साइलिबरी चियाबारिमा (टंक वनेम)

हार्मोनियम बजाएर गीत गाउँदै नाटकका पात्रहरु मंन्चमा देखा परेका थिए । नवराज सुब्बा,नरेश पाण्डे,नरेन्द्र यक्सो आदी । यो स्मरणको चित्र हो करिव ३० वर्स अघि ताप्लेजुङ् हाङ्पाङ स्कुलको प्राङ्गणमा एक वैशाखे सास्क्रितिक कार्यक्रमको झलक । जव मावी स्कुल पढन हाङपाङ आइपुग्दा नवराज सुब्बा हाङपाङ स्कुलबाट पहिलो श्रेणीमा ए ल सी पास गरेर उच्च शिक्षाको लागि कतै गई सकेका थिए । नवराज सुब्बाले पहिलो श्रेणीमा ए एस् सी गरेर हाङ्पाङ स्कुलका शिक्षक र स्कुललाई गौरवको अनुभूती गराएका रहेछन । कहिलेकहि घर फर्किन्दा आक्कल झुक्कल अनौपचारिक भेटघाट वाहेक आजसम्मको भेटघाट भनेको साहित्यिक भलाकुसरी मात्र हो । नेपाली कविता डट कममा उप्लोड भएका २ वटा कविता सङ्ग्रह साथै मनको मझेरी संस्मरण निवन्ध सङ्ग्रह अनी सन्जाल ड्ट कम र लिम्बुवान ब्लोग्स्पोट डटकममा भएका उहाँका लेखहरु पढन पाउदा आनन्दको अनुभूती हुन्छ । संयोग भनेको हाङ्पाङ उहाँको जन्म थलो र मेरो शिक्षाको ब्याड उमार्ने ठाउँ भएन जीवनको निकै लामो आरोह आवरोह पछि दुवै जनाको अभिरुची साहित्यमा संगै भेट्नु हो । फुर्सतको समयमा हाङ्पाङ स्कूलबाट शिक्षा प्राप्त विध्यार्थीहरुको नाम लिस्ट तयार गर्छु । को कहाँ के के गर्दै छन् होला ? भनेर मनको कौतुहुलता उर्लेर खहरे बन्छ । मेरो जानकारीमा आए अनुसार हाङ्पाङ स्कुलको विध्यार्थीहरु मध्ये नवराज सुब्बा नेपाली साहित्यको दाईमा विभिन्न साहित्यिक विधामा घुमी रहेका छन् । उनको घुमाइ दाई बरधो तालको मात्र नभएर देश,जनता र समसामयिक बिषय वस्तुहरुको मियोमा निवन्ध,कविता,गीत र गजलहरु घुमाइ रहेका छन् । भर्खराइ फेस बुकको ट्याकमा लेख्नु भएको थियो । सेवारो टंक भाई ! दौरासुरुवाल लगाएको एउटा खाइलाग्दो लिम्बूयुवक अर्थात् विद्यार्थीभाई सरस्वती माध्यमिक विद्यालय हाङपाङको गिरानमा झोलामा किताब बोकेर ओहोरदोहोर गरेजस्तो लाग्छ,भलिबल पनि खेलेको उफ्रेको जस्तो पनि लाग्छ । पछि मेरी बहिनी सरलाबाट सुनें भाइहरु पल्टनतिरपो लाग्नु भो रे । अनि पछि फेरि उनैबाट सुनें आजकल कविता लेख्दै छन् रे । जे होस् म बेलाबेलामा पढिरहेकोछु,सुनिरहेछु भाईलाई,रमाइलो लागिरहेको छ खुशी पनि लागेको छ गौरव पनि लागेको छ एकसाथ । जे होस् टाढा बसेर पनि हामी नजिक छौं । विस्वास गर्नुस् एउटा सुकुमार युवकको तस्वीर मेरो आँखा वरिपरि नाचिरहन्छ टंक वनेमको नामसितै । जन्मेको हुर्केको र शिक्षाको गोर्याटोमा संगै हिंडेको यात्राले मानव मस्तिस्कलाई कति दर्हो गरि बाँधी राखेको हुदोँ रहेछ । उसवेलाका शिक्षकहरु एउटा असल छात्र छात्रा बन्न कस्तो हुनु पर्छ नवराज सुब्बाको नमुना उभ्याउँथे । असल विध्यार्थी वा असल मान्छे बन्नको लागि अनुशासन,परिश्रम,बुद्दी विवेक सबै कुरोको ताल मेल मिलाउनु सक्नु पर्दो रहेछ र समयले पनि साथ दिनु पर्दो रहेछ । एक दिन नवराज सर नवौ श्रेणीको स्वास्थ्य विशयमा भोलेन्टीयर शिक्षक भएर पाठ लिन आउनु भएको थियो । पाठ परेको थियो शरिरका महत्वपुर्ण यौन अङगहरु । यो पाठ पढाउन अरु शिक्षकहरु अन्कनाइ रहेको हुनाले पनि क्याम्पस विदामा घर फर्केका एउटा प्रतिभावान आफ्नो विध्यार्थीलाइ शिक्षकहरुले कर गरेका थिए होलान् । अर्को कुरो उनै कक्षामा आफ्नै बहिनी सरला सुब्बा पढने गर्थिन । उहाँ निकै गम्भिर भएर कक्षामा छिर्नु भयो । विध्यार्थीहरु उठेर उहाँको स्वागत गर्यौ । पाठ लिन थाल्नु भयो । अल्लारे छात्रहरु नवराज सरको परिक्षा लिए झैं वीच वीचमा प्रश्नहरु राख्दै थिए । उहाँले यसरी संम्झाउनु भयो कि हामीले कुनै यौनको वारेमा नभएर सामान्य जीवन र जगतका कुराहरु गरि रहेका छौं । हेर! यी सामान्य सन्सारिक प्रक्रिया हुन । जसलाई बुझन नसकेर लाजको कराहीमा भुटिन खोज्दै छौ हामी । यो सामान्य प्राक्रितिक प्रजननको रथ नगुडने हो भने यो संसारमा हुने थिएनौ । यो संसार अर्कै हुने थियो । नवराज सरको यस्तो कुरा सुने पछि उत्तौला छात्रहरु शान्त भएका थिए । उस्वेला यौन संम्वन्धी जीवन र जगत बारे व्याख्या गर्ने नवराज सर उच्च शिक्षा हाशिल गरेर नेपाली साहित्यमा कवि,गीतकार,गजलकार निवन्धकार साथै समस्तमा भर्भराउँदो नेपाली सहित्यकार भएका छन् । उहाँको साहित्य सिर्जनामा के भेटिन्छ भने समस्त नेपाली मुटुहरु नैं नेपालको मुटु हो भन्ने शन्देस मुलक साहित्यको जगमा उहांका सिर्जनाहरु अघि बढेका छन् । नेपाली माटोले जन्माएका नेपाली छोरा छोरीहरुले देसको माया गर्नु पर्छ । शायद उहांको त्यही इमान्दारीले होला नवराज सुब्बाले याङ्वेन (A Kind of edible arboreal moss/lichen/crytoganic plant- लिम्बुहरुको परम्परागत खाना) विर्सेका छैनन् । कोदो माडने विध्यार्थीहरुको गोल हसियाँले ठुङ्ने बुढी बज्यैलाई विर्शेका छैनन् । स्रस्टाहरुको पवित्र आत्मा,इमान्दारी पनि त्यही हो जसले गर्दा स्रटाहरुका सिर्जनाहरु पनि बाँची रहने छन् । बाँची रहने सिर्जनाहरुको स्रस्टा बन्नु भनेको नैं स्रस्टाहरुको सपना पुरा हुनु हो । जन युद्दको वेला माओवादीले बेनिमा आक्रमण गर्यो । मदेशको तातो हावा वहकिन्दै थियो । देसको अराजक स्थिति देखेर नवराज सुब्बाले कविताको बैँसमा घोषणा गरे -बेनिमा आ-आफै नेपालीहरु मारा मार गरे । भैगो यसपाला म पोइल जान्न । माथिका एक दुई पात्र पात्राहरु नवराज सुब्बाका कविता सङ्ग्रह र निबन्धका हुन । नवराज सुब्बालाई सम्पुर्ण रुपले बुझन यति सानो फेस बुकको पानामा अटाउन गाह्रो हुन्छ । म स्वायमले तीन दशक अघि र वर्तमानको वीचमा उभेर बुझेको कुरा नवराज सुब्बा देसभत्त साहित्यकार हुन । उनको प्रत्येक सिर्जनामा देस बोल्छ,माटो बोल्छ,ढुङ्गा देउराली र खोला नाला बोल्छ । नेपालका जात जातिहरुको दु:ख बोल्छ यति सानो साहित्यको आँखी झ्यालबाट सम्पुर्णता देख्न सक्नु साहित्यकारको महानता हो । सबै साहित्यकारहरुले यस्तै गरि बुझी दिए नेपाल नेपाल बन्थ्यो होला । देस हामीले चाहेकै देस बन्थ्यो होला । सहिलाहरु ढुक्कले आफ्नै देसको चियावारिमा चिया टिप्दै गीत गाई रहेका हुने थिए । साइलिवरी चिया बारीमा ……..। नवराज सुब्बाको मात्र होइन हामी सबै नेपालीहरुको सपना पनि साकार हुने थियो होला । त्यो सपनाको यात्रामा सँगसंगै छौ है नवराज सर !
Thursday, March 18, 2010 at 9:39pm Face book

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.