Category Archives: इतिहास संस्कृति

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

डा. नवराज सुब्बा

तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् । तुङदुङ्गे देवले कोशीबराह क्षेत्रदेखि क्रमसः धनकुटा, पाँचथर, तेह्रथूम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न भूभाग वा थूमको यात्रा विवरणकासाथ मुन्धुम अघि बढ्दछ । मुन्धुमबाट साँबाहरुका पुर्खा ताप्लेजुङ साँबामा पुग्नअघि माथि उल्लेखित विभिन्न क्षेत्रहरु पार गर्दै आइपुगेको थाहा हुन्छ । साँबा वंशले अनिवार्य रुपमा मान्ने आफ्ना एक आराध्य देव तुङदुङ्गे पुर्खाको आशिर्वाद माग्ने क्रममा कोशी वराहक्षेत्र पुग्न विभिन्न स्थलहरुको नाम पुकार्दै तुङदुङ्गे मुन्धुमको माध्यममार्फत् आफू पुगेको ठान्दछन् ।

लिम्बूका अनेक थर, उपथर छन् । लिम्बू मध्ये साँबाको कूलदेवता तुङदुङ्गे देवता हो । साँबाको छोरीचेलीमार्फत् विस्तारित भई अन्य थरका लिम्बूमा पनि यो देवताको पूजा गर्ने चलन छ । तुङदुङ्गे देवता रक्षक र भक्षक दुवै शक्ति भएका देवता मानिन्छन् । तुङदुङ्गे विराट स्वरुपका, निराकार र अत्यन्त शक्तिशाली देवता भएको मुन्धुमले बताउँछ । उनी पहाड, पर्वत, डाँडाकाँडा, नदीनालामा डुलिहिड्ने र असल मानिसलाई मित्र बनाइ खराब मानिस विनाश गर्ने देवताका रुपमा पूजिन्छन् । उनी डुलिहिड्ने क्रममा बाटामा भेटिएका फागो, चङबाङ, थोप्रा, थल्लङहरुले उनलाई वास्ता गरेनन् तर मिक्केन्दाङ साँबाले उनलाई सेवा गरे । फाङफङदेक्मा भन्ने स्थानमा तुङदुङ्गे देवतालाई भक्तिभाव गर्दै आराधना गर्न उनीहरुले पूजास्थल निर्माण गरे (तुम्बाहाङ, २०६८) । यसरी समस्त साँबाहरुले तुङदुङ्गे देवताको शक्ति र प्रभावलाई आत्मसात गर्दै उनको पूजाआजा गर्न आरम्भ गरे ।

Continue reading कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

डा. नवराज सुब्बा

मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु । Continue reading प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा

नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा निरन्तर जन्माउँछ । यसैले यो विषय सामाजिक अध्ययन र राजनीतिको लागि मलिलो बनेको छ । तर यस विषयमा पर्याप्त बुझाइ हुन नसके पनि आ–आफ्ना निष्कर्ष निकालिन्छन् । निष्कर्षलाई आफू अनुकूल व्याख्या र प्रयोग गरिन्छन् । आज प्राज्ञिक जगतका विविध आयाममा यसबारे के के काम वा अध्ययनहरू भइरहेछन् जान्न जरूरी भएको छ । यसबारे सामाज मनोविज्ञान क्षेत्रमा पहिचानलाई कसरी लिइन्छ वा बुझिन्छ भनेर विभिन्न धारणा र सिद्धान्तको विकास भएको पाइन्छ । यसले समाज र समाजको गतिविधि बुझ्न सहज बनाएको छ । Continue reading पहिचानको मनोवैज्ञानिक आधार

किरात मुन्धुम सुन्दरतम् मानव चेतना

  • डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
इतिहासकार इमानसिंह चेमजोङद्वारा संकलित/सम्पादित भई प्रथम संस्करण सन् १९६१ सालमा प्रकाशित भएको र पछिल्लो तेस्रो संस्करणमा सन् २००३ मा प्रकाशित भएको ‘किरात मुन्धुम’ ग्रन्थमा आधारित रही मुन्धुमबारे सामान्य चर्चा गर्दैछु । श्रुतिस्मृति परम्परामा आधारित लोकसाहित्यको रुपमा विकसित महाकाव्यलाई तीन देखि १२ दिन रात लगाएर तङसिङ गर्दा मुन्धुम गाइन्छ । यति लामो महाकाव्यलाई लिपिवद्ध गर्नु स्वयम्मा चुनौतिपूर्ण कार्य हो । यति हुँदाहुँदै पनि यसमा अथक प्रयास निरन्तर जारी छ । लेखकले पुस्तक लेखनका क्रममा सिरिजङ्घा लिपि, रोंग लिपि र चन्द्रपुलिङ लिपिमा लेखिएका हस्तलिखित ६ वटा पुस्तकहरुको आधारमा मुन्धुम लेखिएको बताएका छन् । Continue reading किरात मुन्धुम सुन्दरतम् मानव चेतना