Category Archives: Audio Album-4 Lukeko Rahar

Nepali Gazal Album ‘Lukeko Rahar’ Lyrics- Nawa Raj Subba, Music- Shakti Ballav

Euta Ghar

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ५

मेरो एउटा घर छ लुकेको रहर छ
आफन्त बिछोडिदै गएको शहर छ ।

पुरानो जो थोत्रो सायद म एक हुँ
फालिन बाँकी केवल एक पहर छ ।

हिँडाएँ ताते उसलाई लाठे बनाएँ
उसैले प्रहार त्यो गरेको ठहर छ ।

रोपेको छु फूल हालेकोछु मलजल
नसम्झे है यसमा घोलेको जहर छ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः शिशिर योगी, गजल एल्बम– लुकेको रहर) Audio download

Dui Din

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ४

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निरासाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरुलाई बाँडनु ठूलो रैछ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः अञ्जु पन्त, गजल एल्बम– लुकेको रहर) Audio download

Sakchhi Chhaina

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- ३

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन
कता कता भौतारिनु नपुगेको गाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु
झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर, गजल एल्बम– लुकेको रहर) Audio download

Jali Maya

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- २

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर) Audio download