Category Archives: आत्मकथा

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

भीरको खरझैं लजालु
गुराँस फूलझैं बैंशालु
कस्की छोरी कस्की चेली
कस्की हौ तिमी मायालु ?

सीताकी हुँ म बहिनी
पार्वती मेरी साहिंली
विशाल हिमाल पिता मेरा
नेपाल मेरो माइती ।
(गणेशबहादुर राई)

आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ । एउटा आदर्श गुरु जसले जीवनको आरोहअवरोह, घातप्रतिघातको निसानी अचानो जस्तो जीवन जिउँदै केही आशा केही निराशा बोकेका एउटा सजीव बिम्ब हेडसर गणेशबहादुर राई जसको नाम लिंदा मात्र पनि हामी विद्यार्थीको मनमा एउटा हौसला उत्पन्न हुन्छ । Continue reading प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई तथा संगीत शिक्षक बेनु चुँडालले यदाकदा उसलाई केही विद्यार्थीहरुका साथ अन्तिम घंटीमा गीत रिहर्सल गर्न अर्थात् गीत छान्न, गाउन, नाच्न अभ्यास गराउन भनी अर्हाउने गर्नु हुन्थ्यो । Continue reading मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

धन्यवाद तथा आभार प्रकट

करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि देखि तय गरेको प्राज्ञिक, साहित्यिक र कला क्षेत्रमा थप काम गर्ने धोको भएकाले स्वैच्छिक रुपमै २०७१।४।१६ देखि सरकारी सेवाबाट निवृत्त भएको छु । सरकारी निकायहरु, गैरसरकारी संघ संस्थाहरु, नागरिक समाज, राष्ट्रसेवक, संचारकर्मी लगायत सबैमा धन्यवाद तथा आभार प्रकट गर्दछु ।

मेरो सपना

बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर काटेर खुवाएका थिए । तिनै मध्येका एक भाई हुन् पूर्णसिंह नेम्बाङ लिम्बू जो अझै कार्यरत छन् । उनले मलाई एकवर्ष खाना खुवाए, मेरो देखरेख पनि गरे । एक वर्ष जति सँगै बस्दा मलाई उनको एउटा विशेषताबारे थाहा पाइनछु । करिव एकवर्ष पछि त्यहाँबाट सरुवा भएर बिदाई हुने बेलामा उनले मेरो निम्ति एउटा गीत पालाम गाए । रात्रीकालीन समय थियो म भावविभोर भएँ म कताकता हराएँ कि जस्तो भएँ । मैले बाल्यकालदेखि कैंयौं पालामहरु सुनें होला तर त्यत्ति मीठो स्वरमा नौलो भाकामा गाएको सुनेको थिएन । के गर्ने रेकर्ड गर्ने केही साधन थिएन । जसलाई बेलाबेला अहिले मनको एउटा कुनामा कानले होइन हृदयले सुन्छु । लाग्छ, कुनै दिन यो ब्यस्त जागिरे जीवनबाट अवकाश लिए पछि फेरि एकपटक तिनै गाउँ पाखा हाटमा उनीजस्तै सक्कली पात्रका स्वर सुन्न पाए कस्तो हुन्थ्यो होला अनि त्यही लोकसंगीत सुन्दै विश्लेषण र अभिलेख गर्न पाए त्यो क्षण कस्तो हुन्थ्यो होला । यो मेरो एउटा सपना हो । अब मलाई ठूलो भन्दा पनि साना साना छुटफुट कुराहरु गर्ने मन छ । अहिले यहाँ आइपुग्दा छुटेका ती जो जो छन् ती पूरा गर्न चाहन्छु नयाँ भन्दा पनि ।