गजल

खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म
सलादमा काटेर राखिएको घाँस हुँ म ।

झुकाउन खोजेको चढ्न पनि चाहेको
भीरैमा उभेको ठिङ्ग एक बाँस हुँ म ।

छुरा रैछन् बगलीमा मुखमा भने राम
हिलो पानी छुट्याउन नसक्ने हाँस हुँ म ।

पर्खिएँ जुनेलीमा बिछ्याएर आँखाहरू
बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म ।

खाएँ हजार लात बात पाएँ उपहार
कागजमा नलेखेको एक इतिहास हुँ म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.