभित्रको गहनता र भावुकता अनि उत्कृष्टता पढ्न र भेट्न पाइने उदाहरण नै हो यो कृति । समालोचक प्रा.डा. गोविन्दराज भट्टर्राईले भनेझैं ‘यी कोमल काँडा र सुन्दर फूलका कुरा’ नै हुन् ।
विकृति, विसंगति, अन्याय, अत्याचार, शोषण, उत्पीडनका कथाहरू नराम्रै मात्र अभिव्यक्त गर्न सकिन्छ भन्ने हाम्रो पुरानो लेखन शैली र सोंचलाई यी कविताहरूले सुझाव प्रस्तुत गरे झैं लाग्छ । कला साहित्यको गहना नै हो । राम्रो रंग संयोजन भएको तस्वीर सुन्दर लाग्छ । यो कविता कृति यस्तै छ । कवितामा बासना आउँछ अनि स्वाद पनि ।
एकदिन बगैँचाको
एउटा फूललाई
मैले सुटुक्क सोधेँ
रङ्गको स्वाद कस्तो हुन्छ ?
जवाफमा ऊ मुस्कुरायो
मैले फेरि सोधेँ
सुगन्धको आकार कस्तो हुन्छ ?
उसले मुन्टो फर्कायो पुतलीतिर ।

मैले प्रसंगवश उठाएको कवि बाजपेयीका कवितामाझैं सरलतामा उचाइँ भेटिन्छ नवराजको कविताभित्र । सबैखाले कविताहरूको संग्रह हो यो । तर, मानवीय संवेदनाको अत्यन्तै शिष्ठ र शालीन प्रयोगको प्रचुरताले यसलाई अन्तर हृदयको स्पर्श मान्नुपर्छ । व्यँग्यको गहन लेखन र सौहाद्रताको प्रयोगले फूलको झटारो हानेर विकृति ढाल्ने उनको स्वभाव इमान्दार देखियो – ‘मेरो राजनीतिभित्र’ –
खेल्दैछु बारीका झार
केलाउँदैछु मरुवा र खडेरीको षड्यन्त्र
गोड्दैछु भोक, रोगका जरा
तोड्दैछु एड्स र क्षयरोगको गठबन्धन !

वास्तवमैं हामी सधैंको आफ्नै बाँच्ने राजनीतिमा व्यस्त छौं जनता । माथि सदाबहार राजनीतिको खेती गर्नेहरू मौसमी भाषणको सपना बाँडिरहेका हुन्छन् । इतिहासदेखि भविष्यसम्म लोडसेसडङ नै मात्र देखिन थालेको समय चेतना व्याप्त छ वरिपरि । यो बेला कवि इमान्दारीकासाथ आफ्नै राजनीति गरिरहेका छन् – एड्स र क्षयरोगको गठबन्धन तोडिरहेछन् । जीवन मेरो शब्दकोशमा कवितासंग्रह र मनको मझेरी निबन्धस)ग्रह प्रकाशनमा ल्याइसकेका नवराजको यो पछिल्लो कृति नेपाली कविता फाँटमा थपिएको एउटा सुन्दर प्राप्ति हो । बधाई छ कविलाई निरन्तरताको कामनासहित । हेपिएका, छोपिएका र सीमांन्तकृतहरूको आवाजको ‘इका’ उनको कलमले सुनिरहोस् । अनि हाम्रो जीवनको लोडसेडिङ हटाउन यसरी नै जुरमुराइरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.