Category Archives: लेख

सूर्तीको स्वाद

नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ । Continue reading सूर्तीको स्वाद

श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई

नवराज सुब्बा

ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै । Continue reading श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई

एउटा चियागफ (नवराज सुब्बा)

‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो । Continue reading एउटा चियागफ (नवराज सुब्बा)

समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)

लेख

नेपालमा तथ्याङ्कहरू वास्तविकतासंग कति तादात्म्य राख्दछआज तथ्याङ्कको निर्माण प्रयोग गर्दा कत्तिकोर् इमान्दारिता गम्भिरता अपनाईएकोछ भन्ने कुरामा कमैले हेक्का राखेकाछन् तथ्याङ्कले नीति निर्देशित गर्नुको सट्टा नीतिले तथ्याङ्कलाई निर्देशित गर्न खोजिन्छ देशको अवस्था जस्तोसुकै होस कार्यक्रमको प्रगतिको तथ्याङ्क राम्रो हुनुपर्दछ भन्ने मान्यतामा कतिपय योजना प्रमुखहरू पाईन्छन् Continue reading समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)