Category Archives: लेख

आकस्मिक कोषको स्थापना

मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ ।

महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम सापट उपलब्ध गराइको जानकारी स्वास्थ्यकर्मी विश्वमित्र ढकालले गराउनु भयो ।

आकस्मिक कोषको महत्व र उपयोगिता महसूस गरेर चन्दादान गर्नेको संख्या दिनानुदिन बढिरहेको कुरा आमासमूहका सदस्यहरुले बताए । सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा  उक्त आकस्मिक कोषमा दान गर्ने तथा थपिदिनेको होडबाजी नै चलेको महसूस गरियो । उक्त आकस्मिक कोषमा हालसम्म विश्वमित्र ढकालले रु १ लाख ८० हजार, बमबहादुर थापाले रु १ लाख १ हजार, चन्द्रबहादुर गुरुङले रु १ लाख, लोकबहादुर थापाले रु ९० हजार, देवेन्द्रकुमार मास्केले रु ५१ हजार, श्रीप्रसाद गुरागाईले रु ४५ हजार, कृष्णप्रसाद सुबेदीले रु ४५ हजार, नरेन्द्र बस्नेतले रु २७ हजार, र्सर्ूयप्रसाद लम्सालले रु २७ हजार, लेखप्रसाद ढकालले रु १० हजार, नवराज चापागाई रु १० हजार र तिलप्रसाद ढकालले रु ९ हजार कोषलाई चन्दादान दिनु भएको ब्यहोरा समारोहमा जानकारी गराइयो ।

सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले आकस्मिक कोषमा दान दिने चन्दादाता, आमासमूहका अध्यक्षहरुलाई प्रमाणपत्रसहित दोसल्ला तथा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जिन्सी, नगद पुरस्कारसहित दोसल्ला ओढाइ सम्मानित गर्नुभयो । गा.वि.स. सचिव विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न समारोहमा चन्दादाताहरुलाई आमासमूहहरुले फूल, माला र अबिरले स्वागत र सम्मान प्रकट गरेका थिए ।

आमासमूहको सक्रियता

मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको घोषण गर्नुभयो । यसैगरि आमासमूह भवन निर्माणको लागि स्वास्थ्यकर्मी विश्वमित्र ढकालले रु २५ हजार, गणेश गुरागाई र सीता गुरागाईले रु १० हजार साथै मकरबहादुर र्राईले रु १० हजार अनुदान दिने घोषणा गर्नुभयो । यसरी उक्त वडामा अब आकस्मिक कोषमा रु ८० हजार र भवन निर्माणको कार्य सुभारम्भ हुने भएको जानकारी गराइयो । स्थानीय किरातेश्वर धार्मिक बन समितिले भवन निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराएको जानकारी गराइयो । यसैगरि आमासमूहले पाथिभरा बचत समूह परिचालन गरेर हालसम्म रु ८२ हजार जम्मा गरेको छ ।

गत आर्थिक वर्षा उक्त महिला स्वास्थ्य स्वयंसेविका सीता गुरागाईको पहलमा आमा समूहका १०० जना बालबालिकालाई खोप लगाउन सहयोग गरेको, ११३ जना बालबालिकाहरुको झाडापखाला र १३० जना बालबालिकाअरुको रुघाखोकी निमोनियाको स्वास्थ्य परीक्षण र उपचार गरिएको जानकारी उक्त साधारण सभामा जानकारी गराइयो । यसैगरी १३० जना आमाहरुलाई पोषणसम्बन्धी स्वास्थ्य शिक्षा दिइएको, १०० जना गर्भवति महिलाको पूर्वप्रसूति परीक्षण र आइरन चक्की वितरण गरिएको थियो । यसमध्ये ८० जना महिलाहरुलाई प्रसूति गर्न अस्पतालमा रेफर गरिएको समेत जानकारी गराइयो ।

आमासमूहका अध्यक्ष कमला गुरुङको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बयोबृद्ध ९८ वर्षिया छत्रमाया भुजेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उक्त समारोहमा श्रीप्रसाद गुरागाई, चन्द्रबहादुर गुरुङ, लक्ष्मी नारायण श्रेष्ठ, मकरबहादुर राइ, र टीका भट्टराइले बोल्नुभएको थियो ।

स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका लागि सिर्जना गरेर मात्र अब नपुग्ने भएको छ, समयसापेक्षित रूपमा सूचना प्रविधिलाई आत्मसात गर्नु पर्ने अवस्था आएको छ ।
हिजो कुनै कृति प्रकाशन गर्नु परेमा छापाखानाको अभाव थियो । त्यसको लागि छिमेकी मुलुक जानु पर्ने स्थिति थियो । आज उन्नत प्रविधियुक्त छापाखाना  स्वदेशमैं छन् । अब केही जोहो गरेर भए पनि कृति प्रकाशित गर्न सक्ने स्रष्टाहरूलाई यसले अवसर दिएको छ । आजकल साहित्यिक समारोह र भेटघाटमा पुस्तकहरू उपहारस्वरुप दिइने वा लिइने चलन आएको छ । एकआपसमा कोसेली आदानप्रदान गर्दा पुस्तक उपहार दिनु राम्रो चलन हो । यसले लेखक र पाठक, लेखक र लेखक, तथा लेखक र समालोचक बीच सेतुको काम गरेको छ । साहित्यिक बजारमा आजकल कृतिको परिमाणमा बृद्धि भएको छ जो स्वागतयोग्य कुरो हो । अब कृतिहरूको गुणस्तरमा पनि ध्यान दिने बेला आएको छ । लेखन र प्रकाशनलाई लहडबाजीका रूपमा मात्र लिइयो भने यसले स्तरीयतालाई नकारात्मक असर पुग्छ र यसबाट ब्यवसायिकताको विकासमा अवरोध उत्पन्न गर्छ । यति मात्र हैन यसले सिङ्गो साहित्यिक कृतिहरूप्रति पाठकमा  नकारात्मक छाप छाड्ने र साहित्यप्रति नै पाठकमा वितृष्णा जगाउन सक्ने सम्भावना रहन्छ । आज साहित्यिक कृतिलाई व्यवसायिक दृष्टिले पनि अघि बढाउने प्रयत्न गरिएको छ । स्तरीय सामग्रीहरूको विक्रीवितरण गर्दै व्यवसायिकता ल्याएर यो क्षेत्रको दिगो विकास गर्न सकिन्छ । Continue reading स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई Continue reading कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)