Tag Archives: Samba

संखुवाशभाको वंशावली

“पइला–पइलावा
साबासो तुम्याङरे पाङ्भे मेवाखोला साबादो सामरीति युङे रैछ । खेन्ले कुस्सा लथिक् धनकर्ण वये रैछ । खेन्ले कुमेन्छिमा नेच्छी तारुसी रैछ । हेक्केआङ् थो तारुमेन्ले कुमिङ् क्वाहाङ्मा रछ । कथोबेन्ले कुमिङ सुगिक्मा रछ । हेक्केआङ् क्वाहाङमेन थो युङ्सी । कान्छी सुगिक्मेन कथो युङसिङ । खेन्ले कुसा धर्मवीर मुथिक खेन्ले कुसा नुसे मेवये । कुमिङ सेबेङहाङ, माइलाले कुमिङ भागीदत्त, साईलाले कुमिङ चित्ताबाङ, काईलाले सामदुङेहाङ, अन्तरेले कुमिङ युराहाङ, जन्तरेले कुमिङ बलसिंहहाङ, फोतबाले कुमिङ अहेवाबा । भगीदत्तको छोरा धोजु राई एकजना मात्र । उसको छोरा जिते राई, भर्ते राई, र त्रिमान राई । जिते राईको छोरा लाखमान राई र त्यसपछि अपुताली । भर्ते राईको छोरा हर्के राई, उसको छोरा कमल र त्यसपछि रामकुमार । त्रिमान राई अपुताली ।”

संखुवाशभाका दाजुभाइबाट २०७५ सालमा प्राप्त टिपोटलाई आधार मान्दा साँबा–फयङ–तुम्याङको पाँचौं पुस्ताका धनकर्णको कान्छी श्रीमतिका सन्तान संखुवाशभामा छुट्टिएर बसेको देखिन्छ । पाँचथर र संखुवाशभाका दाजुभाइका वंशावलीको तुलनात्मक अध्ययनका आधारमा विक्रम् सम्बत १८०० सालतिर धनकर्णका कान्छीपट्टिका सन्तान संखुवाशभाका फैलिएको बुझिन्छ । विक्रम सम्बत १८०० सालपछि चैनपुरमा काङसोरे नेतृत्वका लिम्बूवान सैनिक फौजमा सामेल भएर युद्ध गर्न मेवाखोलाका साँबा पनि गएका थिए भनेर इतिहासलाई उल्लेख गर्दै साँबा मिङ्स्रा सम्चुम्भोले बताएको छ । यसआधारमा त्यसबेला संखुवासभा क्षेत्रमा साँबाको आवतजावत बढेको देखिन्छ । अरुण–बरुण क्षेत्र साँबाको पुर्खाको डुल्ने घुम्ने शिकार खेल्ने स्थान भएको त मुन्धुममा पनि उल्लेख छ । तर ऐतिहासिक आधारमा गोरखाली–लिम्बूवान युद्धको श्रृङ्खला आरम्भ भएपछि वि.स. १८०० सालपछि मेवाखोलाबाट फयङ साँबा संखुवासभामा आउजाउ गर्दा एक गुँडका सन्तान त्यहाँ पनि फैलिएको देखिन्छ । यस आधारमा त्यहाँ २५० वर्षभन्दा बढी समय र आठ पुस्ता व्यतित भएको देखिन्छ । हाल त्यहाँ साँबा–फयङ–तुम्याङको बाह्रौं–तेह्रौं पुस्ता चल्दैछ ।

उल्लेखनीय कुरो के छ भने, माथिको टिपोट अनुसार त्यहाँका कतिपय दाजुभाइले आफ्नो थर राई लेखेको पनि देखियो । यस विषयमा टीकाटीप्पणी गर्न अघि विषयवस्तुको गहिरो अध्ययन गर्नु राम्रो हुन्छ । 

Continue reading संखुवाशभाको वंशावली

बोलाइ र लेखाइमा शुद्धताको खोजी

डा. नवराज सुब्बा

जातिबोधक थर, उपथर लेखनमा समस्या वा चुनौती के कस्तो छ?
नेपालीमा साँबा, साँवा, साम्बा, सावा अर्थात् अंग्रेजीमा Samba, Sanba, Sanwa, Sawa कुन थर लेखाई ठिक हो? भन्ने जिज्ञासा उठेको छ । यसैगरि फयङ, फेयङ, फैयङ तथा अंग्रेजीमा Phayang. Fayang, Phaiyang, Faiyang उपथर कुन चाहिँ सही हो भन्ने जिज्ञासा र वहस पनि चलेको छ ।

प्रस्तुत थर उपथरबारे इतिहास लेखनमा के उल्लेखित छ?
इतिहासकार चेमजोङ (२००३) ले किरात इतिहास र संस्कृतिमा मूल थरलाई देवनागरीमा साम्बा र अंग्रेजीमा Samba लेखेका छन् । यसैगरी अर्का लेखक इङनाम लिम्बू, (२०६९) ले उनको याक्थुङ पान पुस्तकमा मूल थरलाई देवनागरी लिपीमा साँबा र श्रीजङ्गा लिपीमा साम्बा भनेर उल्लेख गरेका छन् । यसैगरी लिम्बू भाषा विज्ञानमा विद्यावारिधि गरेका गोविन्द तुम्बाहाङले थर ‘साँबा’ र उपथरलाई ‘फयङ’ लेखेका छन् । विभिन्न वंशावली र इतिहासमा फेदाङमा बुझाउन ‘साम्बा’ र जाति बुझाउन ‘साँबा’ उल्लेखित छन् ।

Continue reading बोलाइ र लेखाइमा शुद्धताको खोजी

फयङ साँबाको थर, उपथर तथा बंशावलीसम्बन्धी अवधारणा–१

Dr. Nawa Raj Subba

हाल नेपालमा पहिचानको लहर चलेको छ । सबै जात-जातिले आ–आफ्नो जातीय, ऐतिहासिक नालिबेलि खोजतलास गर्दै, वंशीय दाजुभाई जम्मा भएर चिनजान गर्ने र वंशावली निकाल्ने लहर पनि चलेको छ, जुन कुरालाई समाजशास्त्रका दृष्टिले सकारात्मक पाइला मान्नु पर्दछ । वंशावली निकाल्ने कामले समग्र इतिहास, समाज विकासक्रम र जाति विशेषको अध्ययन गर्दछ । यसले आपसमा सम्बन्ध बढाउँछ, नाताकुटुम्ब केलाउनलाई सहयोग मिल्दछ । फलस्वरुप एकताभावको विकास गरेर अन्ततः एउटा सभ्य र समृद्ध जातिको रुपमा विकसित गर्न मलजल गर्दछ । यसले जाति, थर तथा उपथरप्रतिको विशिष्ठता, अपनत्व र ममताको विकास गर्दछ । तर यसमा लाग्दा अन्य जाति, थर तथा उपथरप्रतिको प्रेम, सद्भाव र सम्मानमा अलिकति पनि ठेस लाग्न दिनु हुँदैन । यस कार्यमा जातीय अभियान र राजनीतिभन्दा टाढा तथा धार्मिक र साम्प्रदायिक आग्रह र आक्षेपभन्दा माथि रहेर विशुद्ध प्राज्ञिक र बौद्धिक धरातलमा रहेर यसको अध्ययन, विश्लेषण र लेखन हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । यसलाई कुनै जाति, थर वा उपथरले अस्तित्व र पहिचानको लहडबाजीमा सत्य-तथ्य र विवरणलाई अतिरञ्जित कदापि गर्नु हुँदैन । यसैले वंशावलीलाई एक जिम्मेवार इतिहास लेखनको रुपमा स्थापित गराउन हामी सबैको ध्यान जानु पर्दछ । संक्षेपमा, मैले बुझेको वंशावलीको अर्थ यही हो ।

Continue reading फयङ साँबाको थर, उपथर तथा बंशावलीसम्बन्धी अवधारणा–१