Browsed by
Category: रचना

Birkhe’s Wish @ Dashain

Birkhe’s Wish @ Dashain

बिर्खेको दशैं कामना !– नवराज सुब्बा यो दुनियाँमादुःख दिने बाहेकअरू थोक नै के छ रभोक भन या गरीबीबन्द भन या हडतालसत्ता भन या प्रतिपक्षसबै सबै दुःखै दिने चीजमात्र त हुन् नि मेरा निम्तिमलाई खुसी बाँड्नेसेतो हिमाल छजो मलाई उभिन सिकाउँछकहिल्यै नरिसाईसधैं हाँस्न सिकाउँछमलाई ! बन्द छलेरबाधा पार गर्दैजबर्जस्ती कर्फ्यू तोड्दैसुटुक्क आइपुग्यौ तिमीयो बिर्खेको घरमातिम्रो आगमनमाम एकैछिन भए पनिखुसी भएको छुकिनकि !तिम्रो नाउँमा केटाकेटीलेपेटभरि खान पाएका छन्यही निहुँमा भुन्टेकी आमाकोमक्किएको धोती फेरिएको छकेटाकेटीको खुशी दशैं !तिमी सँधै केटाकेटीसितै खेलिदिए हुन्थ्योयो घरमा…

Read More Read More

कोरोनाविरुद्ध नयाँ सामान्य !

कोरोनाविरुद्ध नयाँ सामान्य !

(कविता)– नवराज सुब्बा घरमै बसेर म युद्ध लडिरहेछुअस्पतालमा सुतेर युद्ध लडिरहेछुशुभकामना मोबाइलमा छाम्दैकोरोनायुद्धमा साथ दिइरहेछु । दुस्मन आफ्नै नाकमा पसेको छदुस्मन आफ्नै हातमा बसेको छमान्छे शत्रु देख्ने रोग छ आँखामाकोरोना सुनेरै मान्छे ढलेको छ । रोगविरुद्ध चौमुखे चक्रव्यूहमा छुरोग, भोक, शोक,त्रासले घेरियाछुसंक्रमित मर्ने बाँच्ने हिसाब टिप्दै लकडाउनको दिनगिन्ति गन्दो छु । बाँचे पनि मुख देखाउन नपाइनेमरेपछि त झन् लास हेर्नै नपाइनेक्रियाकर्म धर्मकर्म गर्न भो गाहो युद्धमा नयाँ सामान्य भो चाहिने । नमस्ते चलाउँ हात नमिलाउँहाय हेलो ठिक छ गला नमिलाउँहटाउँ…

Read More Read More

A Corona-melted Heart

A Corona-melted Heart

A Corona-melted Heart(A Poem)   – Nawa Raj Subba   I am looking around The sun is bright Cloud dances Grown on Earth, The flowers in the herb garden shine Birds as that fly in the sky It really does a storm. The rains came and the landslides went But without notification, this time The anarchy in Corona There is now an ocean In lifetime Swells in your face Enormous waves of panic To corpses in the water Last vision…

Read More Read More

गजल

गजल

।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

केही कविताहरू

केही कविताहरू

कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब गरे पनि पखालेर म्वाइँ खाइन् भन, काँडाले घोच्दाखेरि हिँड्दा ठेस लाग्दाखेरि बताऊ ए आरोपित ! रगत बग्दा तिम्रो मुखैमा पहिले को आइपुग्छ ? भन !…

Read More Read More

मनसुनको लय (कविता)

मनसुनको लय (कविता)

डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने बारी गोडियो झार सप्रिए बाली भन्दा फूल भन्दा काँडा झाङ्गिए यतिबेला म सशंकित यी दुई आँखाले जीवनको रङ्ग खोज्दै हर मनसुनलाई स्वागत गर्न मञ्जुर छु…

Read More Read More

हामी पहिले नेपाली

हामी पहिले नेपाली

हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

भूकम्पको प्रतिध्वनि (Poem)

भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

प्रेमील तीन मुक्तक

प्रेमील तीन मुक्तक

नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए । — तीन — नदिमा नबगेको अलिकति पानी छ जतासुकै हत्तपत्त नमिसिने बानी छ त्यति नपोखिएको सायद चुहिएको कुनै बेला गर्नलार्ई मसित कुराकानी छ…

Read More Read More