कार्यक्रम डायरी (फागुन ४, २०६९ विराटनगर)

मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी र स्नायु सम्बन्धि समस्या भएका ब्यक्तिहरुका लागि खेलिने बोसिया खेलकासहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सकेर फर्कने क्रममा गाडि चढ्न लाग्दा होटल परिशरको एक कुनामा ढकमक्क फुलेका फुलहरुले मेरो ध्यान खिच्यो । क्यामेरा झिकें र त्यतैतिर लम्किएँ, अनि ऐंगल मिलाउँदै केही सट लिंदै थिएँ । यत्तिकैमा पछाडि मलाई कसैले कोट्याए जस्तो लाग्यो । पक्षाघात तथा स्नायु सम्बन्धि समस्या भएका उही एकजना भाई रहेछन् । उनले मसित केही कुरा बोले तर मैले राम्ररी बुझिन तै पनि मेरो पनि फोटो खिचि देऊ भन्ने अनुमान लगाएँ र उनको एक पोज फोटो खिचें, त्यस पछि उनी खुशी हुँदै फर्किए अलि पर उनकी आमा पर्खिरहेकी रहिछन् । मलाई हेरेर आमा छोराको खुशीको मुस्कान देख्दा मलाई ठिक अघि फोटो खिचिएका फूलहरुका जस्तै उज्यालो र अथपूर्ण लाग्यो । त्यसपछि होटल परिसर बाहिर आएँ, अलि वरवर आएँ र निस्किएँ । त्यस्तै समस्या भएका अन्य धेरै बालबालिकाहरुका बाआमा आफ्ना नानीहरुलाई डोर्याएर निस्किरहेका थिए । अलि वर चोकमा एउटा रिक्सामा सोही समस्या भएका एक बालक र उनकी अभिभावक मतिर फर्केर मलाई बाटो छाडेर भावले मलाई विदा गर्दै थिए । अहिले म ती फूहहरुका फोटोहरु, बालबालिकाहरुको हँसिलो मुहारहरु, अभिभावकहरुका गम्भीर मुद्रा एकसाथ सम्झिरहेछु । आफ्ना बालबालिकाहरुलाई काँधमा बोकेर हिडिरहेका अभिभावक देखेर मलाई केही अघि फूलिरहेका फूल शिरमा ठड्याएर निहुरिएका फूलका हरिया बोट झैं लाग्यो । फूलहरु आज रोइरहेझैं लाग्यो अनि बोट पनि रोए झैं लाग्यो । मुस्कान छरिएता पनि आज फूल हाँसेको जस्तो लागेन । आज म फुलिरहेका फूलहरु देखेर पनि यसरी एकपटक मनमनै रोएँ,  र विकलाङ्गता भएका बालबालिका अनि उनीहरुका अभिभावकहरुलाई सम्झँदै कार्यक्रम स्थलबाट फर्किएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.