Muktak Chitkar by Nawa Raj Subba

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । Preview/Download

कवि नवराज सुब्बाको यो मुक्तकसंग्रहमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् ।

केही मुक्तक
– नवराज सुब्बा

-एक-
चराको कुनै देश हुँदैन
छल गर्ने कुनै भेष हुँदैन
खस्दैन जहिले उडिरहन्छ
धोका दिने परिवेश हुँदैन ।

-दुई-
जलिरहेको मनसित एक्लै बसेर
खेलिरहेको कुनै रङ्गीन माछा हेरेर
काँचको आक्यारियमसित आँखा जुधाउन
प्रिय ! कतिन्जेल सकूँला यसरी पागल बनेर ।

-तीन-
बगेको खोलामा पानी नबगिदिए के होला ?
आँखामा सुन्दर नानी नबसिदिए के होला ?
अझ फूल या चराले प्रेमगीत नगाइ दिए
अनि मान्छेमा जवानी नआइदिए के होला ?

Yatra Aadha Satabdiko
Janaswasthya Pata Bata Anubhuti