३ देशको माया

देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ
धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ ।

आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ
अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ
देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्‍नु रैछ
शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ ।

गरिखाने हात कहिले बाधिराख्न हुदैन है
कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है
देशको माया गर्नु भन्या इमान्दार बन्‍नु रैछ
लक्ष्य हाम्रा पूरा गर्न लगनशील हुनु रैछ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- शिशिर योगी, एल्बम- देशको माया)

Sabai Bhanda
Afno Bhagya