Category Archives: Audio Album-5 Bahar Sanga

Lyricist- Nawa Raj Subba

Hamro Pahilo Paila

एल्बम– बहारसंग

५ हाम्रो पहिलो पाइला चार दिवालले नरोक सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊ निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ बाआमाको यो सजाय हामीलाई नदिइयोस् यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग) download / preview

Biwasta

एल्बम– बहारसंग

४ विवशताले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग) download / preview

Gamala

एल्बम– बहारसंग

३ गमलाको छातीभरी फुल्यौ आहा जीवनभरी हाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊ पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊ ढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download / preview

Gulaf

एल्बम– बहारसंग

२ गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछु उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छ चन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर सपनीमा आउने माया विपनीमै आउने गर । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग) download / preview