Browsed by
Category: आत्मकथा

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम्…

Read More Read More

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ । एउटा आदर्श गुरु जसले जीवनको आरोहअवरोह, घातप्रतिघातको निसानी अचानो जस्तो जीवन जिउँदै केही आशा केही निराशा बोकेका एउटा सजीव बिम्ब हेडसर गणेशबहादुर राई जसको नाम…

Read More Read More

मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई तथा संगीत शिक्षक बेनु चुँडालले यदाकदा उसलाई केही विद्यार्थीहरुका साथ अन्तिम घंटीमा गीत रिहर्सल गर्न अर्थात् गीत छान्न, गाउन, नाच्न अभ्यास गराउन भनी अर्हाउने गर्नु…

Read More Read More

धन्यवाद तथा आभार प्रकट

धन्यवाद तथा आभार प्रकट

करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि देखि तय गरेको प्राज्ञिक, साहित्यिक र कला क्षेत्रमा थप काम गर्ने धोको भएकाले स्वैच्छिक रुपमै २०७१।४।१६ देखि सरकारी सेवाबाट निवृत्त भएको छु । सरकारी निकायहरु,…

Read More Read More

मेरो सपना

मेरो सपना

बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर काटेर खुवाएका थिए । तिनै मध्येका एक भाई हुन् पूर्णसिंह नेम्बाङ लिम्बू जो अझै कार्यरत छन् । उनले मलाई एकवर्ष खाना खुवाए, मेरो देखरेख पनि…

Read More Read More

समयको स्वाद

समयको स्वाद

‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी प्रकाशनको सत्रौं साधारण सभाको अवसरमा स्रष्टाहरुमाझ भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तक विमोचन गर्नु भयो ।

आत्मसन्तुष्टीको अनुभूति

आत्मसन्तुष्टीको अनुभूति

जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन । आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ नेपाली महासंघको अफिसियल गीत पनि लोकार्पण गर्ने कार्यक्रमहरु तय गरिएका छन् । संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का र गीतकार म आज यस घडिमा हामी…

Read More Read More

फेसबुकबाट पुस्तक लोकार्पण

फेसबुकबाट पुस्तक लोकार्पण

श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो । विश्वविद्यालयको शोधमा आधारित आलेखका अतिरिक्त साहित्यकार नवराज सुब्बाका विषयमा पत्रपत्रिका, वेभसाइट तथा फेसबुकमा प्रकाशित सामग्रीहरू समेत लेखक बराइलीद्वारा लिखित पुस्तकमा समेटिएका छन् । जम्मा १५६…

Read More Read More

खुशीको आँशु

खुशीको आँशु

नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी…

Read More Read More

आप भी चलिए ना !

आप भी चलिए ना !

नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो मैले राम्ररी बुझिन । मलाई त्यो सामान्य शिष्टाचारको कुराकानी होला भन्ने लाग्यो । हामी तीनजना अलि नजिकिदै गए पछि एउटा वाक्य भने मैले राम्ररी सुनें…

Read More Read More