‘इनोसेन्ट’ हेराईले लोभिएका नवराज (हिमाल खरेल)

‘इनोसेन्ट’ हेराईले लोभिएका नवराज
हिमाल खरेल

बोल्दा पहिलो वाक्य नै अति गाह्रो लाग्ने पोल्याण्डकी कवयत्री विस्लाब सिम्र्बोस्काको जस्तै मेरो पनि हाल होला भन्ने भय भयो । म त झन् प्रश्न सोध्ने मुडमा छु । म अल्मलिएँ, ‘सुरुमा के सोधूँ -‘ सधैँ फिस्स मुस्कुराउने नवराज सुब्बा जवाफ दिन तयार भइसकेका थिए । ‘फष्ट इम्प्रेसन इज लाष्ट इम्प्रेसन’ चमत्कारिक प्रश्न के होला – ‘दाइको अतीत -‘ उनलाई कुनै पनि प्रश्नको उत्तर झ्वाट्ट आउँदैन, उनको सोच्ने बानी छ । उत्तरमा धेरै साहित्यिक, भावनात्मक शब्द घुसाउनु उनको विशेषता हो ।

४८ वर्षीय उनी दुई छोराका बाबु हुन् । श्रीमती चञ्चला श्रेष्ठ उनकी सहयात्री मात्र होइनन्, ‘पात्र’ पनि हुन् । ३७ सालमा हाङपाङ स्वास्थ्य चौकीमा जागिर खाँदा चञ्चला गाउँमै पढाउँथिइन् । कविता भनेर फकाएछन् नवराज सुब्बाले चञ्चलालाई । यसलाई उनी साहित्यको चमत्कार ठान्छन् । ‘गाउँका कार्यक्रमहरुमा बजाएको हार्मोनियम धूनको प्रभाव पनि हुनसक्छ’ उनले अनुमान लगाए पनि सोधेका चाहिँ छैनन् रे । नवराज सुब्बा जोडले हाँसे । ‘लभ म्यारिज’ साँच्चिकै घतलाग्दो रहेछ ।

उनको परिचय कविता, निबन्ध र गीत मात्रै होइन । उनी साहित्यमा बाँच्छन् । तर, उनी साइन्सका विद्यार्थी हुन् । अझ, ‘पब्लिक हेल्थ’ का । मध्यमवर्गीय हरेक नेपालीको एउटा गहिरो तिर्खा जन्मिन्छ-डाक्टर, इन्जिनियर आदि । वरिष्ठ जनस्वास्थ्य प्रशासक भएर पनि मिजासिलो, समानव्यवहार, शालीन उनका गुण हुन् । अरु थुप्रै छन् । हाङपाङबाट ताप्लेजुङ बजार आउँदा होस् वा सङ्खुवासभामा जागिरे हुँदा ‘आमा’ बारे उनले थुप्रै लेखेका छन् । जागिरे नवराज सुब्बाले भोटेनीको दृश्यलाई मार्मिक निबन्ध बनाएका छन् । सुनाए मनपर्ने रचनागर्भ, ‘आमाको प्रशंसा अप्रशंसनीय छ ।’

यौवनमा त्यो आमाप्रेमका झार झाँगिँदै कहाँकहाँ पुगे होलान् – मेरो प्रश्नको मूल ‘करतुत’ यही थियो, ‘के उनले कसैका लागि प्रेम-कविता लेखे -‘ उनले र्समाउँदै पुराना रहस्यका सन्दुक खोले । तर, उत्तर पूरै दर्शनतिर मोडियो – प्रेम साहित्यको केन्द्रबिन्दू हो । प्रेमबिना बाँच्न सकिन्न । अझै गाँसे ‘साहित्य लेख्न प्र्रेम हुनैपर्छ । अनि, कालान्तरमा साहित्य यसैले मादक पनि बन्छ ।’
उनलाई ‘रुटिनवर्क’ मनपर्छ । अनि असोज, कात्तिक र चैत-वैशाखको मौसम पनि । यो डिप्लोम्याटिक जवाफ भयो, तै । कोठाबाहिर लेख्न उनलाई मनपर्दैन । एकान्त झन् मनपर्छ रे । चिसो बतास । पात झरेर पलाउँदै गरेको वृक्षको दृश्य, जसले एकपटकमा कान र मन दुवै छुन्छ, अझै राम्रो लाग्छ रे । भीडमा पनि एक्लोपन ठानेर साहित्य लेख्ने, उनको गजबको एकान्तप्रेम बुझेपछि सोधेँ, ‘साहित्यमा ‘लोन्लीनेस्’ कत्तिको चाहिन्छ -‘ फेरि मुस्कुराउँदै उनले भने, ‘समुद्र हो साहित्य । त्यो शान्त, एक्लो हुन्छ, त्यहाँ असङ्ख्य जीववनस्पतिको जीवन हुन्छ ।’

राम्रो लेख्न अध्ययन जरुरी बुझेपछि उनले ५० को दशक पूरै पढे । आधुनिक नेपाली साहित्य त छिचोलेका छन् नै सँगसँगै नेपाली र जनस्वास्थ्यमा एमए पनि हुन् उनी । अनुभव र अध्ययनले सिकाएको पाठ पछिल्लो नेपाली साहित्यको कित्तामा झर्झराउदो भएर उभिएको छ । गोरखादक्षिणबाहु (२०४७), वाणी पुरस्कार (२०६३), विश्व अनलाइन कविता प्रतियोगिताका विजेता (२०६४), जयेन्द्र प्रसाई स्मृती पुरस्कार (२०६५) बाहेक दर्जनभन्दा बढी खुद्रा सम्मान र पुरस्कारले लेख्न ऊर्जा दिएको उनको तर्क छ । तर, आफूले लेखेको अरुले पढेर प्रतिक्रिया दिनु नै ठूलो सम्मान ठान्छन् नवराज सुब्बा ।

सधैँ मुस्कुराइरहने चित्रलाई दुखाउने के के होलान् – उनको ‘क्लु’ छ, ‘इच्छा पूरा नहुँदा म बढी दुःखी हुन्छु ।’ प्रेममा बिछोड भयो भने पनि पीडादायी नै हुन्छ रे । ‘टिनएज’ नसोधे पनि, लभमा बसेका जोडीलाई छुटाउनु दुःखद घटना हो, नवराज दाइको विश्लेषण । ‘कुनै काम गर्दा पनि मज्जा आएन भने, दुःख नै हो’, दुःखका परिभाषा नवराज सुब्बाका ।

उनी कलिलोमा गुलेली खुब चलाउँथे । जीबाले चरासँग खेल्न बनाइदिन्थे रे । ‘चरा मार्न चलाएको हो -‘ मैले सोधेँ । ‘होइन, होइन ।’ ‘अनि -‘ ‘मलाई चराको चिर्चिर मनपथ्र्यो’ दाइले जवाफ दिए । चरासँग रमाइरहन यसो गरेका होलान्, खै !

बिहान १० देखि साँझ ५ सम्म थुप्रै जनस्वास्थ्यकर्मीको ‘हाकिम’ बन्नैपर्छ । रहर होइन यो बाध्यता हो उनको । अनलाइनमा पोख्त उनी फर्सदमा कम्प्यूटरमा कविता लेख्छन् । बिदाको दिन त फर्सदैफर्सद । हिमाल, झरना, ओठ, फूल र गोरो छाला मात्र सुन्दर हुन कि होइनन् – ‘सुन्दर’ के होला – उनको कुरा यस्तो देखियो,’जसलाई देख्ता मन प्रसन्न हुन्छ, कल्पना गरेको पुग्छ, त्यही हो सुन्दर ।’
काठमाडौँ, कास्की, पाल्पा, मोरङ, अरु…….. – एकछिन बिर्से एनी वे, सबै जिल्लाका साहित्यकारको समस्या एउटै छ रे । यिनले थुपै्र साहित्यकार भेटेछन् । थरिथरि जिल्लाका थरिथरि कविहरु । तर, झापा साहित्यको उर्वर भूमि हो । उनलाई पनि यस्तै लागेको छ रे । ‘दार्जीलिङ्ग र पश्चिम बङ्गालसँग आउजाउ बाक्लै भएकाले पनि अरुभन्दा झापा सुगम छ’ नवराज सुब्बाको बुझाइ छ, ‘राजधानीसँगको ‘कन्ट्याक्ट’ पनि अर्को पक्ष हो ।’

‘कवि, प्रेमी र पागल एउटै हुन् -‘ उनी समाजबाट विमुख हुन साहित्य नलेखिने बताउँछन् । अनि माथिको त्रिपक्षीय तुलना लाञ्छना हो रे । ‘सफल साहित्यकार बन्न के गर्नुपर्छ -‘ प्रश्न आपसमा जेलिँदै गए । आफ्नो निजी विचार । जो कविता, गीत र निबन्धमा मात्र छरिन्छन् समेटेर भने, ‘दृष्टिकोण चाहिन्छ, परिवर्तन गर्ने क्षमता हुनुपर्छ ।’ के असफल साहित्यकारहरु यही कारणले पलायन भए त – ‘हुनसक्छ’, उनको सटिक उत्तर ।

कहिलेकाहीँ बाल्यकालको सम्झनाले ‘टच’ गर्ने भएकाले सङ्गीत सुन्छन् । उनलाई आफूले धाएको कविगोष्ठीको सङ्ख्यै ‘मालुम’ छैन रे । मैले दोहोर्याएँ, ‘प्रेम कसरी बस्यो रे दाइ -‘ घरिघरि यस्तो हुन्थ्यो – मैले के बुझिनँ भन्ने नै बुझ्दिनथेँ । प्रेमको गाँठो फुकाए उनले, ‘उनको -चञ्चला) सहजपन, उनको मप्रतिको समर्पित अनुहार र ‘इनोसेन्ट’ हेराइले मलाई लोभ्याएको थियो ।’ बीचमा इन्टरभ्यू एक्सिडेन्टमा पर्ला भन्ने पीर भयो ।
३०-३१ तिर रेडियो नेपालको ‘को भन्दा को कम’ बालकविता प्रतियोगितामा प्रथम हुँदा उनलाई अबचाहिँ असफल कहिल्यै नभइनेजस्तो लागेछ । १५ वर्षो नवराज सुब्बाले ताप्लेजुङको सरस्वती माविबाट जितेको त्यो ‘प्राइज’ को निरन्तरता पल्लव साहित्य सम्मान (२०६६) सम्म आइपुग्दा कायमै छ । उनलाई ‘यसैका लागि’ पर्खिरहेको थिएँ भन्ने पनि लाग्छ रे ।

कालोपाटीमा विद्यार्थीलाई लेखाइरहेका प्रल्हाद प्रसाईलाई नवराज सुब्बाले ‘खोला बगेर कहाँ पुग्छन् -‘ सोध्नु दैनिकी थियो रे । जिज्ञासु प्रश्न सोध्ने नवराज सुब्बा आफ्नो बाल्यकालमा उत्तर पनि आफैं दिन्थ्यो रे । ‘जुन दृश्यहरु देखिन्छ, त्यसले लेख्न घच्घच्याइरहन्छ’ कविता लेख्ने ‘मुड’ नवराज सुब्बाले खोल्दै गए, ‘वेदनाले पनि सिर्जना गर्न कुत्कुत्याउँछ, सङ्गीतले शब्द उप्काउन प्रेरित गर्छ ।’

जिज्ञासा शान्त पार्न पुस्तकको अध्ययनमा लाग्ने उनले बीच बाटोमा ब्यूँझेर निकाले । जीवन मेरो शब्दकोशमा, मनको मझेरीमा, जनस्वास्थ्यका सवालहरु उनले लेखेका पुस्तकका नाम हुन् । रेडियो नेपालबाट ३६ सालमा भ्वाइस टेस्ट पास गरेपछि गीतसङ्गीतमा लाग्ने उनको धोको पुरा भएको छ- देशको माया गीती एल्बम बजारमा आएपछि । समावेशी चरित्र र राष्ट्रभक्ति भावका गीतहरु रचना गरेर उनले स्थापित गायक र सङ्गीतकारबाट लय भराएका छन्, जो अहिले बढ्ता चर्चामा छन् ।

उनले साहित्यलाई कसरी बुझेका छन् त – गम्भीर भएपछि उनले भने, ‘इशारामा पनि साहित्य हुन्छ । मान्छे-मान्छेबीच पनि साहित्यकै साइनो हुन्छ । नवराज सुब्बा जिज्ञासु भएर फर्ुसदमा अन्वेषणमा ‘प्याक’ हुन्छन् । ५० मिनेट बितिसकेछ । अन्त्यमा मैले सोधेँ, ‘स्रष्टाको सम्मान कस्तो छ -‘ स्रष्टाले सम्मान खोज्नु हुँदैन रे । सङ्घर्ष जारी राखे सम्मान ‘कन्र्फम’ हुन्छ भन्छन् नवराज सुब्बा ।

अरु प्रश्न गर्ने समय थिएन, यदि समय भएको भए, सोध्ने थिएँ, ‘नवराज दाइ, के तपाईंलाई हाङपाङेहरु के गर्दैछन् थाहा छ ? हाङपाङेहरुले तपाईंलाई चिन्छन् कि चिन्दैनन् ? जनस्वास्थ्यमा पीएचडी गर्दै गरेका उनले फिल्र्डवर्कका लागि देहाततिर घुम्दा त्यहाँको माटोमा उभिएर के सोच्नेछन् !’

झापाबाट प्रकाशित प्रतिदिन दैनिक कार्तिक १६, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.