Category Archives: लेख

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई मनन् गरेर हरेक वर्षसेप्टेम्बर १० लाई विश्वव्यापी रुपमा आत्महत्या नियन्त्रण दिवसको रुपमा मनाउन थालिएको छ । Continue reading आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो । Continue reading नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

धन्यवादको माला ! (नवराज सुब्बा)

त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले भाईे रहेछन् अर्थात् ताप्लेजुङ हाङपाङ निवासी जो मेची क्याम्पस भद्रपुरमा एम.ए. नेपाली दोस्रो वर्षा पढ्दै रहेछन् । मैले जागिरको क्रममा आफ्नो गाउँ छाड्दा उनी बालखै थिए, यसैले उनले आफ्नो बूबाको नाम लिए पछि मात्र मैले उनलाई चिने चूडामणि बराइली भनेर । Continue reading धन्यवादको माला ! (नवराज सुब्बा)

जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे । Continue reading जति माया लाए पनि… (नवराज सुब्बा)