Hamro Pahilo Paila

एल्बम– बहारसंग

५ हाम्रो पहिलो पाइला चार दिवालले नरोक सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊ निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ बाआमाको यो सजाय हामीलाई नदिइयोस् यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download / preview