Category Archives: लेख

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि ! Continue reading राष्ट्रिय खोप दिवस बालअधिकार

जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू

– नवराज सुब्बा

डेनमार्कको राजधानी कोपेनहेगनले आज सबैको ध्यान खिचेको छ । पृथ्वीको तापक्रम बढ्नबाट रोक्न र जलवायुमा आउने परिवर्तनलाई न्यूनिकरण गर्नको लागि खासगरी औद्योगिक राष्ट्रहरूलाई घच्घच्याउन विश्व जनमत बन्दैछ । वातावरण र मानव अस्तित्वको अभियानमा क्योटोमा अठोट गरिएका समझदारीलाई सुनिश्चित गर्न कोपेनहेगन शिखर सम्मेलन एउटा महत्वपूर्ण पाइला हुनेछ । यस बैठकमा वातावरणमैत्री मानवतामुखी निर्णयको घोषणा गर्दै विश्वव्यापी समझदारी अभिवृद्धि हुने आशा राखिएको छ ।

सन् १९७५ मैं पृथ्वीको भारवहन क्षमता भन्दा बढी जनसंख्या भइसकेको र पृथ्वीले मानवीय आवश्यकता परिपूर्ति गर्ने क्षमता भन्दा २५ प्रतिशत बढी चाप हाल सहन गर्नुपरेको अवस्था छ भनि अध्ययनहरूले बताएका छन् । फलस्वरुप युगौदेखि पृथ्वीमा आउने स्वभाविक परिवर्तनमा हाल तीव्रतापूर्वक अस्वभाविक परिवर्तन देखा पर्न थालेका छन् । आज हामीले सामना गर्नु परेको यस्ता अवाञ्छित असरहरू मध्ये भूमण्डलीय तापक्रममा भएको बृद्धि तथा मौसम परिवर्तन प्रमुख हुन् । जनसांख्यिक गतिविधि अर्थात् मानवीय क्रियाकलापबाट अत्यधिक मात्रामा उत्सर्जित कार्वनडाइअक्साइड नै मौसम परिवर्तनको प्रमुख कारकतत्व भएको तथ्य सिद्ध भइसकेको अवस्थामा अब मौसम परिवर्तनले जनस्वास्थ्यमा पार्ने असरहरूका बारेमा बेलैमा गम्भीरतापूर्वक नसोचे यसबाट गरिब मुलुकका जनता नै बढी मूल्य चुकाउनु पर्ने स्थिति आएको छ । Continue reading जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू

सूर्तीको स्वाद

नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ । Continue reading सूर्तीको स्वाद