जसको सवाल उसको नेतृत्व
डा. नवराज सुब्बा समाजमा आइपर्ने आफ्ना समस्यालाई आफैले समाधान गर्न अघि सर्नु पर्दछ भन्ने दृष्टान्त मानसिक स्वास्थ्यको क्षेत्रमा सुन्न पाइन्छ । समाचार कार्यक्रम पछि लगत्तै प्रसार हुने मानसिक स्वास्थ्य सम्बन्धी एउटा साप्ताहिक रेडियो कार्यक्रम ‘कोशिस’ रेडियो कान्तिपुरमा म नियमित रुपमा सुन्ने गर्दछु । कुनै बेला जीवनको कालखण्डमा आफू पनि मानसिक स्वास्थ्यबाट प्रभावित भएको र हाल निको भएर आफू जस्तैलाई लक्षित गरेर संचालित उक्त रेडियो कार्यक्रम उत्पादन र प्रसारमा मातृका देवकोटाको भूमिका महत्वपूर्ण रहेको कुरा कार्यक्रम सुनेपछि थाहा हुन्छ । आधा…