४ आफ्नो भाग्य आफै लेख्‍ने दिन

आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

उर्ली आयो सललल समावेशी स्वर
जनताको शक्ति आहा कति सुन्दर
देशको माया नशा रैछ मात लागेको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

फर्केको छ हिमाल हेर पहाड मधेशतिर
मेची काली बगेका छन् लय समातेर
आफ्नो गीत आफै लेख्ने बेला आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)

Deshko Maya
Hijo Bhanda Aja Ramro