Tag Archives: Nepali lyrics

Sagar

Lyricist- Nawa Raj Subba

६. सागर

सागरभन्दा गहिरो
भयो हाम्रो माया
सगर भई फैलियो
चोखो हाम्रो माया ।

फूलमा बसी झुल्दछु
जून जस्तै हाँस्दछ
बग्दै जान्छ खोला भई
दोभान पुगी मिल्दछ ।

दोमन हुन्छ कहिले
बाटो भुलेझैं लाग्दछ
बिर्सिन्छु म आफैलाई
हराएँझैं लाग्दछ ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download

Simalako Bhuwa

Lyricist- Nawa Raj Subba

४. सिमलको भुवा

सिमलको भुवासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

मन पुग्छ रनवन सङ्गी डाक्दै होला
वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला
काटिएको चङ्गासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो
खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो
झरनाको पानीसरि झर्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।
(गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download

Sodhna Mana

Lyricist- Nawa Raj Subba

३. सोध्न मन

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download

Ae Bahar

Lyricist- Nawa Raj Subba

२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित गीत रचनाकारको पहिलो गीतरचना ) download