Tag Archives: Nepali Music

Mera Sabai

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ६

मेरा सबै रहरहरु पूरा भए अब के गरौं
दिक्दार भए मसित सायद सब के गरौं ।

अलिकति बचेको यो ओठको खुशी लेऊ
आएन हात कसैको दुःखमा जब के गरौं ।

आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ
कर्केनजर पो लगाए उल्टै तब के गरौं ।

कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा
बन्यो घर बिर्सियो छैन मतलब के गरौं ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुमित खड्का, गजल एल्बम– लुकेको रहर) Audio download

Sakchhi Chhaina

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- ३

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन
कता कता भौतारिनु नपुगेको गाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु
झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर, गजल एल्बम– लुकेको रहर) Audio download

Timilai Maya

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- १

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर) download
Audio download