New Year Song

एल्बम– बहारसंग

८ नववर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मनभरि फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download / preview