सहिदलाई सलाम- गीतसंग्रह
गीतकार- नवराज सुब्बा
प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन ।

गीतकार नवराज सुब्बाले यसअघि प्रकाशित कवितासंग्रहमा गीत पनि प्रकाशित गरेका थिए । यो उनको पहिलो एकल गीतसंग्रह हो । उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको प्रस्तुत गीतसंग्रहमा वरिष्ठ संगीतकार गणेश रसिकले भूमिका लेख्नु भएको छ । रसिक लेख्नुहुन्छ, समग्रमा भन्नुपर्दा उनको गीतमा ताल छ, लय छ, लोकजीवन, लोकभाका र गाउँघरमा जन्मेको स्पष्ट परिचय छ । यस्ता गाउँले परिवेशलाई टपक्क टिप्ने गीतकार नवराज सुब्बा स्वयम् राम्रा गायक र सङ्गीतकार पनि हुन् । तर गीतकार, सङ्गीतकार र गायक नवराज सुब्बाले गीत गाउन र सङ्गीत गर्न किन छोडे, मभित्र एउटा प्रश्न उठिरहेको छ । हुनसक्छ यो प्रश्नको जवाफ मलाई मात्र होइन उहाँको गायकीलाई सुन्ने आम स्रोताहरूलाई पनि दिनुपर्ने हुन्छ । नवराज सुब्बा गीतकार मात्र होइनन् । बहुमुखी प्रतिभाका धनी हुन् ।

Nepali Version Preview/Download

हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण
व्यवसायिक तालिम र सामग्री हस्तान्तरण

Leave a Comment