Hami Pahile Nepali

(१) हामी पहिले नेपाली…
हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु ।
नेपाली चिनाउँने हिमाल सगरमाथा
अरनीको कला र गोर्खाली वीरगाथा
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।
माघीनाच, धाननाच, सिरुवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।
(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download