Category Archives: निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे । Continue reading जति माया लाए पनि… (नवराज सुब्बा)

संगीतकार साथीलाई पत्र

प्रिय सिथलिङजी
नमस्कार !
मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें । Continue reading संगीतकार साथीलाई पत्र

सूर्तीको स्वाद

नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ । Continue reading सूर्तीको स्वाद

श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई

नवराज सुब्बा

ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै । Continue reading श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई