Category Archives: समालोचना

विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ

(कृती परिचय तथा समीक्षा)
– डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
मेरो हातमा जब यो ‘विजय/पार्वती खरेल स्वर्ण विवाह उत्सव विशेष पुष्पाञ्जली’ कृति पर्यो तब मैले सोचें कृतिभित्र वैवाहिक जीवनका तीतामीठा अनुभूति, अन्तरङ्ग समेत समेटिएका सामग्री संग्रहित होलान् । अब म यो सामग्री मेरी श्रीमातिका साथ पढ्नेछु, मनमा सोचें । घरमा आएर पुस्तक हेर्दै गएँ यो त साहित्यकार विजय खरेलका विशुद्ध साहित्यिक यात्राका समीक्षा र समालोचना र साहित्यिक सामग्री संग्रहित अभिनन्दन ग्रन्थ पो रहेछ । Continue reading विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ

गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)

– डा. नवराज सुब्बा
(क) पृष्ठभूमि –
गीतकार डा. राममान श्रेष्ठ ‘तृषित’ पेशाले एक कुशल चिकित्सक थिए भने कलाले नेपाली साहित्यमा गीतिक्षेत्रका एक सिद्धहस्त हस्ताक्षर हुन् । उनका गीत रेडियो नेपालबाट श्रोतामाझ पुगिसकेका छन् । उनले आफ्ना गीतरचनालाई सङ्ग्रहका रुपमा पनि प्रकाशित गरेका छन् । त्यसमध्ये उनको ‘मनदेखि मनसम्म’ गीतिसंग्रह अहिले मेरो हातमा छ । यो सङ्ग्रह हातमा परेपछि मलाई यसले केही कोर्न बाध्य तुल्यायो । हुन त म समालोचक वा समीक्षक होइन । तापनि एउटा गीतकारको पीडा म पनि केही हदसम्म बुझ्दछु, यही नाताले म उनका गीतका बारेमा मनमा लागेका कुराहरु पाठकसामु पोखेर आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु ।
Continue reading गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)

मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका साथ आफ्ना रचनामा अभिव्यक्त गर्ने प्रयास गर्छन् । जीवन मेरो शब्दकोशमा , बीच बाटोमा ब्यूझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, शहीदलाई सलाम गीतसंग्रह र मनको मझेरी निबन्धसंग्रह आदि संकलनमार्फत उनले आफ्नो परिचयको एउटा खास कित्तालाई प्रदर्शन गरिसकेका छन् । पछिल्लो समयमा कवि सुब्बाले मुक्तकमा पनि आफ्नो उपस्थिति जनाएका छन् । मुक्तकको क्षेत्रमा उनको उपस्थिति धेरै ठाउँमा आशालाग्दो र प्रभावकारी पनि छन् । Continue reading मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो

खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो कृतिमा छापिएकैबाट थाहा हुन्छ ।

बाँचिराखेका अग्रजहरुमा संभवत तेश्रो जेठा विद्धान प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको सो प्रकाशित कृतिमा एकसय एक मुक्तकहरु रहेका छन् । व्यक्तिगत, घरायसी , समाजिक तथा राजनीति सम्बद्ध विषयहरु यो साहित्यिक कृतिले समेटेको छ । देश बोल्दैन, बोलेपछि………भन्ने विचार हामीले केहि वर्ष अघि लेखनीमा व्यक्त गरेको झट्ट संझेर यो कृतिलाई तुलना गर्दा यसमा देश बोलेको पाइन्छ । धेरै कम बोल्ने देश केहि समययताको अवस्थाले यतिखेर देशले बोलिरहनु परेको कुरा यो कृतिले पनि स्पष्ट पारेको छ । Continue reading नवराजको थप कृति बजारमा (कृतिसमीक्षा) – हिंडपाली साइँलो