Tag Archives: Nepali Modern Songs

Sodhna Mana

Lyricist- Nawa Raj Subba

३. सोध्न मन

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download

Ae Bahar

Lyricist- Nawa Raj Subba

२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित गीत रचनाकारको पहिलो गीतरचना ) download

Amulya Jiwan

Lyricist- Nawa Raj Subba

१. दुर्व्यसनविरुद्ध गीत

अमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।

धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।

खेल खेलौं मिलिजुली अनि नाचगान
सिर्जना या समाजसेवा सार्थक जीवन ।

सकारात्मक सोंच राखौं सुन्दर भविष्य
आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग ।

(गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक : सुमित् खड्का, एल्बम: अमूल्य जीवन) download

Dashain Song

एल्बम– बहारसंग

९ निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन एकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगन बाआमाको आशिशसंगै उच्च भयो भावना परदेशी पनि घर फर्के रमाइलो भो जीवन एकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न मन सबका रमेका छन् जुटेका छन् खेल्न जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा एकताको चाड दशैं मंगलमय शुभकामना । (शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download