Category Archives: लेख

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा

स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइ पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् । हाल स्थानीय सरकारको व्यवस्था भएको छ । जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालय नरहेको र सो कार्य समेत स्थानीय सरकार चलाउने व्यवस्था भएकाले यसबारे मूलभूत जानकारी र धारणा स्वरूप केही कोर्दैछु । Continue reading स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

मुक्कुलुङ अर्थात् पाथिभरा देवी

डा. नवराज सुब्बा
—–
पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा धान भर्दा जस्तो देखिन्छ त्यस्तै देखिने डाँडो भएको सादृश्यमा पाथिभरा नामाकरण भएको यस स्थलमा शक्तिको वास छ भन्ने विश्वासको आधारमा पाथिभरा माताको प्रादुर्भाव भएको जनश्रुति छ । यसरी किरातकालीन मुन्धुममा आउने स्थल मुक्कुलुङ आज हिन्दूहरू समेतकी आस्थाकी देवी शक्तिरूपा पाथीभरा माताको पवित्र तीर्थस्थल हो । हालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा जाने भीडमा आदिवासी लिम्बू जाति भन्दा बढी नेपाल र भारतबाट हिन्दू तीर्थालुको लर्को देखिन्छ । यसैले म पाथिभरादेवी जसलाई आदिवासी लिम्बूले मुक्कुलुङ साम्माङको शक्तिको रूपमा मात्र नभएर शक्तिरूपा पाथिभरादेवीलाई पुज्न जाने तिर्थालु सबैलाई एकैठाउँमा ल्याइदिएको देख्दछु । आदिवासी किरात लिम्बू तथा सनातन हिन्दूको समन्वय भएको यो धार्मीक स्थल र साँस्कृतिक दोभान एक आस्थाकेन्द्रको रूपमा प्रसिद्धि बढ्दो छ । भौगोलिक रूपमा ३७९४ मीटरको उँचाईमा अवस्थित शुन्दर प्राकृतिक भूमिका अवस्थित तीर्थस्थलले ताप्लेजुङ जिल्लाको पर्यटनको सम्भावना पनि बढेको छ । Continue reading मुक्कुलुङ अर्थात् पाथिभरा देवी

गुरूहरू सम्झँदै (संस्मरण)

डा. नवराज सुब्बा
————–
हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त दुःखद समाचार सुनेर म स्तब्ध भएँ । उहाँ हाङपाङमा हिंडेको, डुलेको, पढाएको झझल्को याद आयो । जे होस्, उहाँ सदा सम्झनयोग्य गुरूपात्र हुनुहुन्छ । उहाँलाई हामी विद्यार्थीले जीवनमा अनुशासन र मर्यादाको द्यौराली अनि शिष्ठता र सालिनताका प्रतिमूर्तिको रूपमा सदा श्रद्धा गर्नेछौं ।
यहि क्रममा मैले अरू सबै मेरा गुरूजन जो हाङपाङमा विद्यालयमा पढ्दाताका मलाई पढाउने, सिकाउने हुनुहुन्थ्यो सबैलाई फिल्मको रील घुमे जसरी सम्झन थालें । अब म त्यही सरस्वती माद्यमिक विद्यालयमा आफूले पढ्दाताकाका अहिले सम्झेका गुरूहरूको पुनः सम्झना गर्दै सामान्य चर्चा गर्न चाहन्छु Continue reading गुरूहरू सम्झँदै (संस्मरण)

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

डा. नवराज सुब्बा

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ति चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चश्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रीत छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु । Continue reading पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू