Category Archives: Audio Album-3 Amulya Jiwan

Lyricist- Nawa Raj Subba

Baigunilai

Lyricist- Nawa Raj Subba

५. बैगुनीलाई

फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार
सोझो बाटो हिडे पनि छिर्के लाउने हजार
दुस्मनसित मीत लाउन माफी खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

काम अनि मान्छेका नाम सोध्दासोध्दै
कागजमा नअटेर मनमा लेख्दालेख्दै
छक्क परें मान्छेका रूप नाना देख्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : धिरज श्रेष्ठ, गायक : डी.बी.राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

Simalako Bhuwa

Lyricist- Nawa Raj Subba

४. सिमलको भुवा

सिमलको भुवासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

मन पुग्छ रनवन सङ्गी डाक्दै होला
वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला
काटिएको चङ्गासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो
खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो
झरनाको पानीसरि झर्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।
(गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

Sodhna Mana

Lyricist- Nawa Raj Subba

३. सोध्न मन

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download / preview

Ae Bahar

Lyricist- Nawa Raj Subba

२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित गीत रचनाकारको पहिलो गीतरचना ) download via box.com / preview