Category Archives: Audio Album-5 Bahar Sanga

Lyricist- Nawa Raj Subba

Dashain Song

एल्बम– बहारसंग

९ निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन एकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगन बाआमाको आशिशसंगै उच्च भयो भावना परदेशी पनि घर फर्के रमाइलो भो जीवन एकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न मन सबका रमेका छन् जुटेका छन् खेल्न जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा एकताको चाड दशैं मंगलमय शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download / preview

New Year Song

एल्बम– बहारसंग

८ नववर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मनभरि फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसँग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download / preview

Mana Ra Maato

एल्बम– बहारसंग

७ मन र माटोको पवित्र यो नाता हाम्रो एकता हाम्रो सफलता हङकङ नेपाली महासंघ बसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बास कर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौं नेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान वीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download / preview

Morang Song

एल्बम– बहारसंग

६ पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङ चेतनाको बीऊ छर्छ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानी पोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात इतिहास बोक्छ मैदान गौरवपूर्ण यो नाता भुल्दैन हाम्रो मोरङ । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download / preview