Deoralima

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ८

देउरालीमा बरपिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

देऊ मलाई दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) Audio download / preview