Browsed by
Category: गीत

Nepali song, lyric

हामी पहिले नेपाली

हामी पहिले नेपाली

हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

शुभकामना गीत

शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि गनी स्वस्थ, शुख, समुन्नति म लेख्छु तिम्रै नाममा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

मोरङगीत

मोरङगीत

पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक यो मोरङ चेतनाको विऊ छर्दछ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राह, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानीपोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फूलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात इतिहास बोक्छ मैदान गौरवपूर्ण नाता भुल्दैन यो हाम्रो मोरङ ।

खेलकूद –गीत

खेलकूद –गीत

जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।

गीत

गीत

पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन सबै कुरा नलैजाऊ देऊ बालापन ।

दुर्व्यसन विरुद्ध गीत

दुर्व्यसन विरुद्ध गीत

अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

असारेगीत

असारेगीत

धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो । “सहिदलाई सलाम” २०६७ बाट

भूल मन पर्छ

भूल मन पर्छ

चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ ।

गीत

गीत

फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

शहीदलाई सलाम !

शहीदलाई सलाम !

(गीत)

 शहीदलाई सलाम !

– नवराज सुब्बा

सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

 

देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ