Category Archives: व्यक्तित्व कृतीत्व

Critique

अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप

१. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर
लेखक : डा. कृष्णप्रसाद दाहाल
विधा : समालोचना
प्रथम संस्करण : २०६७
Preview/Download

‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन

कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी भावधाराबाट आपूmले प्रत्यक्ष देखेका र भोगेका विषयलाई सजाएका छन् । राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावनाले यो कृति उचालिएको छ । आफू जन्मेको गाउँको मात्रै होइन आफूलाई जन्म दिने ममतामयी माताप्रति कवि छताछुल्ल भएर पोखिएका छन् । आफ्ना भाइप्रति, ससुराप्रति मात्रै होइन सतार र राउटेप्रति पनि कवि सुब्बा त्यतिकै मानवीय भावले प्रस्तुत भएका छन् । प्रेम, माया र करुणाका विषयलाई पनि यहाँ सजाइएको छ । नारी संवेदनाका विषयहरूमा कवि बढी द्रवीभूत भएका छन् । नारी हक, हित र स्वतन्त्रताका निम्ति उनले बुलन्द आवाज उरालेका छन् । मातृशक्तिका रूपमा नारीलाई स्वीकारेर उनीहरूको सम्मान गर्नुपर्ने धारणा राखिएको छ ।
चार हरफका मुक्तकीय शैलीका कवितादेखि लिएर उनासीओटा हरफसम्मका कविताले यहाँ स्थान पाएका छन् । मूलतः २०६२/२०६३ को जनआन्दोलपछि लेखिएका कविताहरू भएका हुनाले कविले लोकतान्त्रिक मूल्य र मान्यताका कुराका साथै नयाँ नेपालको सुखद कामना गरेका छन् । आपसी कलह, द्वेष र द्वन्द्वलाई निमिट्यान्न पारेर शान्तिलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने आग्रह गरेका छन् । स्वार्थी, नीचता र पछौटेपनको कविले सबैतिर विरोध जनाएका छन् । अग्रगमनको बाटो समाएर ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’ को चाहना प्रस्तुत गर्दै आध्यात्मिक चेतनातर्पm कविले आपूmलाई झुकाएका छन् । गाई र माईलाई समकक्षी राखेर वात्सल्यको महिमा गाएका छन् । यो यस कविताको विशिष्ट पक्ष हो । बालअधिकारको सम्मानतर्पm पनि कविको काव्यिकचेतना मौलाएको छ । राष्ट्र, राष्ट्रियता र मानव हक, हित विरुद्धका जति पनि गाली–सरापहरू छन् तिनीहरूलाई बीच बाटोमा ब्यूँझेर बगाऔं भन्ने सन्देश दिनु नै यस कवितासङ्ग्रहको विशेषता हो । यही विशेषताले यस कृतिले उच्चता प्राप्त गरेको छ । Continue reading अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

विद्यार्थीको चिठी

नवराज सर
कविता लेख्न कसैले लाएको छैन मलाई कर
म उत्सुक छु हजुरलाई भेट्न नवराज सर ।
हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक
दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक ।
धेरे जनाको भीडमा मैले हजुरलाई चिनें
साहित्यलाई हजुरले रूचीको रूपमा लिनें ।
हजुरका बारेमा मैले धेरैजनाबाट सुनें
हजुरका कविताहरू छन् मन छुनें ।
ठग फटाहादेखि हजुर परपर सर्ने
गरिब अपाङ्गहरूलाई हजुरले धेरै माया गर्ने ।
हजुरका गीतह– मिडिया मार्फत् धेरै ठाउँमा गएको छ
साहित्यको क्षेत्रमा हजुरले धेरै नाम कमाउनु भएको छ ।
कविता लेख्न भनि शब्दकोशबाट शब्दहरू झिकें
हजुरबाट मैले धेरै कुराहरू सिकें ।
यस कवितामा मेरा शब्दहरू छन् ओतप्रोत
हजुर हुनुहुन्छ धेरै मानिसहरूको प्रेरणाको श्रोत ।
अहिले म केवल एक विद्यार्थी हुँ
हजुरबाट मैले धेरै आशा लिएको छु ।
म भित्र रहेको प्रतिभालाई खोजि दिनुस्
साहित्यका बारेमा मलाई ज्ञान दिनुस् ।
त्यति गरे पछि मात्र म एक कवियत्री हुन्छु
अनि आफ्ना कविताहरूले श्रोताहरूको मन छुन्छु ।
करिश्मा कोइराला
विराटनगर– ११, अमरटोल
UNV College (BBS II Year) Continue reading विद्यार्थीको चिठी