Tag Archives: Nawa Raj Subba

Simana Wari

Lyricist- Nawa Raj Subba


सिमाना वारि सिमाना पारि प्रीत छ एउटै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

लहरा समाई पहरा नाघ्दै उक्लिए आगन
पैल्याई नाता मायाको चिनो ल्याएको साट्न
डा“डा है वारि डाडा है पारि झरेको शीत जस्तै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमाना
मनको पुल तरेर आए मेटनलाई तिर्सना
खोला है वारि खोला है पारि मनको पुल तर्दै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया) download

Yo Deshma

Lyricist- Nawa Raj Subba


यो देशमा हामीलाई हास्ने खेल्ने मन छ
सबैसित मिलीजुली मर्ने बाँच्ने मन छ ।

युवा जोश जागरले देशको मुहार फेर्र्छौं
जस्तोसुकै आपतविपत भार पनि बोक्छौं ।

समयको चालसितै पाइलाहरू चाल्छौं
रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया) download

Hijo Bhanda

Lyricist- Nawa Raj Subba


हिजोभन्दा आज राम्रो आजभन्दा भोलि
सधैं अघि बढ्ने युवा हामी शक्तिशाली ।

एकथोपा सुकीजाला हजार भए सागर
बहुलताको एकताले समेटिन्छ संसार ।

जागरिला युवा हामी खेल्छौ नाना खेल
रगतको होली होइन पसिनाको भेल ।
(शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया) download

Afno Bhagya

Lyricist- Nawa Raj Subba


आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

उर्ली आयो सललल समावेशी स्वर
जनताको शक्ति आहा कति सुन्दर
देशको माया नशा रैछ मात लागेको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

फर्केको छ हिमाल हेर पहाड मधेशतिर
मेची काली बगेका छन् लय समातेर
आफ्नो गीत आफै लेख्ने बेला आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया) download